२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

पाँचखालमा सडकमा सवारी साधन तेर्स्याएर नगरको बिरोध‚  सवारी करको लागि टेन्डर हुँदा स्थानीय आक्रोसित‚ ३८ लाखको टेन्डर कार्यान्वयनमा समस्या- भिडियो सहित 


१५६६४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १९, मंगलबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के.मैनाली 

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्नो आन्तरिक स्रोत व्यवस्थापनको लागि सडक उपयोग गर्ने सवारी साधनहरूको लागि पटके करको व्यवस्था गरी कर संकलन कार्यको थालनी गर्दा स्थानीयले विरोध जनाएका छन् ।

    विगत बर्षहरु बाट संकलन गर्दै आएको उक्त व्यवस्थालाई यस वर्षपनि निरन्तरता दिने निर्णय अनुसार टेन्डर भएको हो । टेन्डर हाल्ने क्रममा स्थानीय मिलन श्रेष्ठको नाउमा भ्याट बाहेक ३८ लाखको टेन्डर परेको थियो ।

    टेन्डरको सम्झौता भई पटके सवारी कर संकलन गर्ने कार्यको सुरुवातीबाटै स्थानीयले विरोध गरेका थिए । विरोधका बावजुद पनि कर सञ्कलन गर्ने कार्यलाई निरन्तरता दिदै आउने क्रममा जनप्रतिनिधिहरूको उपस्थितिमा कर संकलन कार्य रोक्ने भन्ने मौखिक निर्णय पुस ३ गते भयो ।

    नगरका मेयर महेश खरेल‚ उपमेयर सुर्य माया दनुवार‚ प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद थानी‚ इन्जिनियर कपिल देव भट्ट साथै वडा अध्यक्षहरू‚ राजश्व प्रमुख पुष्प माया दनुवार समेतको उपस्थितिमा छलफल भई कर संकलन कार्यलाई रोक्ने मौखिक निर्णय भएको कर सङ्कलनको जिम्मा पाएका ठेकेदार मिलन श्रेष्ठले जानकारी गराउनु भयो ।

    ठेकेदार श्रेष्ठका अनुसार पुष ३ गतेको मौखिक निर्णय अनुसार पुष ४ गतेबाट सवारी पटके कर उठाउने कार्य रोकियो । पुष १८ गते नगरको तफर्बाट कर उठाउने कार्यलाई निरन्तरता दिनु भन्ने जानकारी अनुसार १९ गतेबाट कर उठाउने कार्यलाई निरन्तरता दिँदा स्थानीयले विरोध गर्दै सडकमा सवारी साधन तेर्साएर सडक अवरोध गर्ने कार्य भयो ।

    सडक अवरोध गर्दै स्थानीयले नगरपालिकाको तफर्बाट राजश्व सङ्कलनको नाउमा दादागिरी गरेको भन्दै विरोध गरेका छन् । नगरको प्रमुख आम्दानीको स्रोत व्यवसाय करमा ध्यान दिन नसक्ने नगरले सवारी साधनमा कर लगाएर स्थानीयको घाँटी निमोठ्ने कार्य गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    सवारी करको विषयमा छलफलको लागि निकै प्रयास गर्दापनि मेयर महेश खरेल र प्रमुख प्रशासकीय अधिकृत दिनेश प्रसाद थानी सम्पर्कमै नआउने मात्रै नभएर कार्यालयमा समेत नियमित उपस्थित नभएको गुनासो गरे । स्थानीयले सवारी करको विषयमा भनेका छन्‌—“ढोकाबाट निस्कनासाथ कर पाँचखाल नगरपालिकाको राणा शासन ज्यादती कहिलेसम्म सहने ?”

    यसैगरी ठेकेदार आफ्नो सामाजिक सञ्जातबाट यसरी दुखेसो पोखेका छन्‌—नबोलम बोल्नै  पर्ने छ । बोले प्रतिसोध होला नबोले आफै बिग्रने देखेको छु । तर बोले लेखे अन्तिम उपाय ।आज बिहान ७ बजे देखि बेलुका ४:३० सम्मको समस्या नै समस्या । भिडियो माफर्त सार्वजनिक गरेको छु ।

    यो ठेक्का कुनै पनि हिसाबमा नगरवासीको हितमा नरहेको स्थानीयले बोल्दै विरोध जनाउदै गरेको आज सम्म आउँदा १०५ दिन हुदै छ । तर यहा हरेक दिन बाटोमा कर संकलन गर्न खोज्दा हरेक दिन बिबाद मात्र हुने र उक्त दिन कर पूर्ण रुपमा सुन्य रूपले संकलन हुँदै आएको छ । तर यस कर संकलन गराउने जिम्मा लिने निकाय मौन छ । ठेकदार पक्षलाई ठेक्का सञ्चालन गर्ने दिने कुनै पनि बातावरन नदिएको प्रमाण सहित भिडियो पोष्ट गरेको छु ।

    यो ठेक्का सञ्चालनको आदेश अनुसार कार्य गरिरहँदा पनि  पुष महिनामा ३ गतेको दिन देखि आज सम्म शून्य कर संकलन भएको यस नगर पक्षलाई अवगत नै छ तर पनि प्रसासनीक सहयोगबाट कर संकलन गराउन अग्रसर छन् । ठेक्का खोल्नु मात्र वहाँहरूको उद्देश्य देखियो कार्यान्वयन गर्न सक्षम देखिएन । आज बिहान देखि सुरु भएको यो घटना अहिले सम्म पनि उस्तै छ । तर स्थानीयले यहि कर नतिर्ने भन्दै बाटो बन्दै गरेर गाडी तेर्साएको स्थानमा कयौं पल्ट फोन गर्दा पनि नगरको प्रतिनिधित्व गर्ने एक जना कर्मचारी पनि उपस्थित नहुनु विडम्बना ।  उपस्थितको कुरै मात्र होइन फोन पनि सो समयमा अफ गरेको त्यो घटनाले जिम्मेवारीमा बसेका ब्यक्तिहरूको विश्वासमा कसरी कर सङ्कलनमा पूर्ण बन्द पछि सञ्चालनको गर्छ भनेर लागेको हु म आफै अच्चमित छु । साथीहरू म आजको दिन ४ वटा ठेक्का सञ्चालन सडकमा बाटो खोल्न र कुरा मिलाउन हिडि रहँदा ५ बजेको पनि याद रहेन ।

    त्यसैगरी सवारी सञ्चालक पक्षको गुनासो उस्तै छ‚ उहाँहरूको तर्क यस्तो छ— स्थानीय सवारी साधनहरू खाली खाली सडकमा पटक पटक ओहोर दोहोरो गर्नुपर्ने हुन्छ‚ हाम्रो भनाई खाली गाडीको दिनमा एकपटक कर उठाइयोस्‚ टिप हुँदा पटकै पिच्छे तिर्छौ । पाँचखालको चार स्थानमा कर उठाइन्छ‚ एकठाउँमा कर बुझायो अर्को ठाउमा पुन लिने गर्दा एउटै टिपमा कति ठाउँ तिर्ने ? केही सवारी धनीहरूको तर्क फरक रहेको छ‚ सवारी साधनको कर कतितिर तिर्ने ? नगरमा तिरेको करको सदुपयोग भएको छ र ? त्यसैले गर्दा हामी दोहोरो कर तिर्ने पक्षमा छैनौ । हामीले स्थानीय तहमा सवारी पटके कर तिर्नुपर्छ भने राज्यले लिने कर मिनाहा हुनु पर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार