२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

भ्रष्टाचार नियन्त्रणका लागि जनयुद्धमा जस्तै साथ चाहेको छ — प्रचण्ड


६७०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख २६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) ले जनयुद्धमा जसरी नेपाली जनताले साथ दिएको थियो त्यसैगरी भ्रष्टाचार नियन्त्रणको लागि साथ दिनुपर्ने बताउनु भयो ।
    आज ( मंगलबार ) काभ्रेको महाभारत गाउँपालिकामा सम्पन्न ग्रामीण विद्युती करण कार्यक्रमको उद्घाटन तथा पिंगथली रजवास‚ भुमिचुली बुढाखानी देवीटार ( १७ कि.मि ) सडक शिलान्यास गर्दै उक्त धारणा राख्नुभएको हो ।

    प्रधानमन्त्री प्रचण्डले विकास र वृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सूत्रपात गर्न नसकिने बताउनु भयो । ‘यसका लागि हिजोका दिनमा तपाईँहरूले दिएको साथ आज पनि चाहिएको छ । यसका लागि म तपाईंहरूसँग सहयोगको अपिल गर्न चाहन्छु‚’ उहाँले भन्नुभयो ।

    आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताउँदै उहाँले भन्नुभयो — ‘अन्यायमा परेकालाई न्याय‚ समानता र अधिकार चाहिन्छ । ‘देशमा विसङ्गति‚ विकृति र भ्रष्टाचारले विकराल रुप लिएको छ । जबसम्म भ्रष्टाचारको अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन् ।’

    जनता सबैको साथ र सहयोग सहितको प्रतिबद्धता भए अबका ५ वर्षमा नयाँ रेकर्ड कायम गर्न सकिने ठोकुवा गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयमा सम्झौता हुने बताउनु भयो ।

    विगतमा ‘जुन–जुन प्रदेशलाई पछाडि पारिएको थियो‚ म तिनै प्रदेशमा विकास निर्माण गति दिन लागिरहेको छु । आफू प्रधानमन्त्री भएपछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई हिजो सामन्ती राज्यले बढी विभेदमा पार्‍यो तिनै प्रदेशमा मैले बढी ध्यान दिएको छु‚’ काठमाडौं नजिकै भए पनि हिजोका दिनमा राज्यसत्ताले पछाडि पारेका क्षेत्रलाई विकासमा अगाडि ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तत्कालीन राज्यसत्ताले गरेको अपमानजनक व्यवहार‚ असुविधा र विभेद र अन्यायविरुद्ध काभ्रेका जनता क्रान्तिमा होमिएको उल्लेख गर्दे महाभारत र खानीखोला जस्ता विकट गाउँले गणतन्त्रको घोषणापछि सबैभन्दा छिटो विकास र सुविधा पाउने ठोकुवा गर्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार