२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सवारी दुर्घटनामा २० घाईते, विवरण सहित


७३०७ पाठक संख्या
  • २०८० मंसिर १, शुक्रबार मा प्रकाशित ५ महिना अघि
  • १ मंसिर, काठमाडौं । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ ।

    बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३/४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिए ।

    घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुद्धवटलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    गम्भीर र मध्यम घाइते भएहरुको विवरण यस्तो छ–

    १. दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस ।
    २. सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस ।
    ३. रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती र दायाँ घुँडामा चोट, अवस्था मध्यम ।
    ४. रोल्पाको गंगादेव–२ बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम ।
    ५.सल्यानको कपुरकोट–१ बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम ।
    ६. दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम ।
    ७. नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम ।

    सामान्य घाइते भएकाहरुको नामावली

    १. सल्यानको कपुरकोट–५ बस्ने ७ वर्षीया दिपिका साहु ।
    २. सल्यानको कपुरकोट–१ बस्ने ३५ वर्षीय प्रकाश राउत ।
    ३. सल्यानको बनगाड कुपिण्डे–९ बस्ने २४ वर्षीय तिलक बुढाथोकी ।
    ४. रोल्पाको होलेरी बस्ने ७ वर्षीय रण बहादुर चलाउने ।
    ५. नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २६ वर्षीय नवराज मोक्तान ।
    ६. नुवाकोटको बिदुर नगरपालिका– १० बस्ने एक वर्षीय विश्वास मोक्तान ।
    ७. दाङको तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय शरद ओली ।
    ८. दाङको शान्तिनगर–३ बस्ने २७ वर्षीया समिक्षा गाहा ।
    ९. दाङको घोराही–९ बस्ने १७ वर्षीय राहुल शाह ।
    १०. दाङको घोराही उपमहानगरपालिका–९ बस्ने २० वर्षीया मनिका योगी ।
    ११. दाङको बबई गाउँपालिका–५ बस्ने २७ वर्षीया देबीका बि.एम (बुढामगर) ।
    १२. सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीय शिव नारायण रजत ।
    १३. सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीया ललिता देवी रजत ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार