२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

 काभ्रेका कुनैपनि सहकारीमा समस्या छैन—दिलिप शर्मा‚ प्रतिष्ठा कृषि सहकारीको ११ औं साधारण सभा सम्पन्न


९९५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ८, शनिबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं ३ मा सञ्चालन भएको प्रतिष्ठा कृषि सहकारी संस्थाको ११ औं बाषिर्क साधारण सभा अज शनिबार सम्पन्न भएको छ ।

    संस्थाको साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले भन्नुभयो—सहकारी संस्था सञ्चालनको लागि अनुमति तथा खारेजी गर्ने अधिकार स्थानिय तहलाई भएकोले सहकारी ऐन कानुनको परिधिमा रहेर सहकारीहरुलाई चुस्त दुरुस्त र निष्पक्षता आधारमा सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्ने बताउनु भयो । स्थानीय तहले आफ्नो पालिकामा सञ्चालन भएको सहकारीहरुको अवस्थाको बारेमा अनुगमन गर्दै शेयर सदस्यहरूको हितको लागि कार्य गर्ने वातावरण निर्माण गराउनु स्थानीय सरकारको दायित्व हो ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष शर्माले भन्नुभयो—ऐन कानुनका आधारमा जिल्ला सहकारी संघले जिल्लामा रहेका सहकारीहरुको अनुगमन गरी माथिल्लो निकायमा प्रतिवेदन बुझाउने मात्रै अधिकार रहेको छ । सहकारी क्षेत्रमा समस्या आएकोले अबको केही समयमा जिल्ला सहकारी संघले अनुगमन गर्ने साथै कमजोरी गर्ने सहकारीहरुलाई कारवाही गर्ने अधिकार प्राप्त हुने बताउनु भयो । कुनैपनि सहकारीको साधारण सभामा शेयर सदस्यको उपस्थिति कम हुनु राम्रो हैन । सभामा उल्लेख्य मात्रामा सदस्यहरूको उपस्थिति गराई सहकारी संस्थामा भएका राम्रा कार्यहरूको जानकारी गराउनाको साथै सुझाव संकलन गर्ने कार्य अनिवार्य रहेको छ ।

    पछिल्लो समयमा सहकारीको साधारण सभामा शेयर सदस्यहरूको उपस्थिति यातायात खर्च लिनको लागि मात्रै हुने गरेकोमा दुखेसो व्यक्त गर्नुभयो । साधारण सभा यातायात खर्च लिनको लागि नभई संस्थाको अवस्थाको बारेमा घनिघुत ढंगबाट छलफल गर्नको लागि आयोजना गरेको हुन्छ‚ त्यसकारण सदस्यहरूलाई जे जसरी हुन्छ छलफलमा सहभागि हुने वातावरण गराउने कार्यमा सहकारी लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । म धेरै सदस्य भएको सहकारीको साधारण सभामा सहभागि भए तर उपस्थिति यातायात खर्च लिनको लागि मात्रै पाईयो । तर प्रतिष्ठा सहकारीको साधारण सभाहलमा प्रवेष गर्दा भिड पन्छ्याएर भित्र पस्नुपर्ने वातावरण भएकोमा सदस्यको उपस्थितिमा अव्बल संस्था प्रतिष्ठा सहकारी भएको भन्दै खुसी व्यक्त गर्नुभयो प्रमुख अतिथि शर्माले ।

    कार्यक्रममा प्रमुख अतिथि शर्माले देशका केही स्थानमा सहकारी क्षेत्रमा केही समस्या आएपनि काभ्रेका त्यस्तो समस्या नआएको ठोकुवा गर्नुभयो । काभ्रेमा युनिटी बचत तथा ऋण सहकारी संस्थामा केही  समस्या आएको थियो‚ संघको पहलमा सो सहकारीको सञ्चालकहरूसँगै छलफल गर्दै पुन सञ्चालनको वातावरण बनाएको बताउनु भयो । पाँचखालमा सो संस्थाको कार्यालयमा ताला लागेको थियो धेरैको रकम डुब्ने हल्ला मच्चिएको अवस्थामा वार्ताको माध्यमबाट रकम उपलब्ध गराउने कार्यको साथै संस्थाको वन्द कार्यलयको ताल्चा खोल्ने कार्य गरेको बताउनु भयो ।

    संथाका अध्यक्ष ज्ञान बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिलला कृषि सहकारी संघ काभ्रेका अध्यक्ष सुमन नेपाल‚ पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी‚ वडा नं ४ का वडा अध्यक्ष सुन्दर तमाङ लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्याम बहादुर दुलालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका प्रबन्धक सुमन बानियाँ द्वारा कार्यक्रम सञ्चालन गरिएको थियो ।

    प्रतिष्ठा कृषि सहकारी संस्थाको ११ औं साधारण सभामा भएका गतिविधिले ठूला ठूला सहकारीलाई पाठ सिकाउन सफल भएको छ । सभामा खचाखच ढंगबाट उपस्थित शेयर सदस्यहरू हलमा नअट्दा चउरमै बसेर संस्थाको सभामा खुसीका साथ सहभागिता जनाएका थिए । संस्थाले बिभिन्न विधामा सम्मान गर्ने कार्य थप मनन योग्य रहेको थियो ।

    संस्थाले सामुदायिक विद्यालय तर्फ अध्ययन गरी एस.इइमा उत्कृष्ट हासिल गर्ने प्रतीक पौडेल र निजी विद्यालयमा अध्ययन गरी उत्कृष्ट अङ्क हासिल गर्ने सुबोध बानियाँ लाई नगद सहित सम्मान गरेको थियो । त्यसैगरी शेयर सदस्यका छोराछोरीले एस.ईइ उत्रिर्ण गर्नेहरू लाई सम्मान । उत्कृष्ट बचत कर्ता‚ ज्येष्ठ सदस्य‚ उत्कृष्ट शेयर सदस्य‚ उत्कृष्ट बाल बचतकर्ता‚ उत्कृष्ट दुग्ध उत्पादक कृषकहरू‚ असल ऋणी लाई सम्मान गरिएको थियो ।

    स्व. तेज बहादुर थापा तथा इन्द्रकुमारी थापाको नातिनी सोभना थापा ज्ञानबहादुर थापा तथा क्युरी थापा को छोरी ले हजुरबुवा तथा हजुरआमाको नाउँमा स्थापना गरेको अक्षयकोषबाट आर्जित व्याजबाट संस्थाका ११ जना बाल बचतकर्तालाई जनही १ हजार नगद प्रदान गर्दै सम्मान गरिएको थियो ।कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता अप्सरा ढुंगाना सिपखान, प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केशव प्रसाद काफ्ले, आर्थिक बिकास मित्र बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सरोज सापकोटा, ग्रमिण महिला सहकारी संस्थाका अध्यक्ष सरस्वती चिमौरिया, पाँचखाल भ्याली ब उ स संस्थाका अध्यक्ष भोलानाथ दंगाल, पाँचखाल नगरपालिका कृषि शाखा प्रमुख ईश्वर प्रसाद अधिकारी, पाँचखाल नगर समन्वय समिति का सचिव रामप्रसाद कोइराला समेतको उपस्थिति रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार