२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पाँचखाल बासिको भविष्य सुनौलो बन्दै ( भिडियो सहित )


१८२७९ पाठक संख्या
  • २०८० जेष्ठ १०, बुधबार मा प्रकाशित ११ महिना अघि
  • आइ.आर.के मैनाली

    काभ्रेपलाञ्चोक । उर्वरा भूमिको रुपमा परिचित पाँचखालमा पिउने पानीको अभावले गर्दा काकाकुलको अवस्था झेल्दै आएको पाँचखालका जनताले अव ढुक्कका साथमा स्वच्छ पानी पिउन पाउने भएका छन् जसको कारण पाँचखाल बासिको भविष्य सुनौलो हुने भएको छ ।

    पाँचखालमा पानीको समस्या समाधानको लागि वृहत सुनकोशी पाँचखाल खानेपानी आयोजना लागू भएको छ । जुन योजनाको काम अन्तिम चरणमा पुगेकोले पानीको परिक्षण गरिएको छ ।

    मुहानमा लगातार ४ वटा पम्प प्रयोग गरी ४ कलेक्टर बेल बाट संकलन भएर २ सम्म बेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सन्टी मात्रै घटेको छ ‚ जुन जमिनमुनि रहेको पानी संकलित केन्द्रमा १४ मिटर पानी थियो । योजना सुरुवातको लक्ष्य अनुसार प्रति सेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ । प्रति घण्टा ३ लाख २ हजार ४ सय पानी तान्न सहज ढंगबाट सकिने र आयोजनाको लक्ष्य अनुसार लगातार २० घण्टा सम्म पानी तान्न सकिने प्रमाणित भएको छ । लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको छ ।

    पाँचखाल नगरको १३ वडा मध्य १० वटा वडामा योजना लागू नहुनेभएको छ । योजना लागू हुने क्षेत्रमा ६ हजार ३७ धारा जडान हुने भएको छ । हालको अवस्थामा प्रति धारा दैनिक १००१ लिटर पानी आउने छ । योजना लागू भएको क्षेत्रको हालको जनसंख्या ३१४१५ लाई आधार मान्दा प्रति व्यक्ति १९२.५ लिटर पानी दैनिक उपभोग गर्न पाउने छ भने २० वर्ष पछिको अनुमानित जनसंख्या ४५७६८ हुँदा प्रति व्यक्ति १२६.५ लिटर पानी उपभोग गर्न पाउने भएका छन् ।

    पाँचखालको पिउने पानीको दीर्घकालिन ढंगबाट समस्या समाधानको लागि २०७७ असार १५ गते योजनाको सम्झौता भई निर्माण कार्य सुरुभएको थियो । हुवाइ कन्काई जेभिसँग १३४१०६५६३७ रुपैयाँका ठेक्का सम्झौता भई तीब्र गतिले निर्माण कार्य अगाडि बढेको छ । निर्माण व्यवसायीसँगको सम्झौता अनुसार २०७९ पौष १४ सम्ममा योजना सम्पन्न गर्नुपर्ने उल्लेख भएको थियो । सो अवधिमा कोभिडको महामारीले गर्दा निर्धारित समयमा काम सम्पन्न हुन सकेको थिएन ।

    मुलुकमा फैलिएको कोरोनाको कारण निर्धारित समयमा काम सम्पन्न हुन नसक्दा १ बर्षको लागि समय थप भएको छ । जस अन्तरगत आगामी ८० पुस महिना सम्ममा उपभोक्ताले पानी उपभोग गर्न पाउने छन् । सोही बिषयमा उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेसंग सम्पर्क राख्दा निर्धारित समयमा काम सम्पन्न गर्नको लागि दक्ष तथा अर्ददक्ष जनसक्ति थप्नुपर्ने तर्क दिदै आउनु भएको छ । उहाँले भन्नुभयो एक बर्ष थप भएको समयमा उपभोक्ताले पानी उपभोग गर्न पाउने आशा रहेको छ । पानी परिक्षण गर्दा लक्ष अनुसार पानी आउनुमा खुसि व्यक्त गर्दै यो पनि सोचे भन्दा राम्रो सफलता हो ।

    आयोजनाका सुपरभाइजर इन्द्र मान सिं बस्नेतका अनुसार आयोजनाको लागि आवश्यक खानेपानीका संरचनाहरूमा कलेक्टर वेल ४ वटा; सम्प वेल २ वटा; भईटङ्की १६ वटा; ब्रेक प्रेसर टङ्की ६ वटा; पानी प्रशोधन प्लान्ट (फ्लोकुलेटर २ वटा; प्लेन सेडीमेनटेसन टङ्की २ वटा; च्बउष्म स्याण्ड फिल्टर १ वटा‚ प्रसारणलाइन ९.१३ कि. मि.‚शाखा प्रसारणलाइन ३७.२३ कि. मि.‚ वितरण लाईन १८९.३कि. मि.‚प्रयोग भएका पाईप र फिटिङ्गहरुः पी.ई.‚ डि. आई. र जि. कार्यालय भवन १ वटा; गार्ड भवन १७ वटा; जेनरेटर भवन ५ वटा; फायरहाईड्रेन्ट २० वटा; इलेक्ट्रिकल तथा इलेक्ट्रोमेकानिकल कार्य तथा अन्य सम्बन्धित कार्यहरू सरसफाइका संरचनाहरूः सार्वजनिक शौचालय १ वटा; संस्थागत शौचालय १ वटा; ट्रयाक्टर १ वटा रहने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार