२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नगरसभा होस त पनौतीको जस्तो‚ नगरको हितको खातिर नगर सभासद्हरूको चासो

नगर सभामा प्रस्ताव भएका प्रतिवेदनहरू पारित गर्न तालीको लागि मात्रै नगर सभा भन्ने शंदेस लाई पनौतीले राम्रोसँग पन्छाएको छ । हुन त धेरै स्थानीय तहमा

४९८२ पाठक संख्या
  • २०७९ फागुन २७, शनिबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली 
    काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको पूरातात्विक एवं ऐतिहासिक धरोहरको रुपमा परिचित पनौती नगरपालिकाको बाह्रौं नगरसभा सम्पन्न भएको छ । सो नगर सभाले नगरको हितको लागि नगर सभा सदस्यहरू सक्षम रहेको प्रस्टिन्थ्यो ।

    नगर सभामा प्रस्ताव भएका प्रतिवेदनहरू पारित गर्न तालीको लागि मात्रै नगर सभा भन्ने शंदेस लाई पनौतीले राम्रोसँग पन्छाएको छ । हुन त धेरै स्थानीय तहमा सभासद्हरूले खासै आफ्नो अडान कायम गरेको पाइन्न । तर पनौती नगरमा भने नगर सभामा निकै बहसका साथ व्यापक छलफल पछि सभा सम्पन्न हुने विगत देखीकै परिपाटी रहँदै छ जसको कारण अनावश्यक सीर्षकका बजेट विनियोजन हुँदैन ।

    धेरै स्थानीय तहमा सभा हुँदै गर्दा प्रमुखले निर्दिष्ट गरेको व्यक्ति भन्दा अरुले खासै आफ्नो धारणा राखेको पाइन्न पाइन्छ त केवल ताली बजाएर प्रस्तुत प्रतिवेदनहरू पास गर्ने मात्रै । आखिर सभामा उपस्थित सदस्यहरू पनि निर्वाचित जनप्रतिनिध नै हुन तर उनीहरूको मौनता र खुम्चाइ प्रति जनताको चासो निकै रहँदै आएको छ ।

    धेरै स्थानीय तहको सभालाई नियाल्दै आधिकांश जनताहरूको भन्ने गरेका छन् —हामिले दिएको भोट खेर गयो‚ कस्तालाई दिइएछ । तर पनौती नगरवासीको भनाई फरक छ ‚ हामीले सक्षम व्यक्तिलाई मत दिएका छौं‚ जसले नगरको हितको खातिर कार्य गर्छन‚ कुनै दलगत स्वार्थमा लाग्दैनन् । चुनावको समयमा कुनै दलको ट्यागमा निर्वाचित भएपनि अव भनेको सिंगो नगरवासीको प्रतिनिधि हो ।  नगरमा सभा हुँदै गर्दा नगरवासीले सामाजिक सञ्जाल माफर्त समेत धेरै दवाव दिएको पाईन्थ्यो‚ जसमा भनाईहरु थिए—नगर सभा बिथोल्न पाइन्न‚ नगरको हितको लागि बहस गर जस्ता ।

    झट्ट हेर्दा नगर सभामा विवाद हो कि भन्ने देखिएपनि पनौती नगरले सम्पन्न गरेको बाह्रौं नगर सभा नीति र विधिमा अडिग‚ अन्य स्थानीय तहलाई समेत मार्ग निर्देशकको रुपमा रहेको थियो । दलगत स्वार्थ भन्दा माथि उठेर सभामा बहस चल्यो‚ प्रतिवेदनहरूको बारेमा मेयर आवद्ध दलको तफर्बाट निर्वाचित जनप्रतिनिधिहरू पनि खरै ढंगबाट उत्रिए । उनीहरूको तर्क थियो “कार्यपालिकाले निर्णय गरेको विषयहरू सबै अक्षरशः लागू हुनुपर्छ भन्ने हैन‚ नग सभा सदस्यहरूको भनाई पनि समेटिनु पर्छ” । त्यसैगरी उपमेयर आवद्ध दलको तफर्बाट निर्वाचित जनप्रतिनिधिहरू पनि रामैसँग कस्सिए । जुन दृश्यले नगरको हितको लागि अग्रसर देखिन्थे सदस्यहरू ।

    नगर सभामा सदस्यहरूलाई आ—आफ्नो धारणा राख्ने समयको निर्धारण कार्य सूचीमै उल्लेख हुनुले निर्वाचित जनप्रतिनिधि समान हुन भन्ने सन्देश दिएको छ । सभामा बिभिन्न ११ प्रतिवेदनहरू वडा अध्यक्षहरूको तफर्बाट पेस भएको छ । जस मध्य पूर्व जानकारी विना शिक्षा ऐन संसोधन सम्बन्धी प्रस्ताव आएको भन्दै हलमा आपत्ति जनाईएको थियो । कार्यपालिकाको निर्णय प्रतिलिपिहरू वडा वडामा पठाउने परिपाटीले थप व्यवस्थित पारेको छ नगरलाई ।

    सभामा उठेका विषयहरू माथि घनिभूत ढंगबाट सौहाद्र तरिकाले व्यापक छलफल गर्दै नगरको हितको लागि निर्णय भएको सन्देश नगर प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले आफ्नो मन्तव्यको क्रममा बताउनु भयो । नगरको सम्पन्न सभाले नगरवासीलाई मात्रै नभएर जिल्लावासीलाई नै पाठ सिकाउन सफल भएको छ । निर्णय गर्दा विचारलाई अँगाल्नु हुँदैन सभामा उपस्थित सदस्यहरू लाई उचित स्थान साथै आफ्नो धारणा राख्ने मौका प्रदान‚ कार्यपालिका मात्रै नभई सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूको सुझावको आधारमा अगाडि बढ्नुपर्ने सन्देश दिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार