२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

पितृ मोक्षको लागि ताम्रेश्वर घाटमा सप्ताह‚ दानवीरहरूको सहयोगले किरियापुत्री घर बन्ने


१८४८७ पाठक संख्या
  • २०८० भाद्र २२, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा नं ३ झिकूँ खोला (तामा घाट) पुल मुनि रहेको सुनमती गङ्गाको तिरमा अवस्थित ताम्रेश्वर महादेव मन्दिर परिसर (हाता) मा रहेको घाटमा विराट ज्ञानमहायज्ञ लागिरहेको छ ।

    घाटमा दाहा संस्कार गरेका पितृहरूको मोक्ष साथै घाट व्यवस्थापनलाई थप मजबुत पार्दै घाटको हातामा अवस्थित किरिया पुत्री घरको तल्ला थप्ने कार्यको लागि धन धान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञको आयोजना गरेको घाट व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद दुलाले जानकारी गराउनु भयो ।

    पाँचखाल र आसपासको क्षेत्रको ऐतिहासिक धरोहर मध्यको एक धरोहरको रुपमा रहेको ताम्रेश्वर महाँदेव परिसरमा अवस्थित घाट हिन्दु धर्माबलम्बीहरूको लागि मोक्ष भूमिको रुपमा परिचित रहेको छ । सो अति महत्व बोकेको स्थानमा लगाइएको ज्ञानमहायज्ञको कारण सम्पूर्ण पितृहरूको मोक्ष हुने जनविश्वास रहेको छ ।

    प्रमुख वाचक पंडित परशुराम काफ्लेको मुखारविन्दबाट वाचन भएको उक्त ज्ञानमहायज्ञमा पाँचखाल र आसपासका दानवीरले आर्थिक दान गर्नुभएको छ । भक्तजनहरूले आफ्ना अभिभावकहरू अन्त्येष्टि गरिएको स्थानमा लगाइएको ज्ञानमहायज्ञ गर्दा पितृहरू मोक्ष हुने साथै उक्त स्थानमै पवित्र हुने विश्वास लिएका छन् ।

    घाट व्यवस्थापन समितिको आयोजनामा भएको उक्त कार्यक्रमको उद्देश्य पितृ मोक्षको साथै किरियापुत्री घरको व्यवस्थापन गर्ने रहेको छ । आफ्नो घरमा किरिया गर्ने स्थान अभाव ‚ रोजगारी वा श्रमको सिलसिलामा पाँचखालमा कोठा लिएर बस्नेहरुको समस्यालाई मध्यनजर गर्दै किरियाघर निर्माणलाई प्राथमिकता दिएको सप्ताह घाट व्यवस्थापन समितिका सदस्य ज्ञान बहादुर थापाले जानकारी गराउनु भयो । भदौ १६ गतेबाट सुरुभएको धन धान्याञ्चल सप्ताह विराट ज्ञानमहायज्ञ भाद्र २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

    स्वदेस तथा विदेशमा रहनुहुने दानविरहरुले आफ्ना पितृहरुको मोक्षको लागि दान गर्न चाहेमा घाट व्यवस्थापन समितिका सदस्य ज्ञान वहादुर थापाको मोवाईल नं ९८४९२६३२१६ मा सम्पर्क उपलब्ध जानकारीको आधारमा दान दिन सकिने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार