२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाखको उपकरण हस्तान्तरण‚ स्थानीय तहले ट्रमा केयर सेन्टर बनाएमा सहयोग गर्न तयार—महासचिव


१२२४७ पाठक संख्या
  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ५ महिना अघि
  •  

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई कोइका अल्मुनाई एशोसिएसन नेपालले स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको छ ।

    कोरियन सरकारको छात्र वृत्तिमा लामो तथा छोटो समय अध्ययन गर्ने ( नेपालका कर्मचारी ) पूर्व विद्यार्थीहरूको संगठन कोइका ०५८ साल बैशाख ६ गते जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा दर्ता भई स्थापना भएको स्वयंसेवी संस्थाले पछिल्लो समयमा आएर स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । सोही क्रममा पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रलाई २० लाखको स्वास्थ्य उपकरणहरू उपलब्ध गराएको छ ।

    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पाँचखाल नगरपालिका उपप्रमुख सुर्य माया दनुवारले  कोईका नेपाललाई धन्यवाद दिदै उपलब्ध स्वास्थ्य सामाग्रीले गर्दा उपचारमा थप टेवा मिल्ने बताउनु भयो । उहाँले थप्नुभयो हामिले यि उपकरणहरूलाई व्यवस्थित गरेर सञ्चालन गर्नाको साथै टिकाउने कार्यमा प्राथमिकता दिन्छौं । स्वास्थ्य सेवा महङ्गो छ ‚ जसले गर्दा सामान्य परिवारलाई उपचार गर्न कठिन छ । त्यस्ता सामान्य परिवारको उपचारमा सहजताको लागि सञ्चालन भएको प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध भएको स्वास्थ्य सामाग्रीले गर्दा विशेष गरि निम्न आयस्रोत भएका बिरामीका लागी उपचारमा टेवा मिल्ने छ । उपप्रमुख दनुवारले बताउनु भयो ।

    कार्यक्रममा कोइका नेपाल कार्यालयका सहायक नेपाल निर्देशक जङ्ग उन सोङले भन्नुभयो “सन् १९९१ देखि कोइकाले विभिन्न किसिमका विकास सहायता सहयोग कार्यान्वयन गरी नेपालको सामाजिक –आर्थिक विकासमा सक्रिय योगदान दिँदै आएको छ । कोइकाले स्वास्थ्यलाई नेपालमा आफ्नो प्रमुख कार्यक्षेत्रको रूपमा मान्यता दिएको छ ।”   उहाँले थप्नुभयो उपचार नपाएर कसैले मृत्यु बरण गर्न नपरोस् भन्ने उद्देश्यले थिमी‚ नुवाकोट‚ मुगुमा गरी ३ वटा अस्पताल स्थापना गरेको छ । कान माफर्त कोभिड १९ को प्रकोप पश्चात स्वास्थ्य केन्द्रहरूलाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको बताउनु भयो ।

    कार्यक्रममा सोङले थप्नुभयो कोइका कान माफर्त पाँचखाल नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको स्वास्थ्य सामाग्री सहयोगले सेवाग्राहीहरूलाई उचित स्वास्थ्य सेवा प्रदान गर्ने क्षमतालाई सुदृढ गर्न योगदान गुग्ने बताउनु भयो । म आशा गर्दछु कि यसले अस्पताल र पीएचसीको कार्यसम्पादनमा सुधार र स्तरोन्नति गर्नेछ र सेवा प्रवाहमा सुधार ल्याउनेछ । मलाई आशा छ कि यो सहयोग अस्पताल व्यवस्थापनले इमान्दारिताका साथ सम्हाल्नेछ र आगामी दिनहरूमा यसले अधिकतम सङ्ख्यामा बिरामीहरूलाई फाइदा पुर्‍याउनेछ । म पनि यो अवसरमा कानका सदस्यहरूलाई धेरै साहसी भएर काम गर्नको लागि यस्ता  कार्यको थालनी गरेकोमा बधाई दिन चाहन्छु जसले दीर्घकालीन रूपमा रहने असल उद्देश्यलाई समर्थन गर्ने लक्ष्य राखेको छ । उन सोङले  भन्नुभयो ।

    हस्तान्तरण कार्यक्रममा पाँचखाल नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत सूर्य प्रसाद गौतमले प्राथमिक स्वास्थ्य केन्द्रलाई सहज ढंगबाट सञ्चालन गर्नको लागि आफू तयार रहेको बताउनु भयो । हामी नगरवासीको हितको खातिर कार्य गर्न तयार छौं ‚ त्यसैको लागि पाँचखाल नगरमा कर्मचारीको रुपमा आएको छु । स्वास्थ्य सेवा नगरवासीको लागि पहिलो प्राथमिकता दिनु हाम्रो दायित्व हो । सोही अनुसार हामी साथै जनप्रतिनिधिहरू अगाडि बढ्नुभएको छ त्यसैले कोइका नेपालले उपलब्ध गराएको उपकरणहरू सहज ढंगबाट सञ्चलन गरेर सेवा प्रदान गर्न प्राविधिक एवं आवश्यक जनशक्तिको व्यवस्था गर्छौ । प्रमुख प्रसाशकिय अधिकृत गौतमले भन्नुभयो ।

    कार्यक्रममा कोईका नेपालका अध्यक्ष बिनोद बिडारीले भन्नुभयो “मिठो बोलीले सन्सार जित्छ ‚ स्वास्थ्य कर्मीको राम्रो व्यवहारले बिरामीको आधा रोग निको हुन्छ ।” त्यसैले स्वास्थ्य क्षेत्रमा कार्य गर्ने कर्मचारी तथा स्वास्थ्य कर्मीको व्यवहारमा स्वास्थ्य क्षेत्र अवस्थाको निर्धारण हुने बताउनु भयो । डेभिड पछाडि स्वास्थ्यको क्षेत्रमा सघाउँदै आएका छौं यस्ता कार्यलाई निरन्तरता दिन्छौं ।काभ्रेलाई प्राथमिकतामा राखेका छौं हामिले गरेको सहयोग प्रभावकारी भएमा आगामी दिनमा पनि सहयोग गर्ने छौं भन्नुभयो ।

    कार्यक्रममा कोइका नेपालका महासचिव नवराज गौतमले विश्वमा कोभिडको महामारी सुरुभए पछिका दिनहरूमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै आएको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल र आसपासका क्षेत्रमा बसोवास गर्ने जनताहरूको सहज र सरल उपचारको लागि सहज होस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराउने निर्णय गरेका हौं । यो प्राथमिक स्वास्थ्य केन्द्र राजमार्गको छेउमा छ ‚ राजमार्गमा हुने गरेका दुर्घटनाको प्राथमिक उपचार गर्ने वातावरण तयार गर्न जरुरी रहेको बताउँदै स्थानीय तहले सो विषयमा ध्यान दिदै प्राइमरी ट्रमा केयर सेन्टरको रुपमा विकास गर्ने हो भने सो विषयमा सघाउन तयार रहेको बताउनु भयो ।

    कार्यक्रममा पाँचखाल नगर उपप्रमुख सूर्य माया दनुवार ‚ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालक समितिका अध्यक्ष एवं वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल पाँचखाल नगर प्रमुख प्रसाशकिय अधिकृत सूर्य प्रसाद गौतम ‚ पाँचखाल स्वास्थ्य शाखा उपसंयोजक विष्णु गौतम लाई कोइका नेपालका अध्यक्ष विनोद बिडारी ‚ महासचिव नवराज गौतम ‚ सचिव विष्णुहरि अधिकारी समेतको टोलीले स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार