२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पाँचखालको ऐतिहासिक मन्दिर सफाइमा जुटे माओवादी-भिडियो सहित


१८०४५ पाठक संख्या
  • २०८० भाद्र १६, शनिबार मा प्रकाशित ८ महिना अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान “जनजनमा माओवादी‚ घरघरमा माओवादी” अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँचखाल नगर समितिको पहलमा आज शनिबार पाँचखालको ऐतिहासिक मन्दिरहरू सफाइमा जुटेको छ ।

    माओवादी आज देशैभरी चलाएको अभियान अन्तरगत काभ्रे जिल्लामा पनि अभियानहरू चलाउने क्रममा पाँचखाल नगरपालिका वडा नं ९ को आयोजनामा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं अभियानका पाँचखाल इञ्चार्ज रविन्द्र प्रसाद श्रेष्ठको नेतृत्वको रहेको माओवादी टोलीले ऐतिहासिक पलाञ्चोक भगवती मन्दिर हाता सफाइ तथा भक्तजनहरूका पिउने पानीको व्यवस्था गरेको थियो ।

    पलाञ्चोक भगवती मन्दिर लिच्छवीकालीन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् । शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्वितीय मानिन्छ । नक्साल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ती रहेको छ । देशमा छरिएर रहेका अनेकन शान्तिस्थल मध्ये साक्षात् देवीको रुपमा पुजिने यहाँ निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।

    विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । सो समयमा पलान्चोक भगवतीलाई काभ्रेकै बुच्चेकोट भन्ने ठाउँबाट ल्याइएको हो भनाइ छ । बुच्चेकोट भगवती‚ पलान्चोक भगवती‚ नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालिगढले बनाएको अभिलेख रहेको छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालिगढको हात काटिएको थियो । कालिगडको हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ ।

    त्यसैगरी नेकपा माओवादी केन्द्र पाँचखाल नगरपालिका वडा नं ३ को आयोजना तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य‚ काभ्रे जिल्ला कमिटी सचिव एवम् तिन महिने अभियानका अभियन्ता देवलाल घिसिङको प्रमुख अगुवाइ तथा माओवादी केन्द्र बागमती प्रदेश सदस्य सरस्वती लामाको उपस्थितिमा पाँचखालको अर्को महत्वपूर्ण ऐतिहासिक धरोहर शुम्भेश्वर महादेव मन्दिर तथा मोठको पाटी हातामा सफाइ गरिएको थियो ।

    पृथिवी नारायण शाहले मुलुक एकीकरण गर्ने क्रममा भक्तपुरमा आइपुग्दा कुटीमा बसेका जोगीले थुक्ने क्रममा पृथिवी नारायण शाहको बग्गी माथि पर्दा बागीबाट थुक जमिनमा खस्ने क्रममा सुनको असरफिमा परिणत हुन पुग्यो । जोगीको विषयमा पृथिवी नारायण शाहले बुझ्न खोज्दा कुटीमा बसेका जोगी सुमेरु गिरीले मुलुक एकीकरण अभियान सफलताको लागि आशीर्वाद दिएको किम्वदन्तीका उल्लेख छ ।

    जोगी सुमेरु गिरीबाट आशीर्वाद पाएपछि अभियान सफलता पूर्ण सम्पन्न गर्न सफल पृथिवी नारायण शाहले जोगीलाई बोलाएर आफूलाई मनलागेको ठाउँमा एक दिन हिड्‌न सकेजतिको जमिन दिने हुकुम भयो । बिक्रम सम्बत १८२४ मा सोही अनुसार जोगीले पाँचखाल क्षेत्रमा एक दिन हिँड्दा ५२४ मुरी माटोको जमिन उपलब्ध गराइएको उल्लेख छ । सो जग्गा हाल गुठी जग्गाको रुपमा १५० रोपनी रहेको छ । जोगी सुमेरु गिरी शिव भक्त रहेको भक्तपुरमा बस्दा पनि शिवकै ध्यान बाट शक्ति हासिल गरेकोलेपाँचखालमा भूमि पाएपछि १८२४ सालमा शुम्भेश्वर शिव मन्दिर साथै मोठको पाटी निर्माण भएको उल्लेख छ । १८२४ सालमा पाँचखाल आएका जोगी गिरीले एक अर्याल थरका बाहुनका दुई छोरा मध्य एकलाई आफ्नो गोत्र र थर दिएर धर्मपुत्र राखेको उल्लेख छ । तिनै धर्मपुत्रबाट जन्मिएका सन्तान नै हाल पाँचखालमा रहेका ६० धुरी गिरीहरू रहेको स्थानियको भनाई छ ।

    पाँचखालको ऐतिहासिक महत्व रहेको मन्दिरहरूको सफाइका साथमा आजकै दिनमा माओवादी पाँचखालले वडा नं १ भ्यु टावर क्षेत्रमा सफाइ‚ वडा नं २ हर्सेमा सफाइ ‚ वडा नं ४ लामिडाँडामा रहेको जनजाति भवन हाताको सफाइ ‚ वडा नं ५ खावा र वडा नं ६ तिनपिप्ले मा कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम ‚ वडा नं ७ जोरपिप्ले मा सरसफाइ अभियान ‚ वडा नं ८ मा सहिद तथा बेपत्ता परिवार भेटघाट ‚ वडा नं १० र ११ मा सडक मर्मत ‚ वडा नं १२ मा सडकको कजवे खोल्ने कार्य र वडा नं १३ मा रहेको जनजागृति विद्यालय सरसफाइ गरेर अभियानको उद्घाटन भएको छ पाँचखालमा ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार