२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

अशोकको वडामा रा.प्र.पाको जित, नाताबाद र कृपावादमा धुलिखेलको राजनीति


९९५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ ३, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । जिल्लाको १३ स्थानिय तहमध्यकै अलि वडी चर्चामा आएको धुलिखेल नगरपालिकाको मत परिणाम अनुसार एमाले बाट मेयरका उम्मेदवार अशोक व्याञ्जुको वडामा रा.प्र.पाले जित हासिल गरेको छ ।

    धुलिखेल वडा नं ७ धुलिखेल नगरका नि–बर्तमान मेयर साथै हालको एमाले तर्फबाट उम्मेदवार अशोक व्यञ्जुको वडा हो । जुन वडामा कुलमत २४२३ रहेको छ जसमध्य १८४९ मत खसेको थियो ।

    जुन वडामा अशोकले (मेयरमा) ११३२ मत प्राप्त गर्दै गर्दा वडा अध्यक्ष (सुर्य) ले ३१३ मतमा चित्त वुझाउनु परेको थियो । मेयरमा (सुर्य) त्ति राम्रो मत आउंदै गर्दा वडा अध्यक्ष (सुर्य) मा तुलनात्मक रुपमा लज्जासपद मत आउनु र संगठन नै नभएको हलोले ८५७ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुले नाताबाद र कृपावादमा धुलिखेलको राजनीति अगि वढेको नगरवासिहरुको तर्क रहेको छ ।

    वडा नं ७ मा मेयर, उपमेयर वडा सदस्यहरु सवैले उत्कृष्ट मत प्राप्त हुंदै गर्दा वडा अध्यक्षले मात्रै हार व्यहोर्नुले आदर्श र चिन्तनको राजनीति भन्दा नातावाद कृपावाद तर्फ अग्रसर भएको पाईन्छ । योजनाबद्ध तरिकाले रा.प्र.पा वडा अध्यक्ष जिताई रहंदा व्यक्तिगत रुपमा फाईदा भएपनि एमले पार्टीलाई घाटा भएको छ । एक मतको कारण हार जित हुंदै गरेको अवस्थामा जिल्ला समन्वयको निर्वाचनमा धुलिखेल ७ मा एमाले उम्मेदवारको पराजयले न्याउरी मारी पछुतो हुन सक्छ ।

    ७ नं वडा सम्मको १०५४२ मत गणना हुँदा मेयरमा सुर्यले ५१८७, जेव्राले २५३७ र कलमले १७११ प्राप्त गरेको थियो । जसमा ९जेब्रा र सुर्यको मतान्तर २६५० रहेको छ । त्यसैगरी उपमेयर तर्फ सुर्य ४२८७, रुख ३५६३ रुख र सुर्यको मतान्तर ७२४ रहेको छ । वडा नं ८ को मत १२०० गणना हुदै गर्दा मेयरमा सुर्यलाई जेव्राले ३५५ मतले उछिनेएको छ भने उपमेयरमा सुर्यलाई रुखले ५३१ मतले उछिनेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार