२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

राजमार्गमा धुलो मुक्तको लागि पाँचखालको अग्रसरता ‚ निर्माण व्यवसायी विरुद्ध किटानी जाहेरी ( भिडियो सहित )


१७५२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख ८, शुक्रबार मा प्रकाशित १२ महिना अघि
  • आइ.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्ड समयमै निर्माण नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ । कुहिरो मण्डल धुलोको कारण यात्रु तथा स्थानियको स्वास्थ्यमा असर परेकोले यात्रु तथा स्थानियको सहजताको लागि पाँचखाल नगरपालिकाको तफर्बाट पानीको व्यवस्था गरी धुलो मुक्तको लागि अग्रसरता गर्ने भएको छ ।

    लथालिङ्गे सडकको बारेमा आज ( शुक्रबार ) जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको छलफल कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जनताको स्वास्थ्यमा सडकको धुलोको कारण प्रतिकुल असर पर्न नदिनको लागि सडक व्यवस्थित नभए सम्मका लागि पानीको व्यवस्था गर्ने बताउनु भयो । धुलोको कारण राजमार्गमा गुडिरहेको यातायातको साधनले बाटो नदेखेर दुर्घटना समेत हुने गरेको बताउँदै जनताको पीडामा साथ दिने कार्य जनप्रतिनिधिको भएको भन्दै पानीको व्यवस्था गर्न लागेको बताउनु भयो ।

    निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगरी सडकको अवस्था लथालिङ्गे पारेकोले दैनिक हुने दुर्घटना साथै जनताको स्वास्थ्यमा प्रतिकुल अवस्था निम्तिएको गौरी पार्वती निर्माण सेवा प्रा.लि का प्रोपराईटर राम कुमार थापाको विरुद्ध पाँचखाल नगरका प्रमुख ( मेयर ) महेश खरेलले जिल्ला प्रशासन कार्यालय काभ्रेमा किटानी जाहेरी दिनुभएको छ । उहाँले दिनुभएको जाहेरीमा निर्माण व्यवसायी थापालाई पक्राउ गरी आवश्यक कारवाहीको माग गर्नुभएको छ ।

    छलफल कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक दीपक गौतमले राजमार्गको दर्दनाक अवस्थालाई हेर्दा जनताले हामी जनप्रतिनिधिलाई जनताले रुखमा झुन्ड्याउँदा फरक नपर्ने अवस्था भएको बताउनु भयो । जनताको धेरैको बाँध टुटेको भए हामीलाई कालो मोसो लगाउँथे तर धेरैको बाँध भत्कनु भन्दा अगाडि नै हामीले आवश्यक प्रक्रिया थालेकोले जनताले पर्ख र हेर को नीति अपनाएको बताउनु भयो । हामीले भुइँमान्छेको भावनालाई बुझेर कार्य गर्नु पर्छ सोही ढंगबाट अगाडि बढेका छौं । गौतमले भन्नुभयो ।

    सोही अवसरमा प्रमुख जिल्ला अधिकारीको पुण्य बिक्रम पौडेलले विकास निर्माण कार्यको लागि पहिलो पूर्वाधार भनेको शान्ति सुरक्षा कायम गर्नु हो । तर हामी वाध्य भएर फिल्डमै खटेर काम गर्नु परेको बताउनु भयो । दयनीय सडकको अवस्थालाई नियाल्दै जनताको समस्या समाधानको लागि म र जिल्ला समन्वय समितिका संयोजक डोजरमा चडेर सडक सुधारको लागि काम गरेको बताउनु भयो । ठेक्का रद्द गर्दा र नयाँ ठेक्का अनुसार कार्य गर्दा समय लाग्छ सो समयमा सडकमा धुलो नउड्ने वातावरण निर्माण गर्ने बताउनु भयो ।

    छलफल मा जिल्ला समन्वय समितिका उपप्रमुख रिम बहादुर तामाङले समस्या सडकको समस्या जटिल भएको बताउँदै समस्या दीर्घकालिक ढंगबाट समाधानको लागि आवेगले नभई विवेक पुर्याउनु पर्ने बताउनु भयो ।

    कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख निराजन जंगम ले धुलिखेल बासिको स्वास्थ्यमा परेको असरको बारेमा जाहेरी दिन तयार रहेको बताउनु भयो । उहाँले थप्नुभयो समस्या ठेकेदारको भन्दा पनि सार्वजनिक खरिद ऐन भएको बताउँदै सो ऐनलाई सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

    छलफल कार्यक्रममा सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख मेघनाथ मरासिनीले हालको निर्माण व्यवसायीलाई हटाएर ( ठेक्का रद्द गरेर ) नयाँ तरिकाले काम गर्ने वातावरणको लागि आफ्नो तालुक निकायमा समन्वय गर्ने बताउनु भयो । स्थाई ढंगबाट समस्या समाधानको लागि हलले दिएको अधिकार प्रयोग गर्न तत्पर रहेको बताउनु भयो ।

    सो छलफल कार्यक्रममा दलीय प्रतिनिधिहरू सञ्चारकर्मीहरू‚ उपभोक्ताहरू जनप्रतिनिधिहरू लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
    चार किलोमिटर सडक स्तर उन्नतीको लागि भ्याट र पि एस सहित २० करोड १९ लाख ४६ हजार ५ सय १ रुपैयाँमा गौरी पार्वती निर्माण सेवा प्रा.लिले २०७९।२।२० गते ठेक्का सकारेको थियो । ०८०।१२।१९ सम्ममा कार्य सम्पन्न गर्ने शर्तमा भएको उक्त सम्झौताको समय ५० प्रतिशत सकिँदा १० प्रतिशत मात्रै कार्य सकिएको साथै सडकको अवस्था तहस नहस भएकोले समस्या समाधानको लागि जिल्ला प्रशासन कार्यालयले छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार