२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

नेपाली पुरुषहरू भाग्यमानी हुन्‌—डा. जोसेलिन 


१४१९७ पाठक संख्या
  • २०८० भाद्र २३, शनिबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेको जेठो शिर मेमोरियल अस्पताल बनेपाका मनोरोग विशेषज्ञ डा. जोसेलिन गौजोन ग्यारेस -dr.jocelyn gouzon gayares ) ले नेपाली महिलाहरू सुपर रहेको बताउनु भयो ।

    रोटरी क्लव अफ महिला नेतृत्व २०२३—२०२४ को आयोजना तथा रोटरी क्लब अफ काभ्रे बनेपाले संयोजनमा सम्पन्न कार्यक्रममा डा. जोसेलिनले नेपाली महिलाहरू विश्वकै नमुनालायक एवं मेहनती भएको बताउनु भयो । उहाँले थप्नुभयो महिलाहरूको ठुलो योगदानको कारण नेपाली पुरुषहरू भाग्यमानी रहेको ठोकुवा गर्नुभयो । “ नेपाली महिलाले गर्दा पुरुषहरू भाग्यमानी भएका हुन तर पनि महिला हिंसा हुनु दुःखद हो ।”

    कार्यक्रममा डा. जोसेलिनले थप्नुभयो २०२२ को तथ्याङ्क हेर्दा नेपालमा आत्महत्याको तथ्याङ्क बढेको छ । विश्वका अन्य मुलुकमा हुने आत्महत्या र नेपालमा हुने आत्महत्याको प्रकृति फरक भएको बताउँदै यस्तो हुनुको प्रमुख कारण मनोरोग भएको ठोकुवा गर्नुभयो । विकसित मुलुकहरूमा विषादी वा औषधी सेवन गरेर आत्महत्या गर्छन तर नेपालमा झुण्डिएको घटनाहरू धेरै छ । पछिल्लो समयमा काभ्रेमा धेरै घटनाहरू घटे यस्तो समस्या समाधानको लागि मनोरोगलाई नियन्त्रणमा लिनुपर्ने बताउनु भयो ।

    “ मानसिक स्वास्थ्य मानिसको अमूल्य सम्पत्ति हो‚ मानव जीवनलाई फुल जस्तो बनाउनको लागि दैनिक व्यायाम तथा खानपिनको विषयमा ध्यान दिन जरुरी रहन्छ डा. जोसेलिनले थप्नुभयो । चिया‚ कफी ‚ सुर्तीजन्य पदार्थ ‚ मदिरा ‚ पेय पदार्थ साथै मोबाइलको कुलत नै मनोरोग सुरुवातको माध्यम हो । नकारात्मक सोचका साथ अगाडि सकारात्मक सोचको विकास नहुनु नै मनोरोग लाई निम्ता दिनु हो । यदि आत्महत्या जस्तो समस्यालाई नियन्त्रण गर्ने हो भने मनोरोगीको मार्गमा काँडेतारको वार लगाउनु पर्छ त्यसको लागी घातक खानपिन साथै कुलतलाई वाई गर्नुपर्ने डा . जोसेलिनको तर्क थियो ।

    जिल्लामा आत्महत्याको अवस्था बढ्दै गरेको समयमा रोटरी क्लब बनेपाले आत्महत्या नियन्त्रणको लागि चेतनामूलक कार्यक्रमको आयोजनाले जिल्लामा सकारात्मक सन्देश दिएको छ । रोटरी क्लब अफ काभ्रेका अध्यक्ष केशव प्रसाद बडालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लड अफ काभ्रेका पुर्व अध्यक्ष , रोटरी क्लव अफ महिला नेतृत्व २०२३—२०२४ अध्यक्ष एवं शिर मेमोरियल अस्पताल आर्थिक प्रशासन शाखा प्रमुख सुर्य प्रभा शाक्यले पछिल्लो समयमा बढ्दै गरेको आत्महत्याको न्यूनिकरणको लागि ठुलो भूमिका निर्वाह गर्नुभएको थियो । त्यसैगरी सहभागीहरूलाई भाषको समस्या नरहोस भन्ने उद्देश्यले रोटरियिन एवं शिर मेमोरियल अस्पतालका परोपकार विभाग इन्चार्ज -chayariti fund   incharge ) पुकार श्रेष्ठले भूमिका निर्वाह गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार