२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पाँचखालमा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न‚ सही सूचनाको आधारमा नगरवासीलाई सुविधा दिन्छौ—खरेल (भिडियो सहित) 


१३३३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २४, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • आइ.आर.के मैनाली

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आ.व २०७९/०८० को दोस्रो चौमासिक प्रगति प्रतिवेदन तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।

    सो कार्यक्रममा सभाध्यक्ष एवं पाँचखाल नगरका प्रमुख महेश खरेलले कुनै पनि काम नगरी खोपाको देउता जसरी बस्नेको कुनै कमीकमजोरी नहुने तर काम गर्दै जाँदा केही कमजोरी भएको भए सुधार्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा प्रमुख खरेलले थप्नुभयो कमजोरीलाई दोहोरिएमा नियत नराम्रो हुन सक्छ तर कहिले कँही नचाहँदा नचाहंदैमा पनि कमजोरी हुन सक्छ । नगरमा समस्याहरू आउन सक्छ तर हल गर्दै अगाडि बढ्नुपर्छ । नगरको आन्तरिक आम्दानीको स्रोत मध्यको सवारी करमा केही समस्या आउन खोजेको थियो तर सहमतिको आधारमा हल भएको छ । जुन सामान्य समस्याले आगामी वर्षहरूका लागि पाठ हुने बताउनु भयो । नगरवासीको आम्दानीको स्रोतमा अदृश्य आम्दानीको स्रोत र देखिने ढङ्गको स्रोतहरू हुन सक्छ पहिचान गर्न जरुरी छ । नगरवासीलाई करको दायरामा ल्याउने वातावरण निर्माण गर्दै छौं ।

    नगरवासीको स्वास्थ्यलाई मध्यनजर राख्दै हेल्दी पाँचखाल अभियान चलाउँदै छौं । साथै सम्भवत बैशाख बाट घरघरमा पुगेर स्वास्थ्यको अवस्था र कसले कस्तो प्रकारको नियमित औषधी सेवन गरेको पहिचान गर्ने प्रमुख खरेलले बताउनु भयो । घरपरिवारको आम्दानीको स्रोत पहिचान गरी नगरबाट खटिएका कर्मचारीले ल्याएको सही सूचनाको आधारमा गनरले नागरिकलाई सुविधा उपलब्ध गराउने तयारी गरेको प्रमुख खरेलले बताउनु भयो । पाँचखालको माटो सुधार भएको छ साथै जैविक विधिबाट खेती गर्ने वातावरण तयार गर्दा पाँचखालमा उत्पादन भएको तरकारी खानको लागि अत्यन्त उपयुक्त भएको प्रमाणित भएको छ । यो नगरको उपलब्धि हो ।

    सुविता ढुङ्गानाबाट सञ्चालित तथा शिक्षा शाखा प्रमुख उदय प्रसाद कोईराला द्वारा स्वागत मन्तव्य व्यक्त गरी सुरु भएको उक्त कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले प्रस्तुति करण गर्नुभएको थियो । आ.व को ८ महिनामा भएको प्रगतिहरू प्रस्तुत गर्दै गर्दा आन्तरिक आम्दानीको लक्ष प्राप्ति हुन नसक्दा सो स्रोतबाट गर्नुपर्ने कार्यहरू कटौती गर्नुपर्ने अवस्था आएको बताउनु भयो । आर्थिक मन्दी साथै जग्गा खण्डिकरणको समस्याले गर्दा किनबेचमा कमी हुँदा पनि आन्तरिक स्रोतमा कमी आएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार