२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

अस्पतालमा भएका कमी कमजोरीको जिम्मेवारी स्थानीय सरकारले लिन विवश छ-प्रमुख शाक्य


११३५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन २३, मंगलबार मा प्रकाशित १ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    काभ्रेपलाञ्चोक । काभे्रको जेठो अस्पतालको रुपमा परिचित शीर मेमोरियल अस्पतालमा मंगलबारबाट आँखा सेवा शुभारम्भ भएको छ ।

    आँखा सेवाको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि एवं बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले अस्पतालमा भएका कमी कमजोरीको जवाफ दिनका लागि स्थानीय सरकार सदैव तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको छ ।

    जति पनि सेवाहरु प्रवाह भएका छन्, ति सेवाहरुका बारेमा सेवाग्राहीहरुको गुनासो स्थानीय सरकारसामु जानु सुखद पक्ष होइन । यसबाट अस्पतालको व्यवस्थापन पक्षका बारेमा प्रश्नहरु खडा भएका छन् । त्यसैले यो अवस्था आउन नदिनका लागि नगरपालिका जुनसुकै सहकार्य गर्न पनि तयार रहेको प्रमुख शाक्यले बताउनु भयो ।

    अस्पतालले सुरु गरेको Ophthalmology Department को शुभारम्भबाट यस क्षेत्रका बिरामीहरुले पुनर्जीवन प्राप्त गर्न आफूहरु आशावादी रहेको बताउनुभएको छ । साथै अप्थोमेट्रिक सेवा दिने जमर्काे गरेको छ । यसबाट सिंगो काभ्रे जिल्ला मात्र नभई छिमेकी जिल्लाहरुले समेत लाभ लिनेछन् भन्ने विश्वास नगरले लिएको प्रमुख शाक्यले कार्यक्रममा स्मरण गराउनुभएको छ । बनेपाको मात्र नभई सिंगो मुलुकको पहिचान बोकेको शीर अस्पतालप्रति जनचासो बढ्नु स्वभाविक हो । जनचाहना बमोजिम सेवा सुविधामा पछि परेकै हो । त्यसकारण पनि आलोचनाहरु जन्मनु नौलो होइन । यि समस्याहरुलाई सम्बोधन गर्नका लागि नगरले सानो, ठूलो सहयोगहरु गर्ने क्रममा केही समय पश्चात नगरलाई प्राप्त सिटी स्क्यान मेसिन यस अस्पतालमा प्रदान गर्ने निर्णय बोर्ड बैठकबाट भईसकेको सम्बोधनका क्रममा प्रमुख शाक्यले खुलासा गर्नुभएको छ ।

    हुन त नगरसँग त्यति धेरै सहयोग दिनसक्ने स्रोतहरु त छैनन् तर पनि नगरभित्रको अस्पताल भएकै कारण पनि नगरवासीको चासोलाई मनन गर्दै सकेसम्म गुणस्तरीय स्वास्थ्य सेवाका लागि पु¥याउनुपर्ने सहयोग हरदम गर्न नगरपालिका तयार छ तर अस्पताल प्रशासनले नगरसँगको सहकार्यलाई गम्भीरतापूर्वक मनन गरेको तर्फ इंकित गर्दै सहयोगको आवश्यकता रहे सम्झनुस् भन्दै आफ्ना अभिव्यक्तिहरु बिट् मार्नुभएको छ ।

    कार्यक्रममा शीर मेमोरियल अस्पतालका प्रमुख डा. हेक्टरको कथन थियो– अस्पतालले प्रवाह गर्ने सेवाहरुमा कुनै किसिमको कमी कमजोरी हुन दिने छैनौं । गुणस्तरीय सेवाको लागि आफ्नो टिम सदैव लागिपर्ने बताउनुभएको छ । एउटै छानामुनि नागरिकका नैसर्गिक अधिकारभित्र पर्ने स्वास्थ्य सम्बन्धी सबै सेवाहरु गुणस्तरीय हुनेछ । यसका लागि अस्पताल प्रशासन हरबखत चनाखो रहनेछ । यसका लागि स्थानीय सरकार मात्र नभई सिंगो नगरवासीको सहयोगको आवश्यकता पर्दछ ।

    कार्यक्रममा डा. हेक्टरले थप्नुभयो—यो अवस्थामा काम गर्दा कमी कमजोरी नहोला भन्न सकिँदैन । त्यही कमी कमजोरीबाटै नयाँ पाठ सिकेर रुपान्तरणको बाटोमा आफूले आफूलाई लैजानुपर्छ । त्यति गर्न सक्यौं भने सेवाग्राहीप्रतिको हाम्रो जिम्मेवारी पूरा गर्न अग्रसर भएको मानिन्छ । आज जति पनि सेवाको नाममा प्रतिस्पर्धाहरु भएका छन्, त्यहाँभित्र गुणस्तरीय स्वास्थ्य सेवा छ कि छैन, त्यसतर्फ पनि खबरदारी गर्ने दायित्व स्थानीय सरकारको हो । स्थानीय सरकारसँग सहकार्य गरेर प्रत्येक सेवाहरु प्रवाह गर्न अस्पताल तयार रहेको सम्बोधनका क्रममा सिइओ डा. हेक्टरले खुलासा गर्नुभएको छ । सम्बोधनकै क्रममा अस्पताललाई यहाँसम्म ल्याउन महत्वपूर्ण भूमिका खेल्नुहुने स्थानीय, संघसंस्था, जनप्रतिनिधि लगायत बौद्धिक वर्गप्रति अस्पतालको तर्फबाट आभार समेत व्यक्त गर्नुभएको छ ।

    मानवीय क्षेत्रमा अत्यन्तै महत्वपूर्ण अर्थ राख्ने एउटा पाटो आँखा हो । आँखा बिनाको जीवन अन्धकारमय हुन्छ । यो शाश्वत सत्य पनि हो । शरीरका अरु पाटाहरु गुमाउँदा पिडा र आँखा गुमाउँदाका पिडामा निकै ठूलो अन्तर रहन्छ । त्यसैले जुन सेवा दिन गइरहेका छौं, हामी भन्दैनौं अरुको भन्दा उत्कृष्ट र नमूनायोग्य दिन्छौं भनेर । भन्छौं त केवल गुणस्तरीय सेवामा हाम्रो अडिग रहन्छ । जसबाट अँध्यारोमा जिउन बाध्य भएकाहरुलाई उज्यालो दिनेछौं । यो नै मानवीय सेवाको महत्वपूर्ण कडीका रुपमा रहनेछ भन्ने विश्वास अस्पताल प्रशासनले लिएको छ ।

    जुन कार्यका लागि डा. रोजी मानन्धर लगायतको टिमले दिनरात नभनी समाजमा आफूलाई उभ्याउने कोसिस गरेको छ । जसका लागि अस्पताल परिवार उहाँहरुप्रति आभारी छ । जुन सेवा देख्दा सामान्य लाग्ला तर यो विधामा शीर मेमोरियलले दिन खोजिरहेको सेवा अनुकरणीय सावित हुनेछ भन्ने विश्वास रहेको डा. हेक्टरले कार्यक्रममा बताउनुभएको छ ।

    कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत सुन्दर थापा मगरको कथन थियो– अस्पतालमा प्रवाह हुन लागेका दुई वटा सेवाहरुले त्यो विधामा सम्बोधन गर्नेछन् । जुन किसिमको विधा सञ्चालन गर्न गइरहेका छौं, त्यसले काभ्रेली जनतालाई मात्र नभई समग्र यस क्षेत्रका सेवाग्राहीहरुमा सकारात्मक प्रभाव पर्नेछ । महँगो उपचार प्रवृत्तिका कारण कयौं नागरिकहरुले अँधेरो जीवन जिउन विवश भएका छन् । त्यो कारुणिक अवस्थालाई शीर मेमोरियल अस्पतालले प्रवाह गर्ने सेवाबाट मलमपट्टि लाग्नेछ भन्ने विश्वास अस्पतालले लिएको वरिष्ठ प्रशासकीय अधिकृत थापाले बताउनुभएको छ । जहाँ कर्मचारी स्वस्थ र खुशी हुन्छन् त्यहाँ सेवाग्राहीले गुणस्तरी सेवा पाउँछन् । त्यसैले पनि अस्पताल प्रशासन गम्भीर रुपमा यस क्षेत्रमा चनाखो हुन आवश्यक छ । आज जति पनि आर्थिक पारदर्शीताका कुराहरु उठेका छन्, तिनीहरुलाई पब्लिक अडिटको माध्यमबाट सम्बोधन गर्ने थालनी गरेका छौं । जसको शुभारम्भ आजैबाट गर्दैछौं भन्न पछि पर्नु भएन वरिष्ठ प्रशासकीय अधिकृत थापा ।

    कार्यक्रममा सामाजिक अभियान्ता एवं सहयोगी दाता उत्तम मानन्धरले आफ्नो जीवनको सातौं बसन्तबाट अस्पतालको सेवाप्रति प्रत्यक्ष सहभागिता रहेको स्मरण गर्नुहुँदै मानवीय जीवनमा केही गर्नुपर्छ भन्ने भावनाको विकास यही अस्पतालले जागृत गराइदिएकै कारण आजसम्म निरन्तर समर्पित हुँदै आएको छु । आज जुन सेवा शुभारम्भ हुँदैछ, त्यसमा आफ्नो ठूलो भूमिका त छैन तर पनि अन्यत्र सेवा लिन जाँदा पाएको असुविधाले गहिरो जरो गाडेकै कारण आँखाको सेवा सुचारु गर्नका लागि घच्घच्याउने एउटा पात्रको रुपमा आफुलाई लिएको अभियान्ता मानन्धरले कार्यक्रममा खुलासा गर्नुभएको छ ।

    उक्त कार्यक्रममा वडा अध्यक्ष बलराम अधिकारी, डा. एन्जिला बस्नेत, डा. रोजी मानन्धर, अप्थोमेट्रिसियनहरु रमेश श्रेष्ठ, रचना ताचाङ, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले अस्तालले प्रदान गर्न लागेको नयाँ सेवा र गुणस्तरीयताको बारेमा चर्चा गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन जनसम्पर्क अधिकृत पुकार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता एल्डर ग्रेटले गर्नुभएको थियो ।कार्यक्रममा सामाजिक अभियान्ता एवं सहयोगी दाता उत्तम मानन्धरले आफ्नो जीवनको सातौं बसन्तबाट अस्पतालको सेवाप्रति प्रत्यक्ष सहभागिता रहेको स्मरण गर्नुहुँदै मानवीय जीवनमा केही गर्नुपर्छ भन्ने भावनाको विकास यही अस्पतालले जागृत गराइदिएको साथै अन्यत्र सेवा लिन जाँदा पाएको असुबिधाको बारेमा बताउनु भयो । डा. हेक्टर गायरस सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा CT-scan machine Rotary Grant अन्तर्गत अमेरिकाको Rotary Club of Bonita Beach, RC Kavre-Banepa, RC Kupandol, RC Narayangadh र अन्य सँघ सँस्था, बनेपा नगरपालिका वडा नँ ५ र नगरपालिका समेतको सहभागिता रहने भएको जानकारी गराईएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार