२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

रातभरि राजमार्गमा वसेर भएपनि बनाएरै छाड्छौं‚ जनताको सास्ती हेरेर एसी जडित घरमा बस्न सकिन्न —गौतम (भिडियो सहित) 


६२४०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख ३, आईतबार मा प्रकाशित १ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक / अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्ड निर्माण व्यवसायीको लापरबाहीले गर्दा भताभुङ्ग भएको छ । जसको कारण राजमार्गमा यात्रागर्दा यात्रीहरूले सास्ती खेप्न विवश भएका छन् ।

    राजमार्गमा यात्रा गर्ने यात्रुहरू साथै सडकका आसपासका बासिन्दाहरूको समस्यालाई मध्यनजर राख्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले जनताले सास्ती भोगे गरेको अवस्थालाई टुलुटुलु हेरेर बस्न नसक्ने बताउनु भएको छ ।

    आज ( आईतबार ) समन्वय प्रमुख गौतमको साथमा जिल्ला प्रहरी कार्यालय काभ्रे प्रमुख सहितको सुरक्षा निकायहरूको उपस्थितिमा सडकको खाल्डा पुर्ने कार्य साँझ पख बाट थालिएको छ । सोही क्रममा गौतमले भन्नुभयो “हामी जनताको समस्या समाधान गर्ने कार्यमा जुटेका जनप्रतिनिधि हौं‚ निर्माण व्यवसायीको लापरबाहीले गर्दा जनताले दुख पाए ‚ धेरै सानातिना दुर्घटनाहरू भएका छन् ठुलो दुर्घटना हुने सम्भावना रहेको छ । त्यसैले आज रातभरि सडकमा बसेर भएपनि सडकको खाल्डा खुल्डि पुर्ने अभियानमा जुटेका छांै ।”

    गौतमले थप्नुभयो भोलिदेखि राजमार्गमा यात्रा गर्ने यात्रुले सुरक्षित यात्राको महसुस गर्न पाउने छन् । राजमार्गको यस्तो हविगत अवस्था लाई हेर्दै म मेरो कार्यालयको ए.सि जडित क्वाटरमा सुत्न सक्दिनँ । जनताले भोगेको पीडा मेरो आफ्नै हो ‚ त्यसैले जव सम्म सडकमा सहजसँग गाडी गुड्ने वातावरण बन्दैन तबसम्म हामी लागि रहन्छौं ।
    भताभुङ्ग सडकको विषयमा प्रमुख जिल्ला अधिकारीको पुण्य बिक्रम पौडेलको निर्देशनमा गत मङ्गलबार छलफल भएको थियो । छलफलबाट ७ दिने अल्टिमेटम दिदै सडकको अवस्था तत्काल सुधार्न नसके निर्माण व्यवसायीको ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।

    चार किलोमिटर सडक स्तर उन्नतीको लागि भ्याट र पि एस सहित २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९।२।२० गते ठेक्का सकारेको थियो । ०८०।१२।१९ सम्ममा कार्य सम्पन्न गर्ने शर्तमा भएको उक्त सम्झौताको समय ५० प्रतिशत सकिँदा १० प्रतिशत मात्रै कार्य सकिएको साथै सडकको अवस्था तहस नहस भएकोले समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालयले छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

    छलफल कार्यक्रममा सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघनाथ मरासिनीले सडक निर्माणको जिम्मेवारी पाएका निर्माण व्यवसायीले एक हप्ता भित्र तोकिए अनुसारको कार्य गर्न नसकेमा टेन्डर रद्द गर्नुको विकल्प नभएको बताउनु भयो । आगामी असार महिना सम्म उक्त सडक खण्डको चार किलोमिटरको दुरिमा टेवा पर्खाल‚ नाला निर्माण‚ ग्राभेल गर्ने कार्य समेत ३० प्रतिशत कार्य सम्पन्न गर्न नसक्ने हो भने ठेक्का रद्ध हुनुको विकल्प छैन । ढिला सुस्ती भएको विषयमा निर्माण व्यवसायीसँग पटक पटक छलफल गर्दा चित्त बुझ्दो ढङ्गको जवाफ नआएको बताउनु भयो । ठेक्का रद्द सहित कारवाही गर्नु पर्दा तीन वर्ष कालो सुचीमा राखिने साथै बन्न बाँकी कामको लागि क्षतिपुर्ती तिराउने साथै जमानत जफत गर्ने बताउनु भयो । निर्माण व्यवसायीले सय प्रतिशत काम बिगारेकै हो जसले गर्दा सडकको अवस्था दयनीय भयो त्यसैले गर्दा सडियो गुहारेको हो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २०%४%१%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार