२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

भोकै बस्नुपरे पनि नागरिकको पक्षमा काम गर्छु—गौतम


९४१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १५, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेका संयोजक दीपक कुमार गौतमले आफू पाँच बर्ष भोकै बस्नुपरे पनि नागरिकको पक्षमा काम गरिरहने बताउनु भयो ।

    पत्रकारितामा महिलाहरूको समान सहभागिता आजको आवश्यकता भन्ने मूल नाराका साथमा काभ्रेमा तीन दिन सम्म सञ्चालन हुने महिला पत्रकारहरूको क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै समन्वय संयोजक गौतमले उक्त धारणा राख्नुभएको हो ।

    तालिमको उद्घाटन गर्दै गौतमले भन्नुभयो —मुलुकमा आमूल परिवर्तनको लागि पत्रकारहरूको ठुलो भूमिका रहेको थियो । महिलाहरूले प्राविधिक क्षेत्रका साथै कालो कोट‚ सेतो कोट‚ पत्रकारिताको पहेले ज्याकेट लगाएर फिल्डमा रहनु धेरै सुहाउँछ साथै आवश्यक रहेको छ । विभिन्न क्षेत्रमा सेवाग्राहीले सेवा लिने क्रममा महिलाहरूसँग सहज ढंगबाट सेवा लिन पाउने तर्क रहेको छ त्यसैले महिलाहरूको सहभागिता धेरै हुनुपर्दछ ।

    मिडियाका साथिहरुले समाचार बनाउँदै गर्दा विभाजन हुनु हुन्न‚ वास्तविक तफर् अग्रसरता हुनुपर्छ । स्थानीय तहहरूले बनाउने नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रहरूलाई समेत समेट्नु पर्ने संयोजक गौतमको तर्क रहेको थियो ।

    कार्यक्रममा काभ्रे जिल्ला प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले समाज पूर्ण रहनको लागि महिला र पुरुष दुवै पक्ष चाहिन्छ । काभ्रेमा पत्रकारिता क्षेत्रमा महिलाहरूको कमी भएको महसुसले गर्दा तालिमको आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालमा रहेको ७७ जिल्ला मध्य काभ्रे जिल्ला अव्बल बनाउने कार्यमा पत्रकारहरूको समेत ठुलो भूमिका रहेकोले अव्बल जिल्लाको लागि अगाडि बढ्न अनुरोध गर्नुभयो ।

    त्यसैगरी कार्यक्रममा पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिनाले तालिमको आवश्यकता र उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले थप्नुभयो पत्रकार महासङ्घ काभ्रे शाखाको प्रमुख उद्देश्य नै महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नु हो । सोही कारण शाखाले तालिमको आयोजना गरेको तताउँदै तालिमको लागि आर्थिक सहयोग गर्ने जिल्ला समन्वय समितिलाई धन्यवाद व्यक्त गर्नुभयो । तीन दिन स्वसञ्चालन हुने उक्त तालिममा २५ जना सहभागि गराइने उद्देश्य रहेको पत्रकार महासंघ काभ्रे शाखा उपाध्यक्ष एवं तालिमको संयोजक सुनिता सापकोटाले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार