२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

पाँचखालका जनतालाई पानी खुवाउन जुटे जनप्रतिनिधिहरू‚ वृहत खानेपानीको काम अन्तिम चरणमा‚ एक बर्स सम्ममा घरघरमा पानी आउने (भिडियो सहित)


४४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ ८, आईतबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के मैनाली
    काभ्रेपलाञ्चोक ।काभ्रे जिल्लामा रहेको पालिकाहरू मध्यकै छुट्टै पहिचान भएको पाँचखाल नगरमा पिउने पानी र सिँचाइको लागि पानीको निकै अभाव रहेको छ । कृषिको उर्बरा भूमिको रुपमा परिचित पाँचखालमा तत्कालीन व्यवस्थापनको लागि डिप बोरिङ माफर्त काम चलाउँदै आएपनि दीर्घकालिन ढंगबाट समस्या समाधानको लागि वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजना लागू भएको छ ।

    पाँचखालको पिउने पानीको दीर्घकालिक ढंगबाट समस्या समाधानको लागि २०७७ असार १५ गते सम्झौता सुरुभएको कार्य अन्तिम चरणमा पुगेको छ । हुवाइ कन्काई जातिसँग १३४१०६५६३७ रुपैयाँका ठेक्का सम्झौता भई तीब्र गतिले निर्माण कार्य अगाडि बढेको छ । निर्माण व्यवसायीसँगको सम्झौता अनुसार पहिलो चरणको काम २०७९ पौष १४ सम्पन्न गर्नुपर्ने उल्लेख भएको थियो । सो अवधिमा कोभिडको महामारीले गर्दा निर्धारित समयमा काम सम्पन्न हुन सकेको छै न ।

    निर्धारित समयमा कार्य सम्पन्न हुन नसकेपछि उपभोक्ता समितिको साथै निर्वाचित जनप्रतिनिधिहरूको ध्यान केन्द्रित भएको छ । सोही अनुसार जनप्रतिनिधिहरूको टोलीले आयोजनाको बारेमा बृस्तित अध्ययन गर्ने कार्य सम्पन्न भएको छ । अध्ययन भ्रमणमा संघीय सांसद एवं पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा‚ प्रदेश सांसद लक्ष्मण लम्साल‚ जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतम‚ उपप्रमुख रिम बहादुर तमाङ‚ पाँचखाल नगरपालिका मेयर महेश खरेल‚ उपमेयर सुर्यमायाँ दनुवार‚ जिल्ला समन्वय समिति काभ्रेका प्रबक्ता अप्सरा ढुंगाना‚ उपभोक्ता समितिका तफर्बाट अध्यक्ष कुमार लामिछाने‚ उपाध्यक्ष रबिन्द्र सिपखान‚ सचिव मणि गौतम‚ सल्लाहकार दामोदर अधिकारी‚ निर्माण व्यवसायी राम मैनाली समेतको प्राविधिक टोली सहभागि रहनु भएको थियो ।

    २०७९ पुस १४ गते सम्म सम्पन्न हुनु पर्ने उक्त आयोजनाको काम समग्रमा ७३ प्रतिशत मात्रै सकिएको विषयमा जानकारी लिदै पुर्व मन्त्री गोकुल बाँस्कोटाले प्राविधिक पक्ष साथै निर्माण सामाग्रीको बारेमा जानकारी लिँदै भन्नुभयो आफू पाँचखाल वासीलाई गुणस्तर युक्त पानी खुवाउने विषयमा आतुर छु । छिटो आयोजना सम्पन्न गर्ने विषयमा मेरो के भूमिका आवश्यक पर्छ सघाउन तयार छु तर दीर्घकालिक ढङ्गको कार्य हुन जरुरी छ । आयोजनाको कार्य हुँदै गर्दा स्थानीय जनताले सास्ती खेप्न नपरोस् धुलो नियन्त्रण गर्न जरुरी छ ।

    त्यसैगरी प्रदेश सांसद लक्ष्मण लम्सालले भन्नुभयो—हाल सम्म सकिएको कामको बारेमा निर्माण व्यवसायीले यथार्थ र विस्तृत जानकारी गराउनु पर्ने छ । यो बृहत खानेपानी आयोजना छिटो सक्ने विषयमा आफूले के कस्ता कार्यमा सघाउनु पर्यो सघाउन तयार छु ।

    जिल्ला समन्वय समिति प्रमुख गौतमले भन्नुभयो—आयोजनाको गुणस्तरको बारेमा हामी हाम्रो तफर्बाट प्राविधिक पठाउँछौं ताकि आयोजना दीर्घकालिक ढंगबाट टिकाउ रहोस् । आयोजना ढिलो सम्पन्न हुनु भनेको थप आर्थिक व्यवहारको मारमा पर्नु हो । यो या त्यो बहानामा काम ढिलो हुनु हुदैन ।

    त्यसैगरी पाँचखाल प्रमुख महेश खरेलले खानेपानी उपभोक्ता समितिलाई धन्यवाद दिदै भन्नुभयो— पाँचखालका नगरवासीले पानी छिटो उपभोग गर्नको लागि निरन्तर अगाडि बढेका छौं । जुन कार्यको लागि निर्माण व्यवसायी र उपभोक्ता समितिलाई सघाई रहेका छौं । पाँचखाल बासिको सपनालाई छिटो साकार पार्नको लागि निरन्तर लागेको र लागि रहने छु । नगरवासीको सपना साकारको लागि आयोजना अगाडि बढाउने क्रममा आएका जटिल विवादहरूलाई मिलाउँदै चन्दा उठाएर आवश्यक जग्गा समेत खरिद गरेको बताउनु भयो ।

    उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले ठेक्कामा भएको सम्झौता अनुसार काम भएको छ । कोभिडले गर्दा केही समय कमा ढिलो भयो तर अबको १ बर्ष भित्र उपभोक्ताको घरघरमा पानीको धारा पुग्नुपर्छ । सामाजिक समस्याहरू समितिको तफर्बाट समाधान हुँदै आएको छ । आयोजना सम्म पुग्ने सडक निर्माणको लागि तीन करोडले पुग्दैन कम्तिमा पनि १५ करोड आवश्यक हुन्छ सो विषयमा सबैको ध्यान पुग्न जरुरी छ ।

    सम्पूर्ण जनप्रतिनिधिहरू सहितको टोलीले अनुगमन गरी भएको अन्तरक्रियाको क्रममा निर्माण व्यवसायी राम मैनालीले भन्नुभयो—आयोजना निर्माणको चरणमा कोभिडको कारणले अवरोध नभएको भए निर्धारित समय अगावै काम सम्पन्न हुने थियो । बिभिन्न समस्याका बिचमा पनि धेरै काम सकेका छौं‚ अव एक बर्स समय थप्नुपर्ने बताउँदै सो थप समय अगावै काम सम्पन्न गछौँ ।

    पाँचखाल नगरवासीको भविस्यसंग जोडिएको सुनकोशी पाँचखाल खानेपानी आयोजनाको काम ७३ प्रतिशत सकिएको छ । पुस १४ सम्ममा सकिनु पर्ने सम्झौता भएपनि मुलुकमा कोभिड १९ ले गर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसकेकोले एक बर्ष समय थप गरी आगामी पुस महिना सम्ममा कार्य सम्पन्न हुने जानकारी प्राप्त भएको छ ।

    आयोजनाका सुपरभाइजर इन्द्र मान सिं बस्नेतका अनुसार आयोजनाको लागि आवश्यक खानेपानीका संरचनाहरूमा कलेक्टर वेल ४ वटा; सम्प वेल २ वटा; भईटङ्की १६ वटा; ब्रेक प्रेसर टङ्की ६ वटा; पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर २ वटा; प्लेन सेडीमेनटेसन टङ्की २ वटा; च्बउष्म स्याण्ड फिल्टर १ वटा‚ प्रसारणलाइन ९.१३ कि. मि.‚शाखा प्रसारणलाइन ३७.२३ कि. मि.‚ वितरण लाईन १८९.३कि. मि.‚प्रयोग भएका पाईप र फिटिङ्गहरुः पी.ई.‚ डि. आई. र जि. कार्यालय भवन १ वटा; गार्ड भवन १७ वटा; जेनरेटर भवन ५ वटा; फायरहाईड्रेन्ट २० वटा; इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू सरसफाइका संरचनाहरूः सार्वजनिक शौचालय १ वटा; संस्थागत शौचालय १ वटा; ट्रयाक्टर १ वटा रहने छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार