२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

लव ग्रीनको योगदानले पाँचखालको  भविष्य निर्माण 


११५१६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष २६, मंगलबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । पाँचखाल र आसपासको क्षेत्रको विकास निर्माणको लागि विगत ३० बर्ष देखि योगदान पुर्याउँदै आएको लव ग्रीन नेपाल नामक संस्थाले पछिल्लो एक दशक देखी पाँचखालका कृषकहरूको आम्दानीको स्रोतको पहिचान गर्दै कृषकहरूलाई आत्मनिर्भर बनाउने कार्यमा क्रियाशील रहेको छ ।

    संस्था आफैले बिभिन्न गुणस्तरीय जातका बिरुवाहरू उपलब्ध गराउँदै कृषकहरूको जीवनस्तर उकास्ने कार्यमा कृषि क्षेत्रलाई प्राथमिकता दिदै आएको हो । पाँचखालको उर्वरा भूमिमा उत्पादन हुने ताजा तरकारी खेतीमा लागत कम गर्दै उत्पादन बृद्धिको लागि जैविक ढंगबाट खेती गर्ने वातावरण निर्माण गर्दै विषादी रहित तरकारी उत्पादनमा कोशेढुङगा सावित भएको छ पाँचखाल ।

    विगतको दशकमा पाँचखालको ताजा तरकारीमा विषादीको मात्रा बढी हुने हल्ला चल्दै गर्दा लव ग्रीन नेपाल नामक संस्थाको पहलमा तरकारी खेतीको व्यवस्थापनको लागि पहल गर्दा हाल आएर पाँचखालको तरकारी भेटेसम्म अन्य क्षेत्रमा उत्पादन भएको तरकारी रुचाउँदैनन् उपभोक्ताहरू । संस्थाको पहलमा तरकारी खेतीको साथै विभिन्न फलफूल खेतिमा समेत पहल गर्ने क्रममा आँप‚ केरा‚ रूख कटहर‚ कागती लगायतका बिभिन्न जातका फलफूल खेतीको लागि संस्थाले अग्रसरता देखाउँदा केही वर्षमा फलफूलको लागि हवको रुपमा विकास हुने निश्चित रहेको छ ।

    पाँचखालको लागि बरदानको रुपमा उदाएको लव ग्रीन नेपाल आम पाँचखाल बासिको मन मुटुमा बस्न सफल भएको छ । सुख्खा मरुभूमि जस्तो अवस्थामा रहेको खेर गएको बाँझो जग्गा हरियालीका साथै हराभरामा परिणत गर्ने मात्रै नभएर बिभिन्न सार्वजनिक स्थानहरूमा उच्च जातका फूलहरूले बास्ना प्रदान गर्दै रमणीय अवस्था सृजना गर्ने कार्यमा समेत सफल भएको छ लव ग्रीन ।

    पाँचखालको आम्दानीको अर्को प्रमुख स्रोत कागती खेतीको पहिचान गर्दै संस्थाले सो खेतीको लागि कृषकहरूलाई आकर्षण गराउने कार्यमा निरन्तर रुपमा अगाडि बढेको छ । सोही अनुसार कृषकको बगैँचामा रोपिएको कागती खेतीमा मात्रै नभएर सार्वजनिक स्थान (विद्यालय‚ मठमन्दिर) जस्ता स्थानहरूमा रोपिएको बिरुवाको अवस्थाको बारेमा लव ग्रीन नेपालका प्राविधिक सहितको टोलीले परिक्षण गर्दै आवश्यक मात्रामा उपचार तथा सुधार गर्ने कार्यमा सकृयता देखाएको छ ।

    नेपालमा आवश्यक पर्ने कागती मध्य छिमेकी मुलुकबाट बाषिर्क रुपमा करोडौँको आयात हुन्छ । नेपालमा उत्पादन गर्न सक्दा आयात गर्नु नपर्ने र कृषकको राम्रो आम्दानि हुनेमा दुई मत छैन भनन्ु हुन्छ संस्थाका निर्देशक नारायण ज्ञवाली ।  सोही अनुसार लव ग्रीन नेपालले पौष २५ गते पाँचखालको प्रमुख शैक्षिक क्षेत्रको रुपमा परिचित शैक्षिक सर्वमङ्गला माध्यमिक विद्यालयमा रोपिएका कागतीका बिरुवा काँटछाँट सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ । शिक्षक‚ विद्यार्थी समेत २५ जना कृषक गरी ४० जना सहभागितामा सम्पन्न उक्त कार्यक्रममा लव ग्रीन नेपालका कार्यकारी निर्देशक नारायण ज्ञवालीले कागतीको राम्रो बजार भएकोले यसको उत्पादन वढ्नु पर्ने तर्क राख्नु भएको थियो ।

    कृषकहरूमा काँटछाँटको ज्ञानको अभाव र बेवास्ताले गर्दा उत्पादनमा वृद्धि हुन नसको बताउनु भयो । त्यसैगरी संस्थाका प्राविधिकहरू देवी प्रसाद गौतम र गोविन्द पाण्डेले रोगकीरा व्यवस्थापन‚ हेरचाह बारे जानकारी गराउनु भएको थियो । काँटछाँट गर्न नेपाल र भुटानमा नसर्री तथा विभिन्न बिरुवा उत्पादनमा जीवन बिताएका पुराना अनुभवी नसर्री व्यवसायी कर्मा वाङछु लामाले आफूले हासिल गरेको ज्ञान बाढ्नु भएको थियो । उहाँले विरुवा भनेको नै जीवन भएको हो र यसैबाट हामी बाचेको बताउनु भयो । उक्त अभिमुखीकरणमा १५ बोट कागतीको काँट छाँट गरि कृषकहरू लाई सिकाइएको थियो ।

    पाँचखाल नगरपालिका कागती खेतीको लागि उपयुक्त हावापानी भएको क्षेत्र हो । हाल यस क्षेत्रका किसानहरू विस्तारै कागती खेती तफर् उन्मुख हुदै आएका छन् । कागती नेपालको हावापानीमा प्रचुर उत्पादन गर्न सकिने औषधीय गुण भएको फल हो । यसको खुद्रा मूल्य बजारमा प्रतिगोटा १० रुपियाँ देखि ३० रुपियाँ सम्म पुग्ने गरेको छ । विगतका केही वर्ष देखि नेपालमा पनि तराई देखि पहाड सम्म व्यवसायिक उत्पादनमा वृद्धि हुदै गएको छ । कागती खेतीको राम्रो विस्तार गर्न सके नेपाल सजिलै आफू आत्मनिर्भर भई निर्यात गर्न सक्ने अवस्थामा रहेको निर्देशक नारायण ज्ञवालीले बताउनु भयो ।

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार