२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विकास निर्माण कार्यमा जिल्लाकै अव्वल चौरीदेउराली


५८९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २४, बुधबार मा प्रकाशित २ साल अघि
  • आइ.आर.के.मैनाली
    चौरीदेउराली÷काभे्रको दुर्गम स्थानको रुपमा परिचित कोसिपारी क्षेत्र हाल आएर विकास निर्माणले ठुलो फड्को मारेको छ । सडक, खानेपानी र बिद्युतको अभावले गर्दा निकै समस्यामा परेका उक्त क्षेत्रका वासिन्दा पछिल्लो समयको बिकास निर्माण कार्यले गर्दा निकै हर्षित भएका छन् ।

    दोलालघाट बजारबाट थाप्लोमा नाम्लो गलाएर तोक्माको साहेताको भरमा पोको पुन्तुरो घरमा नपुगे सम्म तरकारीमा नुनको समेत अभावको कारण हैरानी खेप्नुपर्ने बाध्यताले गर्दा उक्त क्षेत्रका वासिन्दाहरुले आफ्नो उर्वरा भूमिलाई बाझै छाडेर बसाई सर्नेको विकल्प भएन । दोलालघाट बजारबाट अति आवस्यक दैनिक उपभोग्य सामाग्री घरमा पु¥याउन नसक्दा अलिनो खानुपर्ने परिस्थितिहरु निम्तने अवस्थालाई मध्यनजर गर्दै काभ्रेको पाँचखाल, कुन्ता,बनेपा, काठमाडौ लगाएतका स्थानमा बसाई सर्नेको ठुलै लर्का रह्यो, विगत ।

    बसाई सराईको क्रममा कोसिपारीको महत्वपुर्ण २० रोपनि उर्वरा भूमी बिक्रि गरेर आएको रकमले ४ आना घरेडी खरिद गरेर वस्न समेत विवस भएका उक्त क्षेत्रका वासिन्दाहरु हालको बिकास निर्माणले गर्दा पछुतो मानेका छन्, वसाई सराई जानेहरु । बसाई हिड्ने क्रममा कतिपयले जन्म स्थान भएको नाताले त कतिपएले थोरै रकम आएको कारण जग्गा छोडेकोले हालको बिकासको फड्कोले गर्दा जनम स्थानमै फर्कने तरखर गरेको समेत पाईन्छ ।

    कोसिपारी क्षेत्रको मुहार फेर्ने अठोटका साथ राजनीतिमा होमिएका द्वारिका उपे्रती, कमान सिं लामा, गोविन्द नाथ उपे्रती लगाएतका नेताहरुलाई सो क्षेत्रका वासिन्दाले ठुलै सहयोग गरेको उदाहरणहरु रहेका छन् । सो समयमा उक्त क्षेत्रका नेताहरुको भनाई थियो “कोसिपारीको १७ गा.वि.मा मोटर गुडाउने र विजुली बत्ति बाल्ने हाम्रो दायित्व हो ।” नेताहरुले निकै प्रयास गरे तर पनि सफल हुन निकै कठिन भयो । गोबिन्द नथ उपे्रती श्रम राज्य मन्त्री हुंदा ठुलै प्रयास भयो, सडक निर्माणको लागि सुरुवाति भयो तर पुर्ण रुपमा सफल हुन सकेन । हिउदमा यात्रुबाहक सवारी साधनलाई कोसि तारेर पारी राख्ने कार्य गरेर केही राहतको अनुभुति भएको थियो ।

    सिंहदरबारको अधिकार गाउं गाउंमा आएपछि पछिल्लो ५ बर्षको अवधिमा कोसिपारी क्षेत्रमा भएको विकास निर्माण वास्तवमै नमुना लाएक ढंगको रहेको छ । सडक, बत्ती खानेपानीको लागि जिल्लाकै अब्बल ढंगबाट विकास भएको छ । सो क्षेत्रमा प्रमुख सडक चार वटा रहेको छ, जसमा दोलालघाट चौवास, भंञ्ज्याङ हुदै मादन कुडारी । दोलालघाट कोलाती गुरासे, दोलालघाट कोलाती विर्ता कात्तीके देउराली बोक्से हुदै रामेछाप । सल्ले दुधगाउं छेडा कुथेली सलम्बुकाफ्ले गरी चार प्रमुख सडक निर्माण भएको छ । सो सडक निर्माण कार्यको लागि करिव १ अरव खर्च भएको चौरीदेउराली गाउंपालिकाको अध्यक्ष दिनानाथ गौतमको तर्क रहेको छ ।

    चौरीदेउराली गाउंपालिकामा सडकको विस्तार र खानेपानी व्यवस्थापनलाई प्रमुख प्राथमिकता दिदै अगाडि बढ्नुभएका अध्यक्ष गौतमको पहलमा बिभिन्न प्रमुख सडक साथै शाखा सडकहरु निर्माण गर्ने कार्य भएको छ । जसमा भञ्ज्याङ, गुमटी, वाङ्थली, नागे्र हुदै दुती सडक । सिम्ले, रजवास हुदै नाग्रे सडक । वाङ्थली सालुम दुती हुदै कोईली बगर सडक । भञ्ज्याङ्, धुसेनी, माझिफेदा नागे्र हुदै कोइलीबगर सडक । खहरेखोला भञ्ज्याङ सडक । भञ्ज्याङ, गोठपानी, विर्ता खरेवेसी सडक निर्माण भएको छ । उल्लेखित सडकहरु निर्माण कार्यको लागि १ अरव भन्दा बडी खर्च भएको अध्यक्ष गौतमले बताउनु भयो । त्यसैगरी पालिका क्षेत्रभित्र ३० किलोमिटर मध्यपहाडी सडक समेत रहेको छ । प्रमुख सडक, शाखा सडकबाट टोल टोलमा जाने सडकको लागि पालिकाले १० करोड वजेटको व्यवस्था गरी सडक निर्माण भएको छ । हाल सम्म १० किलोमिटर कालोपत्रे ३० किलोमिटर कालो पत्रेको तयारीको लागि वेस राख्ने कार्य सम्पन्न भएको छ ।

    चौरीदेउराली गाउंपालिकामा खानेपानीको अभाव हुन नदिनको लागि एक घर एक धाराको व्यवस्था गरिएको छ । जसमा १९ सय घरधुरिमा धारा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ०७२ सालको भुकम्पले पुर्ण रुपमा क्षति पु¥याएको विद्यालयहरु पुनर निर्माण गर्ने कार्य सम्पन्न भएको छ । पालिकामा रहेको ५९ बिद्यालयहरुलाई मर्च गरी ३९ कायम गरिएको छ । सुबिधा सम्पन्न विद्यालय भवनहरुबाट आधुनिक गुणस्तरीय शिक्षाको व्यवस्था मिलाईएको छ । पालिकामा रहेको क्याम्पस साथै प्राबिधिक शिक्षाको कारण सुबिधा सम्पन्न शिक्षा हासिल गर्न शहर धाउनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

    गुणस्तरिय विद्युतको लागि पुरानो थोत्रा काठेपोल विस्थापन गर्ने कार्यको सुरुवात भएको छ । पालिकाको ९ वडा मध्य ३ वडामा (धुसेनी,चौरी र माझिफेद) राष्ट्रिय प्रशारण लाईन मार्फत विद्युत संञ्चालनमा रहेको र सो ३ वडामा काठेपोल विस्थापन भइसकेको छ । पालिकामा रहेको अन्य ६ वडामा सामुदायिक विद्युतिकरण मार्फत सेवा प्रवाह गरेकोले सो वडाहरुमा भने काठेपोल विस्थापित हुने क्रम जारी छ । माझिफेदा, चौरी, धुसेनी लगाएतको केहि स्थानमा विद्युत वितरण हुन बाँकी रहेकोले पालिका अध्यक्ष गौतमको पहलमा १५ सय घरधुरीमा विद्युत जडान गर्ने कार्य भएको छ । जसले गर्दा कोसिपारी क्षेत्र झिलिमिलि भएको छ । स्वस्थ्यको क्षेत्रमा समेत ठुलो फड्को मारेको छ, १५ शैया (बेड) को अस्पताल संञ्चालन गरी दुई डाक्टरहरुबाट सेवा प्रदान गरीएको छ । अध्यक्ष गौतमको आग्रहमा स्थानियहरुले चन्दा संकलन गरेर १ करोड ४ लाखको अक्सिजन प्लानट निर्माणको लागि ठेक्का भईसकेको छ ।

    विगतमा कोसिपारीको १७ गा.वि.स अति दुर्गम भनि चिनिने गरेकोमा हाल आएर यातायात, खानेपानी, शिक्षा, स्वास्थ्य साथै विजुली वत्तिको कारण सुगम भएको छ । कृषि पशुपालन तथा फलफुल खेतिको लागि अति उपयुक्त स्थानको रुपमा परिचित चौरीदेउराली गाउंपालिकाबाट अन्यत्र बसाई जाने अवस्था अन्त्य भएको छ । विगतमा अन्यत्र वसाई जानेहरु पुन सोही स्थानमा फर्कने तयारी गर्दै गरेको पाईन्छ । पछिल्लो छोटो समयमै जग्गाको मुल्य आकासिएको छ । बसोवासको लागि उपयुक्त साथै सो स्थानमा उत्पादन भएको कृषि उपजहरु ३ घण्टामा काठमाडौको प्रमुख वजारहरुमा पुग्ने हुंदा विगतको दुर्गम हाल आएर सुगमको रुपमा परिणत भएको छ । यति छिटै विकास निर्माणमा आमुुल परिवर्तन हुनुमा सिंहदरवारको अधिकार गाउंगाउंमा आउनाको साथै विकासप्रेमि जनप्रतीनिधिको कारण रहेको स्थानियहरुको तर्क रहेको छ ।
    कोसिपारीको विकास निर्माणको बिषयमा स्थानिय चन्द्र बहादुर तमाङ भन्नुहुन्छ—गरे के नहुंदो रहेछ र ? यति छिटै छोटो समयमा कोसिपारी क्षेत्रको विकास निर्माण कार्यले स्थानियहरुमा ठुलो हौसला मिलेको छ, यस्तो हुनुमा सिंहदरवारको अधिकार गाउंमा आउनु र चौरीदेउराली गाउंपालिकाले बिकास पे्रमि जनप्रतीनि पाउनु हो । उहाँले थप्नुभयो—हामी जनता बिकास चाहन्छौं, जसले जनताको हितको खातिर निश्पक्ष कार्य गर्छन उसैलाई साथ दिनु हाम्रो कर्तव्य हो । स्थानिय तहको नेतृत्व गर्नुभएका दिनानाथ गौतमले बिकास निर्माणको लागि गरेको योगदान अविस्मरणिय छ जसले गर्दा अध्यक्ष गौतमलाई स्थानियले विर्सनै सक्दैनन् ।
    त्येसैगरी अर्का स्थानिय कृषक रामप्रसाद गौतम भन्नुहुन्छ—बिचारको आधारमा अध्यक्ष दिनानाथ गौतम र मेरो फरक हो , तर राम्रो कार्यगर्नेलाई भुल्नु हुन्न । दिनानाथ गौतमको नेतृत्वमा रहेको जनप्रतीनिधिहरुले कोसिपारीको मुहार फेर्न सफल हुनुभयो । उहाँको कार्यकाल सकिनै लागेको छ, कोसिपारी क्षेत्रको लागि सुरुवाति भएको विकास निर्माण कार्यलाई थप व्यवस्थित साथै मजवुत गराउने कार्य बाँकी छ तर समस्या अध्यक्ष गौतमको चाहना स्थानिय तहमा पुन आउने नभएको पाएको छु । उहाँको चाहना पालिकामा नभई प्रदेश वा संघमा जाने रहेको बुझेको छु तर जनताको चाहना एक कार्यकाल उहाँलाई पुन चौरीदेउरालीको अध्यक्ष बनाएर कोसिपारीको थप विकास गराउने रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार