२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

नागरिकको समस्यामा टुलुटुलु हेरेर बस्दैनौ — गौतम ( भिडियो सहित ) 


९४६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २४, आईतबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । जिल्ला समन्वय समिति काभ्रेका संयोजक दीपक कुमार गौतमले जिल्लामा विगत वर्षमा जस्तो विपदको अवस्था भोग्नु नपरोस् भन्नुभयो ।

    उहाँले थप्नुभयो — यस वर्षको मनसुन सुरु हुन लागेको छ ‚ गत वर्षमा विपद वाट काभ्रेले ठुलो क्षति ब्यहोर्नु परेको थियो । अव विपत्ति आउँदा केहीपनि नागरिक घाईते हुनु  नपरोस्‚ विपत्ति बाट जीवन गुमाउनु नपरोस् त्यसका निमित्त पूर्व तयारी के गर्न सक्छौ भन्ने हिसाबले डेमो प्रस्तुत गरिएको बताउनु भयो ।

    जिल्ला व्यवस्थापन समिति‚ कालीजंग गण धुलिखेलका गणपति प्रकाश बहादुर सिंह सहित जिल्लाका सम्पूर्ण सुरक्षा निकायप्रति आभार व्यक्त गर्दछु । हामिले डेमो प्रस्तुत मात्रै गर्न खोजेको हैन जतिखेर विपत्ति आइपर्छ त्यति खेर तुरुन्तै नजिकमा सुरक्षा कर्मी नहुन पनि सक्दाको अवस्थामा स्थानीय सरकार भएकोले सुरक्षा निकायले गरेको डेमो जस्तै प्रत्तेक वडाबाट जत्था तयार पार्न आवश्यक भएको गौतमले बताउनु भयो ।

    विपत्तिसँग सामना गर्नको लागि स्थानीय तहबाट कम्तिमा दुई‚ दुई जना सहभागि गराउन नसक्नु हाम्रो तफर्बाट कमजोरी भएको बताउनु भयो । विपत्‌मा नागरिकहरूले ज्यान गुमाउन नपर्ने अवस्थाको लागि प्रत्तेक पालिकामा तालिमको व्यवस्था गर्नु पर्ने आभास भएको बताउनु भयो ।

    समन्वय संयोजकले भन्नुभयो “ कसले भन्छ यो देश बनाउन सकिँदैन‚ कसले भन्छ नेपालीहरू कमजोर छन् भनेर । ” सुरक्षा कर्मीहरूको आँट‚ साहस लाई मनन गर्दा मुलुक सङ्कटमा छ भनेर भन्नु पर्छ भन्ने लागेन । हामीसँग इच्छा शक्ति र इमान्दारिता हुने हो र सोही तरिकाले काम गर्ने हो भने यो देशलाई कायापलट गर्न सकिने बताउनु भयो । काभ्रेली नागरिकहरू समस्यामा पर्दा हामी जनप्रतिनिधिहरू टुलु टुलु हेरेर बस्दैनौ‚ नागरिकहरूको उद्धारको निमित्त राहतको निमित्त उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    उक्त विपदमा सुरक्षा अपनाउने सम्बन्धी डेमोमा काभ्रे जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले भन्नुभयो — विपद व्यवस्थापनको भूमिका पहिलो स्थानीय तहको हुनुपर्ने छ । त्यस्तो अवस्थामा पद र मर्यादा खोज्नु हुँदैन जति सकिन्छ छिटो व्यवस्थापनमा जुट्नुपर्ने हुन्छ । विपद परिहालेमा पहिलो प्राथमिकता जिउ जोगाउने विषयमा र दोस्रो प्राथमिकता धनलाई दिनु पर्ने हुन्छ । यस्तो अवस्थामा जिल्लाका सुरक्षा निकायसँग हातेमालो गरेर कार्य गर्न तयार रहेको प्रजिअ पौडेलले बताउनु भयो ।

    उक्त कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष प्रेम बहादुर भुजेलले विपदको समयमा सुरक्षाकर्मीहरू विपदमा परेकाहरूको आँसु पुछ्न रुमालको रुपमा भूमिका निर्वाह गर्दै आएको बताउनु भयो । आफ्नो ज्यान जोखिममा राखेर नागरिकको रक्षा गर्ने सुरक्षा निकायलाई आफूले सक्दो सहयोग गर्ने बताउनु भयो । विपदमा सुरक्षा कसरी अपनाउने भन्ने सम्बन्धी डेमोको समापनको लागि सम्पूर्ण व्यवस्था भूम्लु गाउँपालिकाले गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार