२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

 पाँचखालको वरदानको रुपमा रहेको छ लव ग्रीन नेपाल—खरेल


१६२४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ ९, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । “दुःखमा साथ दिने कोही हुँदैन‚ सुखमा साथ दिनेको लर्को ठुलै हुन्छ ।” दुःखमा साथ पाउने केवल शिक्षाले मात्रै हो‚ समयले हामीलाई पर्खंदैन‚ बगेको खोला फर्कदैन त्यसैले समयको उतिच सदुपयोग गर्दै गुणस्तरीय शिक्षा हासिल गर्न जरुरी रहन्छ ।

    उक्त भनाई पाँचखाल नगरका प्रमुख महेश खरेलले जोरपाटी माध्यमिक विद्यालयको ७७ औं वाषिर्कोत्सव उद्घाटन गर्दै बताउनु भएको हो । नगरमा रहेका ४४ सामुदायिक विद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण मिलाउने दायित्वलाई भुल्ने छैन भन्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगर प्रमुख खरेलले थप्नुभयो- पनि विद्यालय तहमा अध्ययन गर्दा निकै मिहेनत गरे‚ अमेरिकामा १४ बर्स बसे त्याँहा निकै सुख थियो तर आफ्नो जन्मभूमिमा दुःख भित्रको सुख गर्न नेपाल आय । पाँचखाल र पाँचखाल बासिको सेवा गर्ने आएको हुँ‚ म पाँचखालका जनताको सेवा गर्दै छु साथ नपाईहरूको आवश्यक छ ।

    हामी राम्रो हुन शृङ्गार गरेर हैन‚ राम्रो शिक्षा हासिल गरेर राम्रो हुनुपर्छ । यो अध्ययन गर्ने समयमा सामाजिक सञ्जालमा झुन्डिएर समय खेर नफाल्न विद्यार्थीहरूलाई सुझाव दिदै अभिभावकले विद्यार्थीले विद्यालयमा कस्तो व्यवहार साथै अध्ययन गरेका छन् जानकारी राख्न जरुरी रहेको बताउनु भयो । विद्यालयमा सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिदै पाँचखालमा लव ग्रीन नेपालले शिक्षाको क्षेत्रमा निकै योगदान गरेको छ‚ पाँचखालको हर क्षेत्रमा कार्य गर्दै अगाडि बढ्दै पाँचखालको बरदानको रुपमा रहेको खरेलले बताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पूर्व शिक्षकहरू‚ पूर्व विद्यार्थीहरू‚ चन्दा दाताहरू‚ जग्गा दाताहरू‚ अक्षयकोष स्थापना गर्नेहरू‚ विद्यालयलाई सहयोग गर्ने संघ संस्थाहरू लगायतलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यालयले आयोजना गरेको बिभिन्न खेलकुदमा उत्कृष्ट हुनेहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

    विद्यालयका शिक्षिका सरस्वती चिमौरियाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेशमान गुरुङले विद्यालयको भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो भने वि.व्य.स अध्यक्ष भोजराज पन्तले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालयका लेखापाल सुमन बख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने शिक्षक लेख प्रसाद पन्तले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरू साथै अभिभावकहरूलाई विद्यार्थीहरूले भरपूर्ण मनोरञ्जन प्रदान गर्न सफल हुनुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार