२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

जो सुकै होस भ्रष्टलाई कारवाही गरेरै छाड्छौं —गृहमन्त्री ( भिडियो सहित 


१४७१७ पाठक संख्या
  • २०८० जेष्ठ ६, शनिबार मा प्रकाशित ११ महिना अघि
  • आई.आर.के मैनाली

    काभ्रेपलाञ्चोक । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी‚ कमिसन खोरी‚ ठगी‚ कालोबजारी जस्ता गतिविधिले देशलाई जर्जर बनाएको अवस्थामा आँखा चिम्लेर बस्न नसक्ने बताउनु भयो ।

    आज ( शनिबार ) काभ्रेको धुलिखेलमा प्रेस सेन्टर नेपाल बागमती प्रदेशको बाषिर्क साधारण सभाको उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री श्रेष्ठले भन्नुभयो— कुन पार्टीको को मान्छे ? कुन पार्टीको पर्छ भन्ने छैन‚ जो सुकै होस जसले राष्ट्र र जनताको बिचमा अपराध गर्यो त्यसलाई हामी कारवाहीको दायरामा ल्याउँछौं । यस्ता खाले भ्रष्टहरूलाई कारवाहीको लागि मुलुकको हित चाहने पक्षबाट समर्थन गरिरहनु भएको छ‚ देशलाई जर्जर अवस्थामा पुर्याउने लाई कारवाही गरी प्रभावकारी ढंगबाट नियन्त्रण गर्नुपर्छ मन्त्री श्रेष्ठले भन्नुभयो ।

    कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टलाई कारवाही गर्ने विषय सबल छैन‚ चुनौती पुर्ण छ तर जति सुकै चुनौतीपूर्ण रहेपनि हामी यो कार्यलाई सम्पन्न गरिछाड्ने ठोकुवा गर्नुभयो । यदि मुलुकका भ्रष्टलाई निर्मूल पार्न नसके सहिदहरू प्रति श्रद्धाञ्जली को कुनै अर्थ रहन्न । वास्तवमा सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्नको लागि यो देश फेर्नै पर्छ । पत्रकारिता क्षेत्रमा पनि रूपान्तरण गर्न जरुरी छ ‚ एकातिर प्रविधिलाई आत्मासाथ गर्नेगरी अर्कोतिर आफ्नो कमी कमजोरी भए सच्याउने गरी रूपान्तरण गर्नै पर्छ ।

    प्रेस सेन्टर बागमती प्रदेशका अध्यक्ष यदुनाथ गौतमको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका आन्तरिक कानुन मन्त्री गंगानारायण श्रेष्ठ‚ बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा‚ प्रेस सेन्टर नेपालका केन्द्रिय इन्चार्ज महेश्वर दाहाल‚ नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारू मगर‚ प्रेस सेन्टर केन्द्रिय सचिव सुनिल खड्का लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राख्नुभएको थियो भने प्रेस सेन्टर नेपाल काभ्रे शाखाका अध्यक्ष रोजन तामाङले शब्द द्वारा स्वागत गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार