२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

२०८४ लाई लक्षीत गर्दै जनताको घरघरमा पुग्छौं -महर्जन


८४५१ पाठक संख्या
  • २०८० भाद्र १३, बुधबार मा प्रकाशित ८ महिना अघि
  • काभ्रेपलाञ्चोक । “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान”, जनजनमा माओवादी, घरघरमा माओवादी” भन्ने मूल नाराका साथ पनौतीनगर समितिद्वारा आयोजित नगरस्तरीय विस्तारित भेलालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य एवं पनौतीनगर इन्चार्ज दिनेश महर्जनले मिसन २०८४ लिएर जनताको घरघरमा पुग्ने बताउनु भयो ।

    भेलामा सहभागी कार्यकर्ताहरु लाई प्रशिक्षण दिने क्रममा केन्द्रीय सर्कुलर माथि प्रकाश पार्दै धर्म निरपेक्षता, समानुपातिक, समावेशी लगायतका जतिपनि उपलब्धीहरु प्राप्त भएकाछन्, त्यसको अपनत्व माओवादीले लिनुपर्ने जिकिर बताउनु भयो ।

    पछिल्लो समय प्रचण्ड सरकारले जुन किसिमको रफ्तारले भ्रष्टाचारी उन्मूलनको बाटो पहिल्याएको छ, त्यसले माफियाहरुको निद हराम गरेको छ । जतिपनि यो मुलुकमा भ्रष्टाचार भए, त्यसका विरुद्ध निर्मम ढंगबाट प्रचण्ड सरकार अगाडिबढेको छ । जुनआजको आवश्यकता हो । ति सकारात्मक पक्षलाई लिएर जन–जनसँग भलाकुसारी गर्नु र त्यसका बारेमा नागरिकहरुलाई सुसूचित गराउनु माओवादी कार्यकर्ताको दायित्व भएको बताउनु भयो ।

    पार्टीले जुनबाटो समाएको छ, त्यसले जनताका यावत् समस्याहरुको समाधान हुने अपेक्षा राखेको छ । त्यसैले पनि आज जुन विषयवस्तुसँग हामी जोडेका छौं, त्यो विषयवस्तुलाई भुईंमान्छे सम्म पु¥याएर माओवादीले यो रुपान्तरणमा खेलेका भूमिका र योगदानका बारेमा प्रष्ट्याउनु प्रत्येक कार्यकर्ताको दायित्वहो । त्यो दायित्वबाट पन्छिन कसलाई छुट छैन । जतिपनि उपलब्धीहरु हासिल भएकाछन्, त्यसका लागि हामीले सबै प्रविधिको प्रयोग गरेर जनताका माझ लग्न सक्यौं भनेमात्र प्राप्त उपलब्धीहरुको संरक्षण हुन सक्ने नेता महर्जनले सम्बोधनका क्रममा खुलासा गर्नुभएको छ ।

    विगतमा लिएका जनताका विश्वासलाई पुनःप्राप्तिकालागि यो अभियान कोसेढुंगा सावित हुने विश्वास माओवादी पार्टीले लिएको छ । हिजो बन्दुकको बलमा प्रतिक्रियावादीहरुलाई परास्त गरेका थियौं भने अब विचारले गुमेको विरासत फर्काउनु छ । त्यसकालागि हामी प्रत्येक माओवादी बन्नुपर्छ । किनकी पछिल्लो समयमा ओवादी रक्षात्मक अवस्थामा उभिएको छ । जसका कारणले जनताको विश्वास गुमाउँदै गएको थियो । अब ति निराशाहरुलाई चिर्दै सशक्त र जनताको मुक्तिकामी पार्टी भनेकै माओवादी हो, केहीगर्छ त माओवादीले गर्छ भन्ने विश्वास दिलाउन आवश्यक छ ।

    त्यसका लागि जनाधार तयार गर्दै अगाडि बढ्नु नै माओवादी कार्यकर्ताको दायित्व हो । जतिपनि विसंगति, विकृतिका कुराहरु आएका छन्, भ्रष्टाचारका कुराहरु आएकाछन्, ति सबैका विरुद्ध डटेर मुकाबिला गर्ने शक्ति कुनै छ भने त्यो माओवादीशक्ति हो । यो परिस्थितिमा पार्टी केनिद्रय कार्यालयले जुन सर्कुलर जारी गरेको छ, त्यो सर्कुलरलाई शिरोपर गरेर जनसंगठन निर्माण गर्नु पहिलो दायित्व हामी माओवादी कार्यकर्ताको रहनेछ । हिजो के भए, त्यता नजाऔं, भोलि सकारात्मक नतिजा कसरी ल्याउन सकिन्छ भनेर लागिपरौं ।

    जनतामा छाएको निराशालाई आशामा बदलौं, जसको प्रतिबिम्बको रुपमा हामीले हाम्रालागि नभई राम्राकालागि खर्चिऔं । हाम्रा वरिपरि पनि बेथिति, भ्रष्टाचारहरु भएका हुन सक्छ ! त्यसको अन्त्यका लागि अग्रमोर्चामा बलिदानी दिन परेपनि तयार हुनु माओवादी कार्यकर्ताको चरित्र बनोस् । यो अभियानले यिनै कुराहरुलाई स्थापित गर्ने विश्वास पार्टीले लिएको छ भन्नुहुँदै यात्रामा केही उतारचढावहरु भए । अब त्यसतर्फ फर्किन माओवादी चाहँदैन । त्यहाँबाट रचनात्मक कुराहरुलाई लिएर समाज परिवर्तन गर्दै साम्यवादको बाटोमा अगाडिबढ्नुको विकल्प छैन । म माओवादी हुँ भन्ने दृढ अठोटको विकास गर्नु नै यो अभियानको महत्वपूर्ण उद्देश्य रहनेछ र पार्टीले लिएको लक्ष्य प्राप्त गर्नेछ ।

    त्यसका लागि संगठन बनाउनेहरुको व्यवहार र चरित्रको पनि परिवर्तन हुन आवश्यक छ । जुन उद्देश्य र लक्ष्य लिएर संगठन निर्माण गर्दैछौं, हाम्रा व्यवहार पनि त्योसँग सुहाउँदो हुनुपर्छ । आज पार्टीले जुन किसिमको अपेक्षा राखेर हामीलाई बस्ती–बस्ती सम्म पु¥याएर संगठन सुदृढि करणमा महत्वपूर्ण भूमिका खेलेको छ, त्यो जिम्मेवारी हामीले पूरा गर्नेछौं । त्यसकालागि तपाईं कार्यकर्ताहरुले आफ्नो लगनशीलतालाई निष्ठाका साथ व्यवहारमा उतार्नु हुनेछ र जनयुद्धको मर्मअनुसार संगठन सुदृढिकरणको यो यात्रामा हातेमालो गर्नुहुनेछ भन्ने विश्वास लिएको नेता महर्जनले स्पष्ट पार्नुभएको थियो ।

    त्यसैगरी कार्यक्रममा केन्द्रीय सदस्य एवं पनौतीनगरका अर्का इन्चार्ज उमा कपालीको कथन छ– पार्टीले जुनउद्देश्य सहित कार्य क्षेत्रमा पठाएको छ, त्यही अनुसार अबका ३ महिना जनतासँग हातेमालो गर्नेछौं । जनतालाई माओवादी आयो है भन्ने सन्देशका साथै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुसँग भलाकुसारी गर्नेछौं । पक्कै पनि एउटा राजनीतिक कार्यकर्ता राजनीतिक सँगसँगै विकास निर्माणमा पनि जोडिएको हुन्छ ।

    त्यसैले हामी बस्तीमा छिर्दा जनताका अपेक्षाहरु सम्बोधन गर्नैपर्छ । त्यसका लागि हामी केन्द्रको नीति अनुसार तयार भएर आएका छौं । जुन अभियान पार्टीले दिएको छ, त्यो अभियानलाई जन–जनको चाहना अनुसार सहकार्यमा जोडिने छौं भन्नुहुँदै संगठन बाहिरबाट आएर बन्ने होइन, यहाँका स्थानीय कार्यकर्ताहरुको लगाव र लगनशीलतामा बन्नुपर्छ । जिम्मेवारी आफ्नो ठाउँमा हुन्छ, दायित्व र कर्तव्य अनि अधिकारका कुरा अर्काे पाटोको रुपमा कार्यकर्ताहरुले सँगसँगै लिएर जानसक्नु नै संगठनको मर्म ठहरिन्छ । जतिपनि सवालहरु उठेका छन्, ति स्वभाविकहुन् । सवालहरुको समय सापेक्षित ढंगबाट सम्बोधन गर्न सक्नु कुशल कार्यकर्ताको कला हो ।

    आज जति पनि विषयवस्तु माओवादीसँग जोडिएका छन्, ति सबै जनयुद्धको जगमा उठाइएका र त्यतिबेला जनतालाई आश्वस्त पारिएका विषय नै हुन् । यहाँ कुनै नौला विषयहरु उठेका छैनन् । त्यसैले हामीले जनयुद्ध प्रतिको सम्मान गर्ने हो भने यि सवालहरुको सम्बोधन गर्नैपर्छ । त्यसका लागि स्थानीय सत्ता त हामीसँग छैन तर प्रदेश र केन्द्रीय सत्ता आज पनि हामीसँगै छ । त्यसैले हामीले सम्बोधन गर्नसक्ने जति सबै आवाजहरु लाई सम्बोधन गर्नकै लागि पनि जन–जनसँगमा ओवादी अभियानलाई लान आवश्यक रहेको बताउनु भयो ।

    त्यहीअनुरुप केन्द्र हेड क्वाटरले तपाईंहरु माझ हामीलाई जिम्मेवारी दिएर पठाएको छ । हामी त मात्र साधनहौं, साध्य त तपाईंहरु नै हो । त्यसैले यहाँको संगठन कस्तो बनाउने ? कसरी बनाउने ? भन्ने सवालमा तपाईंहरु नै जानकार हुनुहुनेछ । यहाँको माटो सुहाउँदो संगठन बनाएर मिसन ०८४ लाई सफल बनाउनकालागि यहाँहरुको भूमिका महत्वपूर्ण रहने विश्वास पार्टी केन्द्रले लिएको छ । हामी त मात्र त्यो सन्देश लिएर तपाईंहरुसँग ३ महिना जोडिने छौं । बाँकी यात्रा यहाँहरुले नै तय गर्नुपर्नेछ । त्यसकालागि विभिन्न असन्तुष्टि जाहेर गरेर विद्रोह गर्नुहुने साथीहरु, निष्क्रिय रहने साथीहरु र अन्य संगठनमा गएर असन्तुष्टि जाहेर गर्ने साथीहरुलाई के गर्दा पूर्ववत् अवस्थामा ल्याउन सकिन्छ, ति सबै सस्त्रहरु यो ३ महिनाको बिचमा प्रयोग हुनेछन् । त्यसको शुभारम्भ एकै पटक मुलुकभरबाट यही १६ गते हुँदैछ ।

    ६ हजार ७ सय ४३ वटा वडा बाट जुन सन्देश दिनगइरहेका छौं, त्यसले प्रतिक्रिया वादीहरु तिल्मिलाउने छन् । त्यस किसिमको शंखघोष गर्नका लागि प्रत्येक माओवादी कार्यकर्ता तयारी हुन आवश्यक छ । तब मात्र जनयुद्धको मर्म अनुसारको सार्थकता हुने विश्वास पार्टी केन्द्रले लिएको इन्चार्ज कपालीको कथन छ ।
    आज जुन समस्याहरु देखिएकाछन्, ति समस्याहरु हिजोको दाँजोमा केही न्यूनभएका छन् । तर पर्याप्त सम्बोधन भने हुन सकेका छैनन् । यो यथार्थलाई मनन् गर्दै प्रचण्ड सरकारले जुनकिसिमको जनभावना अनुसार नीतिहरु अख्तियार गरेर जनताका दिनचर्यासँग जोडिएका विषयवस्तुलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ, त्यसको जानकारी भुईं मान्छेसम्म पु¥याउनु यो अभियानको महत्वपूर्ण पक्ष रहेको बताउनु भएको छ ।

    जतिपनि भ्रष्टाचार भएका छन्, त्यसका पछाडि एमाले, कांगे्रसका नेतृत्वहरु जोडिएको छ । जसले त्यहाँ भित्र रहेका जिम्मेवार, नैतिकवान् कार्यकर्ताहरुलाई आत्मग्लानी भएको छ । त्यस्ता जेहेनदार व्यक्तिहरुमा हाम्रो उपस्थिति अनिवार्य रहेको हुँदा यो ३ महिने अभियानमा यि यस्ताकिसिमका गतिविधिमा हामीले निभाउनुपर्ने दायित्व पूरा गर्नेछौं । त्यसकालागि माओवादीको कार्यकर्ता पंक्तिमा लामबद्ध हुनुहुने सबैको जिम्मेवारी उतिकै रहेको समेत नेता कपालीले खुलासा गर्नुभएको छ ।भेलामा पनौतीनगर अध्यक्ष हस्तबहादुर तामाङ लगायतका अग्रज कार्यकर्ताहरुले समसामयिक विषयका बारेमा नेतृत्व समक्ष ध्यानाकर्षण गराउनु भएको थियो ।

    नेतृत्वपुनर्गठन

    अभियानलाई सार्थक दिने जमर्काे सहित पनौती नगरपालिका नेकपा माओवादी केन्द्र वडा नं. ४ समितिको पुनर्गठनगरिएको छ । निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठको आग्रहमा अभियानलाई सार्थक रुप दिनका लागि आफू उमेरका कारणले पनि असमर्थ रहेको हुँदा वडा समिति पुनर्गठन गर्न भेलामा प्रस्ताव भएबमोजिम वडा समितिको अध्यक्षमा उत्तम बञ्जारा, उपाध्यक्षमा सुदन बस्नेत, महिला उपाध्यक्षमा सिर्जना परियार, सचिवमा राजु सापकोटा, कोषाध्यक्षमा नारायण श्रेष्ठ, सह सचिवमा राजु अधिकारी, सदस्यहरुमा सर्काश तामाङ, सरु कुँवर लगायत २१ सदस्यीय वडा समिति पुनर्गठन भएको छ । पुनर्गठित समितिलाई बधाई तथा शुभकामना दिँदै इन्चार्ज द्वय दिनेश महर्जन र उमा कपालीले कुरा होइन, काममा विश्वास गर्नुपर्ने धारणा राख्नुहुँदै जनयुद्धको मर्म अनुसार पार्टीले लिएको नीति अनुसार संगठनलाई चुस्त दुरुस्त रुपमा परिचालित गर्न सक्नु नै हाम्रो शुभकामना रहने बताउनुभएको छ ।

    भेलाको अध्यक्षता पार्टीनगर अध्यक्ष हस्तबहादुर तामाङले गर्नुभएको छ भने समिति पुनर्गठनको अध्यक्षता निवर्तमान अध्यक्ष शेखरमान श्रेष्ठले गर्नुभएको थियो । पुनर्गठित समितिले १६ गते बिहान ७ बजे सामुदायिक चोक जाने दोबाटोमा भेला भएर सरसफाइ गर्दै “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” जन जन मामाओवादी घरघरमा माओवादी अभियानको शुभारम्भ गर्ने बैठकको निर्णय समेत सो अवसरमा सार्वजनिक गरेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार