२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

पाँचखालमा मलको कारखाना‚  जैविक मलको प्रयोगले भविष्य उज्जल— खरेल


४६४११ पाठक संख्या
  • २०८० कार्तिक २०, सोमबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । कृषि नगरीको रुपमा परिचित पाँचखाल नगरमा जैविक मल बनाउने कारखानाको सुरुवात भएको छ । रासायनिक मलको अभाव भएको समयमा सुरुभएको उक्त कारखानाले उत्पादन गरेको मलबाट कृषकलाई राहत मिल्नेभएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ४ फेदीमा सञ्चालन भएको उक्त कारखाना (उद्योगबाट) जैविक मल उत्पादन कार्यको सुरुवात भएको छ । जुन मलमा खेतीको लागि आवश्यक हुने १६ तत्व रहेको उद्योगका प्रबन्ध निर्देशक उषा गिरीले जानकारी गराउनु भयो ।

    जापान स्थित ग्रीन यामाजाकी कम्पोस्ट प्रा.लि को सहकार्यमा पाँचखाल वडा नं ४ मा सञ्चालन भएको रिकिशी कम्पोस्ट प्रा.लि ले उप्तादन सुरु गरेको छ । खाद्यान्न बाली तथा तरकारी बाली तिरुवालाई उचित वृद्धि गर्न आवश्यक पर्ने पोषक तत्वको सन्तुलित संयोजनको लागि सि.एन.वि.एम प्रविधिले उत्पादन गरेको उक्त मल पाँचखालको माटोको अवस्थालाई मध्यनजर राखेर तयार गरेको किरण गिरीले जानकारी गराउनु भयो ।

    पाँचखालका कृषकहरू जैविक खेतीमा अगाडि बढ्दै गरेको समयमा मलको कारखाना सञ्चालन हुनुले कृषिमा थप उर्जा मिल्ने भएको छ । पाँचखालमा उत्पादन भएको ताजा तरकारीहरूमा विषादी रहित सेमी अर्गानिकको रुपमा रहेको परीक्षणबाट प्रमाणित भएको छ । जसको कारण उपभोक्ताहरूले पाँचखालमा उत्पादन भएको ताजा तरकारी खोजी खोजी भान्छामा जुटाउने गरेको पाइन्छ ।

    रिकिशी कम्पोस्ट प्रा.लि.ले उत्पादन गरेको मलको उद्घाटन गर्दै पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले खेतबारीमा प्रयोग गरिने मलको कारणले पनि मानव स्वास्थ्यमा समस्या आउने बताउनु भयो । कुनैपनि प्रकारको खेतीमा प्रयोग गरिने कम्पोस्ट मलमा पूर्ण रुपमा पाक नपुगेमा त्यस्ता मल प्रयोग गरेर उत्पादन गरेको कृषि उपजहरू खाँदा पनि मानव स्वास्थ्यमा समस्या आउने बताउनु भएको हो ।

    पाँचखाल प्रमुख खरेलले थप्नुभयोे दुई तीन पुस्ता अगाडि सम्म घरमा कम्पोस्ट मल वनाउंदा खाडलमा ६ महिना सम्म कुहाएपछि मात्रै खेतबारीमा हालिन्थ्यो । तर पछिल्लो समयमा मलको पाक नपुर्याई खेतबारीमा हाल्ने गर्दा समस्या आउने गरेको बताउनु भयो । त्यस्तो कम्पोस्ट मलले गर्दा खेती सफल हुदैन तव खेती सफलको लागि रासायनिक मल प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्तो कच्चा ढङ्गको गोबर मल ‚ कुखुराको सुली वा रासायनिक मल प्रयोग गर्दा माटोलाई चाहिने तत्व उपलब्ध नहुने मात्र नभएर त्यस्तो मल प्रयोग गरेर उत्पादन भएको खाद्यान्न वा तरकारी सेवन गर्दा मानव स्वास्थ्यमा समस्या आउने बताउनु भयो ।

    कृषि नगरीको रुपमा अगाडि बढेको पाँचखालका कृषकहरूलाई आत्मनिर्भर बनाउन पहिलो अति आवश्यक खेतबारीमा प्रयोग गरिने गुणस्तरीय मल हो । त्यसैले पाँचखालमै उद्योग खोलेर तयार हुँदै गरेको जैविक मलले पाँचखालको वातावरण राम्रो हुनाको साथै कृषकहरू लाभान्वित हुनेछन् । सो उद्योगबाट उत्पादन भएको मल गुणस्तरीय साथै पाँचखालको माटोमा भएको तत्व एवं पि.एचसंग मेल खाने ढङ्गको हुनुपर्ने पाँचखाल प्रमुख खरेलले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%३%१%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार