२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

काभ्रेमा चार प्रमुखलाई स्वागत‚ दुई लाई बिदाई 


५२११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ २५, बुधबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के मैनाली 
    काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको लागि प्रमुख जिल्ला अधिकारी सहित अन्य तीन कार्यालय प्रमुखलाई एक कार्यक्रमका बिच स्वागत गरिएको छ भने दुई जनालाई बिदाई गरिएको छ ।

    काभ्रेको जिल्ला समन्वयको हलमा आज (बुधबार) कर्मचारी मिलन केन्द्रको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न काभ्रे आउनु भएका पुण्य बिक्रम पौडेल‚ जिल्ला प्रहरी प्रमुख एस पि भागेन्द्र पुरुष ढकाल‚ शसस्त्र प्रहरी १५ नं गण प्रमुख एस पि अचुत कुमार मजगैँया र हुलाक प्रमुख इश्वर प्रसाद आचार्य साथै सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेललाई स्वागत गरिएको थियो ।

    कार्यक्रममा काभ्रेबाट सरुवा भई जानुभएका जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एस पि चक्रराज जोशीलाई फेरी भेटौँला कार्यक्रम अन्तरगत बिदाई र जिल्ला प्रशासन कार्यालय काभ्रेमा २८ बर्स सम्म कार्य गर्नुभएका प्रशासनिक अधिकृत राम प्रसाद भट्टराईलाई उमेर हदको कारण भएको अनिवार्य अवकाश अन्तरगत बिदाई गरिएको थियो ।

    जिल्ला समन्वय समिति काभ्रेका अधिकारी शान्ति राज प्रसाईँ द्वारा सञ्चालित उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले भन्नुभयो—समन्वय र सहकार्य भनेको पुँजी हो‚ जिल्ला समन्वय समिति र स्थानीय तहको भूमिका हेर्दा सो खाले पुँजी काभ्रेमा धेरै भएको पाय ।

    सृजनशील कार्य गर्नेहरूलाई हौसला प्रदान गर्नु राम्रो हो‚ काभ्रेमा गरिएको स्वागत तथा फेरी भेटौँला कार्यक्रम लोभ लाग्दो ढङ्गको छ । राष्ट्रसेवकको भूमिकाबाट नागरिक हुनुभएको छ उहाँले हामीलाई आगामी दिनहरूमा सघाउनु हुने छ । राष्ट्रसेवकका लागि नागरिक भगवान हुन् हामीले भगवानको सेवा निष्पक्ष ढंगबाट निरन्तर गछौँ । हामीले दिने सेवामा केही कमजोरी भएमा हामीलाई सम्झाउन जिल्ला समन्वय समिति तथा जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरूले हिचकिचाउन हुन्न ।

    त्यसैगरी जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले ५७ वर्ष सम्म जग्गा नपाएको जिल्ला प्रशासन कार्यालय काभ्रेलाई हामीले जग्गा उपलब्ध गराएको बताउनु भयो । हामीले हुमकला पाण्डेको कार्यकालमा जग्गा दिएका छौं अव पुण्य बिक्रम पौडेलको कार्यकालमा सुबिधा सम्पन्न भवन बन्ने बताउनु भयो । उहाँले थप्नुभयो पौडेल सडियो साहेब काभ्रे आउँदै छु भन्ने फोन आउँदै गर्दा हामी दुईमा लभ परेको छ जसले गर्दा जिल्लामा हर प्रकारको कार्यमा सहकार्य गर्दै अगाडि बढ्न सहज हुने बताउनु भयो ।

    कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख कुञ्छाङ लामा‚ पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना‚ कर्मचारी मिलन केन्द्रको तफर्बाट खुवीराम अधिकारी शुभकामना मन्तव्य राख्नुभएको थियो । एस पि चक्रराज जोशीले आफ्नो कार्यकालमा काभ्रेमा गरेका कार्यहरूको बारेमा जानकारी गराउनु भएको थियो भने ३९ वर्ष ३ महिना राष्ट्रसेवकको भूमिका निर्वाह गरि अवकाश लिनुभएका राम प्रसाद भट्टराईले बिदाई मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा पनौती नगर प्रमुख रामशरण भण्डारी‚  जिल्ला समन्वय उपप्रमुख रिम बहादुर तमाङ‚ पाँचखाल नगर उपप्रमुख सुर्यमायाँ दनुवार‚ पनौती नगरका प्रमुख प्रशासकीय अधिकृत प्रणयराज न्यौपाने‚ बनेपा नगर प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाई‚ मण्डनदेउपुर प्रमुख प्रशासकीय अधिकृत ड.लोक बहादुर लोप्चन‚ पाँचखाल नगरका शाखा अधिकृत उदय प्रसाद कोइराला‚ जिल्ला समन्वय प्रवक्ता अप्सरा सिपखान लगायत जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार