२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

 पाँचखालमा पछि परे गठबन्धन‚ काँग्रेस नेताको वडाहरूमा एमालेको अग्रता


४१२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ मंसिर ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ७ मंसिर
    काभ्रेपलाञ्चोक । आठ महिना अघि बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा उपप्रमुख सहित तीन वडा अध्यक्षमा चित्त बुझाउनु परेको एमालेले आम निर्वाचनको प्रदेशसभा गठबन्धन तफर्का उम्मेदवार लक्ष्मण लम्साललाई पछि पार्दै एमालेका उम्मेदवार कुमार खकुरेलले अग्रता हासिल गर्नु भएको छ ।

    स्थानिय तहको निर्वाचनमा ३७ प्रतिशत मत हासिल गरी चित्त बुझाएको एमालेले आम निर्वाचनमा प्रदेशसभा तफर् ४३ प्रतिशत मत हासिल गर्न सफल भएको छ । स्थानीय तहको निर्वाचनमा ५६ प्रतिशत मत हासिल गरेको गठबन्धनले हाल आएर ३९ प्रतिशतमा खुम्चिएको छ ।

    स्थानीय तहको निर्वाचनमा नेपाली काँगेलको तफर्बाट फराकिलो मतान्तरमा निर्वाचित वडा अध्यक्षहरूको वडाहरूमा एमालेका तफर्बाट प्रदेशसभाका उम्मेदवार खकुरेलले अग्रता कायम गर्नुभएको छ । गठबन्धन तफर्का उम्मेदवार लम्साल र एमालेका तफर्का उम्मेदवार खकुरेलले प्राप्त गरेको मत र स्थानीय तहको निर्वाचनमा प्राप्त मतलाई आधार मान्दा गठबन्धन पक्षधर असफल भएको प्रष्टिएको छ ।

    नेपाली कांग्रेस पाँचखाल नगर समितिका सभापति एवं पाँचखाल वडा नं ८ का वडा अध्यक्ष साथै पाँचखाल नगरका प्रवक्ता संजय तामाङको वडामा स्थानीय तहको निर्वाचनमा २१७ मतमा चित्त बुझाउनु परेको वडामा एमालेका खकुरेलले ४१४ मत हासिल गर्न सफल हुनुभएको छ । सो वडामा स्थानीय तहको निर्वाचनमा नेपाली काँगेलका तफर्बाट उम्मेदवार बन्नुभएको संजय तामाङले ११५८ मत हासिल गर्नुभएको थियो । सो वडामा नेपालि काँगेलका क्षेत्रिय सभापति हेम लामा र महाधिवेशन प्रतिनिधि बेल लामा वसोवास गर्नुहुन्छ ।

    पाँचखाल नगरमा प्रमुख तथा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं २ का क्षेत्रिय सभापति महेश खरेल‚ महाधिवेशन प्रतिनिधि रामजी मुकेश पन्त समेतको वडामा गठबन्धन तिरका उम्मेदवार लम्सालले ३४५ मतमा चित्त बुझाउनु परेको छ भने एमाले तिरका उम्मेदवार खकुरेलले ७३९ मत हासिल गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तिरका वडा अध्यक्षले ९१६ मत हासिल गर्नुभएको थियो भने एमाले तिरका उम्मेदवारले ५६९ मत हासिल गनुंर्भएको थियो ।

    त्यसैगरी नेपाली काँग्रेस युवा चर्चित नेता एवं पूर्व क्षेत्रिय सभापति सुन्दरमणि आचार्य र नेपाली काँगेलका तफर्बाट पाँचखाल नगरका पूर्व उपप्रमुख एवं प्रदेशसभा समानुपातिक उम्मेदवार लक्ष्मी दनुवार समेतको नेताहरू बसोवास गर्ने वडा नं १२ मा गठबन्धन तीरका उम्मेदवार लम्सालले ५७१ मत हासिल गर्नुभएको छ भने एमाले तफर्का उम्मेदवार खकुरेलले १३६४ मत हासिल गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तिरका उम्मेदवारले ११७७ मत हासिल गर्नुभएको थियो भने एमालेका उम्मेदवारले १०५४ मत हासिल गर्नुभएको थियो ।

    त्यसैगरी नेपाली काँग्रेस जिल्ला समिति सदस्य बद्री खकुरेलको वडामा समेत एमाले तिरका उम्मेदवार खकुरेलले ९८८ मत हासिल गर्नुभएको छ भने गठबन्धन तिरका उम्मेदवार लम्सालले ३४० मत हासिल गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तिरका उम्मेदवारले ७०४ मत हासिल गर्नुभएको थियो भने एमाले तिरका उम्मेदवारले ६३२ मत हासिल गर्नुभएको थियो ।

    स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको वडा नं १ मा गठबन्धनका उम्मेदवार लम्सालको अग्रता रहेको छ । त्यसैगरी नेपाली काँग्रेस जितेको वडा नं २ र ३ मा लम्सालकै अग्रता रहेको छ भने नेपाली काँग्रेस जितेको वडा नं ४ मा लम्सालले अग्रता कायम राख्न नसकेपनि झिनो मतान्तरण मा लम्साल पछि पर्नुभएको छ । गठबन्धन तिरका उम्मेदवार लम्सालले ६०५ र एमालेका उम्मेदवार खकुरेलले ६१५ मत हासिल गर्नुभएको छ । स्थानीय तहको निर्वाचनमा नेपालि काँग्रेस तिरका वडा अध्यक्षले ९१० मत हासिल गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार