२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

गणतन्त्र प्राप्तिका लागी पाँचखालका १९ जनाको बलिदानी


१५४७१ पाठक संख्या
  • २०८० जेष्ठ १५, सोमबार मा प्रकाशित १0 महिना अघि
  • आई.आर.के मैनाली
    काभ्रेपलाञ्चोक । आज १६ औं गणतन्त्र दिवस‚ यो दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ । तत्कालीन विद्रोही माओवादीको १० वर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र स्थापना भएको थियो ।

    माओवादीको शसस्त्र संर्घष र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको पूजनपछि भएको ०६२/०६३ को दोश्रो जनआन्दोलनपछि संविधानसभाको चुनाव गर्ने ‚ गणतन्त्र स्थापना गर्ने दिशामा पुगेर संविधानसभा निर्वाचनमार्फत गणतन्त्रको घोषणा भएको दिन २०६५ जेठ १५ ।

    मुलुकमा गणतन्त्र प्राप्तिका लागि हजारौँले बलिदानी गरे ‚ कयौँको सिन्दुर पुछियो आफ्नो सिउँदोमा पुछिएको सिन्दुरको पीडासँगै मुलुकमा गणतन्त्र प्राप्ति पश्चात केही राहत मिल्यो ति पिडामा छटपटाई रहेका पीडितलाई । हजारौँको सङ्ख्यामा आफ्नो शरिको अंग गुमाउनेहरू पनि गणतन्त्रले प्रदान गरेको उपलब्धीहरू नियाल्दै छन् । १५ बर्स अगाडिको आजैको दिन हो नेपालीहरू रैती वाट नागरिक हुन पाएको दिन ।
    मुलुकमा गणतन्त्र प्राप्तिका लागी काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा बसोवास गर्ने १९ जनाले बलिदानी गरेका छन् ।

    राज्य पक्षबाट होस यात विद्रोहि पक्षबाट किन नहोस् आखिर मुलुकको मुहार फेर्नको लागि ज्यानको आहुती दिएका हुन् । जसमा बुनिलाल श्रेष्ठ ‚ पे्रम बराइली‚ अप्सरा अधिकारी‚ केदार आचार्य‚ मुरली दनुवार ‚ मैना सुनुवार‚ सुकुराम लामा ‚ चिनी माया लामा ‚ सुन माया श्रेष्ठ ‚ सन्देश सापकोटा ‚ ओम लाल लामा ‚ बलराम सापकोटा ‚ अर्जुन दाहाल‚ श्याम ठकुरी र ठुले ठकुरी । त्यसैगरी बेपत्ता भएकाहरूमा बाबुकाजी श्रेष्ठ ‚ कुमार ढकाल ‚ पाल्साङ लामा र सुमन मैनाली रहेका छन् ।

    नेपालमा गणतन्त्रको शुरुवात भएको १५ वर्ष पुगेको छ । त्यसभन्दा अगाडी देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे। बि. सं. २०६२–६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनपछि जारी गरिएको अन्तरिम संविधान अनुरुप सम्पन्न संविधान सभाको निर्वाचन पश्चात् गठन भएको संविधान सभाको पहिलो बैठकले २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्र उन्मूलन गरी नेपालमा गणतन्त्र स्थापना गर्यो । त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा ग¥यो । दोस्रोमा श्रीमती विद्यादेवी भण्डारी र तेस्रो हालको रामचन्द्र पौडल रहनु भएको छ । नेपालको संविधान २०७२ ले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ । राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ ।

    यस्तो थियो गणतन्त्रको प्राप्तिका लागि पाँच बूँदे प्रस्ताव

    १. सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, र्सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय, लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको संविधानसभाको यो पहिलो बैठक घोषणा गर्दछ ।

    २. मुलुकमा बिधिवत् लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भएकाले यससँग बाँझिने सबै संवैधानिक प्राबधान, कानुन र प्रशासनिक ब्यवस्था आजैका मितिदेखि बाझिएको हदसम्म खारेज भएको मानिनेछ । यो घोषणा पारित हुनुभन्दा तत्कालअघि प्रचलित कानुन, परम्परा, रीति, सामाजिक तथा सांस्कृतिक ब्यवहार एवम् अभ्यासमा रहेका तत्कालीन राजा र निजका परिवारका सदस्यलाई आमनेपाली नागरिकलाई भन्दा भिन्नरूपमा प्राप्त सम्पर्ण अधिकार, सुविधा, हैसियत तथा उपाधि स्वतः अन्त्य हुनेछ ।

    ३. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् घोषित भएको अवस्थामा राष्ट्रपतिको व्यवस्था लगायका अत्यावश्यक प्रावधानलाई संवैधानिक रूपमा संस्थागत गर्न नेपालको अन्तरिम संविधान, २०६३ मा आवश्यक संशोधन विधेयक पेस गरिएको छ । राष्ट्रपतिको निर्वाचन प्रणालीलगायत अन्य आवश्यक विषयमा संविधान संशोधनसम्बन्धी अर्को विधेयक पेस गरिनेछ ।

    ४. नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा विधिवत् प्रवेश गरी नयाँ युग आरम्भ भएको ऐतिहासिक अवसरमा यो बैठक सम्पर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस अवसरमा सम्पर्ण नेपाली जनतालाई हार्दिक बधाई ज्ञापन गर्दै आज र अब उप्रान्त प्रत्येक सालको जेठ १५ गते गणतन्त्र दिवसलाई हर्षोल्लासपर्ण वातावरणमा व्यापक रूपमा विविध कार्यक्रमहरूका साथ मनाउन देशभित्र र बाहिर रहनुभएका सम्पर्ण नेपालीहरूमा यो बैठक हार्दिक आहवान गर्दछ ।

    ५. नेपालमा लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन भइसकेको सन्र्दभमा नारायणहिटी दरबार परिसर तथा यसभित्र रहेको सम्पर्ण सम्पदालाई ऐतिहासिक संग्रहालयलगायत राष्ट्रिय हितमा उपयोग गर्न नेपाल सरकारले आवश्यक ब्यवस्था मिलाउनेछ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार