२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

मल कारखानाको लागि सरकारले सिन्को भाँचेन, सरकारसंग मल माग्नोस—बाँस्कोटा (भिडियो सहित)


३८६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ कार्तिक १५, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । नेकपा एमालेका तर्फबाट काभे्र क्षेत्र नं २ का लागि प्रतिनिधिसभा उम्मेदवार गोकुल बाँस्कोटाले मतदाताहरुसंग भेटघाट कार्यलाई तिव्रता दिनुभएको छ । निर्वाचन आचारसंहिताको मध्यनजर राख्दै भएको भेटघाट कार्यमा कृषकहरुले गुनासो गर्नुभएको थियो ।

    मतदाताहरुसंग भेटघाटको क्रममा पाँचखालका कृषकहरुले रासायनिक मलको बारेमा गुनासो गर्दै दुखेसो पोख्नुभएको थियो । कृषकहरुले कृषि नगरिको रुपमा परिचित पाँचखालका कृषकहरुले रासायनिक मलको अभावले गर्दा कृषि पेसा धरापमा परेकोले कृषकहरुको समस्याको बिषयमा सघाउन अनुरोध गर्नुभएको थियो ।

    कृषकहरुको गुनासोका बारेमा मध्यनजर राख्दै बाँस्कोटाले भन्नुभयो—मुलुकमा आमुल परिवर्तन गर्दै सवै बिषय सपार्ने भन्दै बनेको परमादेसि १८ महिने सरकारले कृषकको लागि ध्यान नदिदा रासायनिक मल अभाव भएको बताउनु भयो । नेकपा एमाले प्रतिपक्षमा छ, हामीले मल ल्याउने विषयमा टेण्डर खोल्न मिल्दैन । मुलुक सपार्छु भन्नेले कृषकको समस्याको वारेमा वास्तै गरेन ।

    कृषकलाई मल चाहिन्छ, जसको कारण उत्पादन बढ्छ, उत्पादन वढेपछि आयात घट्छ ,आयात घटेपछि अर्थतन्त्र वलियो हुन्छ भन्ने बिषयमा १८ महिने सरकारको ध्यान पुगेन । कृषकहरुकै कारण मुलुकमा अर्थतन्त्र वलियो हुँदा विकास निर्माणको कार्य हुने बताउनु भयो । विकास निर्माण अगाडि बढ्दै गर्दा जनताले रोजगारी पाउछन् भन्ने बिषयमा समेत जानकारी नहुनेले सरकार चलाउंदा हर क्षेत्रमा समस्या आएको बताउनु भयो ।

    मंगलबार पाँचखाल वडा नं ६ ले आयोजना गरेको वडा भेला तथा उम्मेदवार भेटघाट कार्यक्रममा बाँस्कोटाले भन्नुभयो—पाँचखाल उर्वरा भूमी हो, यस क्षेत्रमा सिंचाईको केही अभाव छ, सो अभावलाई मध्यनजर राख्दै योजनाहरु अगाडि बढाएका छौं । सिंचाईको तात्कालिन समस्या समाधानको लागि पाँचखालमा १२ स्थान र मण्डनदेउपुरमा ३ स्थानमा गरी ९ करोड बजेटको व्यवस्था गरेको र दिर्घकालिन रुपमा इन्द्रावतिको पानील्याएर सिंचाईको व्यवस्था गरेको बताउनु भयो ।

    कृषकहरुको समस्यालाई मध्यनजर गर्दै नेपालमा मल कारखाना खोल्नको लागि एमालेको सरकारले १० अरव बजेट व्यवस्था गरेका थियौं । सवै प्रकारको संवाभ्यता अध्ययन गरेका थियौं, तर १८ महिने सरकारले मल कारखानाको वारेमा सिन्को समेत नभाचेको बताउनु भयो । यति खेरको अवस्था भनेको किसानलाई चाहिने मल छैन, पार्टीहरुलाई चाहिने दल छैन, यतिखेर गठबन्धनको नाउमा उडुवा दलहरु मात्रैछ । जसका कारण मुलुकमा हर प्रकारको समस्याले जेलेको छ । यस्ता हर प्रकारका समस्या समाधानको लागि एमालेको सरकार आवस्यक भएकोले एमालेलाई मत दिन अनुरोध गर्नुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार