२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

पाँचखालमा सुख्खा पहिरोमा परि १ मृत्यु २ घाईते 


११३६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र ३०, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं. ८ चिसापानी स्थित सडकमा जाली लगाउने कामदारहरू जाली लगाउदै गर्ने क्रममा माथिबाट सुख्खा पहिरो खस्दा एकको मृत्यु दुई घाईते भएका छन् ।

    मजदुरको सडकमा काम गरी रहँदा मालिबाट आएको पहिरोले तीन जनालाई पुरेको थियो । घटना घटे लगतै  ई.प्र.का. भगवतीस्थान खटिएको प्रहरी टोली र स्थानीय पहलमा घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको थियो ।

    उपचारको क्रममा जिल्ला सोलुखुम्बु नेचा सल्यान गा.पा. वडा नं. २ घर भई हाल काभ्रेपलाञ्चोक पाचँखाल न.पा. ८ चिसापानी बस्ने  बर्स  .२३ को कुशल नेपाली (सुन्दाश) मृत्यु भएको थियो  ।

    त्यसैगरी जिल्ला ओखलढुङ्गा  मानेभञ्याङमा गा.पा ३ घर भई हाल पाचँखाल न.पा ८ चिसापानी बस्ने भरत राईको श्रीमती वर्ष २३ की सन्जिता राई र उनको छोरा वर्ष ४ को सविक राई घाईते रहेकोले उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ । घाइतेहरू चिन्ता जनक अवस्थामा नरहेको जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार