२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भताभुङ्ग अरनिको राजमार्ग, निर्माण व्यवसायीलाई कारवाहीको तयारी—भिडियो सहित


१०८४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २९, बुधबार मा प्रकाशित १ साल अघि
  • सम्झौता कार्यान्वयन नभएकोले ठेक्का रद्द गर्नुको विकल्प छैन—गौतम‚
    धुलिखेल खावा सडक खण्डको अवस्थालाई टुलुटुलु हेरेर बस्न सकिन्न—प्र.जि.अ‚
    निर्माण व्यवसायीले काम बिगारे कै हो‚ त्यसैले सिडियो
    गुहारेउ —डिभिजन प्रमुख

    आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक / अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्ड लथालिङ्ग भएको छ ‚ सो सडकको समस्या समाधान नभए विभाग सम्म पनि प्रकृया चाल्न तयार छौं । यात्रुहरूले भोगेको सास्ती टुलुटुलु हेरेर बस्न सक्दैनौ ।

    उक्त भनाई काभ्रे प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले मंगलबार धुलिखेल खावा सडक खण्डको समस्याको विषयमा भएको छलफल कार्यक्रममा बताउनु भइको हो ।

    धुलिखेल खावा सडक (४ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्ने कार्यको लागि टेन्डर भएको थियो । सो क्रममा भ्याट र पि एस सहित २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९।२।२० गते ठेक्का सकारेको थियो । ०८०।१२।१९ सम्ममा कार्य सम्पन्न गर्ने शर्तमा भएको उक्त सम्झौताको समय ५० प्रतिशत सकिँदा १० प्रतिशत मात्रै कार्य सकिएको साथै सडकको अवस्था तहस नहस भएकोले समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालयले छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

    निर्माण व्यवसायीले विश्वासको वातावरण तयार नगरेकोले ठेक्का रद्ध गर्नुको विकल्प नभएको प्र.जि.अ पौडेलले बताउनु भयो । ७ दिन भित्रमा कामलाई रफ्तारमा लान नसके ठेक्का रद्द गरेर अन्य बाटो अवलम्बन गर्दै यातायात सञ्चालनमा सहज वातावरण निर्माण गर्नुपर्ने बताउँदै तत्कालै सडकको खाल्डा खाल्डी पुरेर सहज ढंगबाट यातायात सञ्चालन हुने वातावरणको लागि पहल गर्ने सो कार्यमा सडक डिभिजन कार्यालय भक्तपुरले साथ दिनुपर्ने बताउनु भयो । विगतमा जे जति बिग्रियो अबको दिनमा बिग्रन दिन नहुने बताउँदै खन्न नपर्ने ठाउँमा खनेर बिगारेको छ भने सो को क्षतिपुर्ती निर्माण व्यवसायीबाट भराउने बताउनु भयो ।

    छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले सडक निर्माणको विषयमा अघिल्लो बैठकमा निर्माण व्यवसायीसँग भएको छलफलको विषय कार्यान्वयन नभएकोले ठेक्का रद्द गर्नुको विकल्प नभएको बताउनु भयो । भोलिबाट सहज ढंगबाट सवारी साधनहरू सहज ढंगबाट आवागमन हुनुपर्छ‚ यदि नभएमा हामीले नागरिकसंग सहकार्य गरेर बाटो बनाउँछौं । राजमार्गमा यात्रा गर्ने नागरिकले दुःख पाउनु हुँदैन हामी नागरिकको हितको पक्षमा कार्य गर्न तयार छौं ।

    पछिल्लो समयमा यातायात व्यवसायीहरूले विद्यार्थीलाई दिनुपर्ने सहुलियत भाडा नदिएको गुनासो आएकोले ४५ प्रतिशत छुट दिने विषयमा कन्जुसी नगर्न यातायात व्यवसायीलाई अनुरोध गर्नुभयो । रातिको समयमा बजार खुल्ने विषयमा पर्यटन व्यवसायको लागि तोकिएको स्थानमा २४ घण्टा बजार खुल्न पाउनु पर्ने गौतमले बताउनु भयो ।

    छलफल कार्यक्रममा सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघनाथ मरासिनीले सडक निर्माणको जिम्मेवारी पाएका निर्माण व्यवसायीले एक हप्ता भित्र तोकिए अनुसारको कार्य गर्न नसकेमा टेन्डर रद्द गर्नुको विकल्प नभएको बताउनु भयो । आगामी असार महिना सम्म उक्त सडक खण्डको चार किलोमिटरको दुरिमा टेवा पर्खाल‚ नाला निर्माण‚ ग्राभेल गर्ने कार्य समेत ३० प्रतिशत कार्य सम्पन्न गर्न नसक्ने हो भने ठेक्का रद्ध हुनुको विकल्प छैन । ढिला सुस्ती भएको विषयमा निर्माण व्यवसायीसँग पटक पटक छलफल गर्दा चित्त बुझ्दो ढङ्गको जवाफ नआएको बताउनु भयो । ठेक्का रद्द सहित कारवाही गर्नु पर्दा तीन वर्ष कालो सुचीमा राखिने साथै बन्न बाँकी कामको लागि क्षतिपुर्ती तिराउने साथै जमानत जफत गर्ने बताउनु भयो । निर्माण व्यवसायीले सय प्रतिशत काम बिगारेकै हो जसले गर्दा सडकको अवस्था दयनीय भयो त्यसैले गर्दा सडियो गुहारेको हो ।

    छलफल कार्यक्रममा निर्माण व्यवसायीका तफर्का इन्जिनियर महेश्वर प्रसाद शाहले भन्नुभयो निर्माण व्यवसायी रामकुमार थापालाई जानकारी नदिई सो स्थानको माटो र ढुंगा पेटी ठेकदारले चोरेर बेचेकै हो । निर्माण व्यवसायी थापाले पेटी ठेकेदारलाई काम जिम्मा दिइयो तर उनीहरूबाट काम भनेजस्तो नहुँदा समस्या भएको हो । निर्माण सम्पन्न गर्नुपर्ने समय १२ महिना बाँकी छ अव लगातार कार्य गरेर निर्धारित समयमा काम सम्पन्न गर्न सकिने बताउनु भयो ।छलफल कार्यक्रममा उपस्थित सरोकारवालाहरू नेपाली कांग्रेस काभ्रेका उपसभापति रमेश हुमागाईँ‚ माओवादी केन्द्रका तफर्बाट रामगोपाल भुजेल‚ रास्वपार्टीका तफर्बाट जि एन सापकोटा‚ राप्रपाका काभ्रे जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठ लगायतले दयनीय सडकको अवस्था तत्काल समाधान हुनुपर्ने सुझाव दिएका थिए ।

    छलफल कार्यक्रमबाट भएको चार बुन्दे निर्णय यस्ता छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार