२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पाँचखालमा स्वास्थ्य विमाको उपचार गर्ने तयारी


१८२५३ पाठक संख्या
  • २०८० मंसिर ५, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • आई.आर.के मैनाली
    काभ्रेपलाञ्चोक । पाँचखाल नगरवासीको स्वास्थ्य सेवामा (उपचारमा) सहजताको लागि नगरपालिकाले दीर्घकालीन ढङ्गको योजना बनाई अगाडि बढ्ने तयारी गरेको छ । सोही अनुसार पहिलो चरणमा धुलिखेल अस्पतालसँग सहकार्य गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

    नगरवासीले जटिल अवस्था बाहेकको उपचारको लागि अन्यत्र धाउनु नपर्ने गरी स्वास्थ्य सेवामा आमूल परिवर्तनको निमित्त कार्य गर्ने उद्देश्यका साथ अगाडि बढ्ने क्रममा धुलिखेल अस्पतालसँग छलफल प्रकृया अगाडि बढेको नगरका मेयर महेश खरेलले जानकारी गराउनु भयो ।

    स्वास्थ्य बिमा गरेका पाँचखालका नगरवासीले धुलिखेल अस्पतालमा पुगी उपचार गर्नुपर्ने र सो उपचारको लागि अस्पतालमा रहेको भिडभाडले गर्दा सामान्य उपचारको लागिपनि धेरै दिन धाउनु पर्ने अवस्थालाई समेत मध्यनजर राख्दै सहज ढङ्गको उपचारको लागि प्रकृया अगाडि बढाउने तयारी गरेको छ । जसको लागि धुलिखेल अस्पतालसँग सहकार्य गर्दै धुलिखेल अस्पतालको शाखाको रुपमा रहेको (धुलिखेल अस्पताल) बालुवाबाट स्वास्थ्य बिमाको उपचारको लागि वातावरण मिलाउन नगरले प्रस्ताव राखेको छ ।

    नगरका मेयर खरेको अध्यक्षतामा धुलिखेल अस्पताल र पाँचखाल नगरपालिकाको संयुक्त बैठकमा नगरवासीको उपचारमा सहजताको लागि बिभिन्न बुँदामा छलफल भएको थियो । जसमा पाँचखाल नगरपालिका वडा नं ६ दुलालथोकमा रहेको पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र माफर्त प्रत्तेक महिना नियमित रुपमा छुट्टा छुट्टै विशेषज्ञ सेवा प्रदान गर्ने र सो स्वास्थ्य केन्द्रबाट सम्भव नभएको उपचार धुलिखेल अस्पताल बालुवा माफर्त सेवा प्रदान गर्नुपर्ने उल्लेख भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित रुपमा आँखा , दाँतको उपचार सेवामा सघाउनु पर्ने साथै पाँचखाल नगरपालिकाको संयोजकत्वमा बिभिन्न शिविरहरू सञ्चालन गर्नुपर्ने उल्लेख भएको छ ।

    त्यसैगरी पाँचखाल नगरवासीको उपचारको लागि वडाको सिफारिसको आधारमा विशेष सेवा सहित ल्याब एक्से्र सहित अन्य सेवामा सहुलियत सहितको छुटको व्यवस्था गर्नुपर्ने उल्लेख भएको छ । नगरपालिकाले नेपाल सरकारबाट अनुदानमा प्राप्त औषधिहरू आवश्यकता साथै औचित्यको आधारमा धुलिखेल अस्पताल बालुवा लाई उपलब्ध गराउने । स्वास्थ्य बिमामा समावेश नभएका नगरवासिलाई बिमामा समावेश गराउँदै बिमा माफर्त गरिने उपचार बालुवा माफर्त गर्ने व्यवस्था मिलाउने उल्लेख भएको छ ।

    संयुक्त बैठकबाट जारी गरेको बुन्दालाई अध्ययन गर्दै आवश्यक परिमार्जन सहित सहमतिको आधारमा अगाडि बढ्ने ढंगबाट प्रकृया अगाडि बढ्दै गर्दा पाँचखाल नगरपालिकाका मेयर महेश खरेल , उपमेयर सूर्य माया दनुवार , वडा अध्यक्षहरू सहितका जनप्रतिनिधिहरूका साथमा नगरका प्रमुख प्रसाशकिय अधिकृत सूर्य प्रसाद गौतम , स्वास्थ्य शाखा सह संयोजक विष्णु प्रसाद गौतम , नगर योजना शाखा प्रमुख कल्याण सुवेदी लगायतका टोलीले धुलिखेल अस्पताल बालुवा शाखाको अवलोकन भ्रमण गरेको थियो ।

    अवलोकन भ्रमणको क्रममा अस्पतालले दिदै आएको सेवा साथै भावी दिनहरूमा प्रदान गर्न सक्ने सेवाको विषयमा छलफल भएको थियो । छलफलको क्रममा धुलिखेल अस्पताल सामुदायिक कार्यालय प्रमुख दिनेश थापाले पाँचखाल नगरसँग सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताउनु भयो । उहाँले थप्नुभयो धुलिखेल अस्पतालले जिल्लाको बिभिन्न १८ स्थानबाट सेवा प्रदान गरेको छ , धुलिखेल अस्पतालमा पुग्न नसक्ने अवस्थामा तत्काल उपचारको लागि सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएका हौं । हामिले धुलिखेल अस्पतालको १८ स्थानबाटै बिमाको सेवा प्रदान गर्ने जमर्को नगरेका हैनौ तर बिमा बोर्डले तत्कालको लागि सो ढङ्गको सेवा नगर्न भनेबाट बिमाको उपचार धुलिखेल अस्पतालमा मात्रै केन्द्रित भएको बताउनु भयो ।

    सामुदायिक कार्यालय प्रमुख थापाले भन्नुभयो — बिरामीको चापले गर्दा धुलिखेल अस्पतालमा भिडभाड बढेको छ , एउटै डाक्टरले धेरै बिरामीको परिक्षण गर्नुपर्दा केही समस्या आएको छ । डाक्टरहरूको व्यस्तताले गर्दा बिरामीको लागि दिनुपर्ने सुझावमा केही अपुग भएको छ तर आगामी दिनहरूमा थप व्यवस्थित गर्दै अस्पतालमा आएका बिरामीहरूको लागि सुविधा युक्त गुणस्तरीय सेवा प्रदान गर्ने तयारी हुदैछ ।

    अवलोकन सहितको छलफलको क्रममा पाँचखाल नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत सूर्य प्रसाद गौतमले पाँचखाल नगरवासीको स्वास्थ्य सेवाको हितको खातिर सहकार्य गर्न तयार रहेको बताउनु भयो । धुलिखेल अस्पतालमा बिरामीको चापको कारणले उपचारमा समस्या भएको भन्ने विषयमा असहमत जनाउँदै बिरामीको चाप बढेको भन्दै बिरामी तथा बिरामीका सम्बन्धित पक्षले पाउनु पर्ने सेवा सुविधा साथै सुझावमा कन्जुस्याईँ गर्न नहुने बताउँदै स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकहरूले मुस्कान सहितको सेवा दिनुपर्ने बताउनु भयो । भनिन्छ मुस्कान सहितको सेवाले बिरामीको आधा रोग निको हुन्छ , भिडभाडको नाउमा झर्को फर्को गरेर सेवा दिदा प्रभावकारी नरहने बताउँदै आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्ने सुझाव दिदै मुस्कान सहितको सेवाको लागि पाँचखाल नगरपालिका धुलिखेल अस्पतालसँग सहकार्य गर्ने बताउनु भयो ।

    धुलिखेल अस्पतालले जिल्लाका बिभिन्न १८ स्थानमा अस्पताल सञ्चालन गरेको छ । अस्पताल प्रसाशनले धुलिखेल अस्पतालमा आउन नसक्नेका लागि उक्त स्थानहरूमा अस्पताल सञ्चालन गरेको बताएपनि धुलिखेल अस्पताल सुरुवातीको क्रममा धुलिखेलमा बिरामी पु¥याउने माध्यमको रुपमा ( प्रचार ,विज्ञापन) सञ्चालन गरेको थियो । शाखाको रुपमा रहेको उक्त स्थानहरूबाट सुरुवातीको अवस्थामा धुलिखेल अस्पतालमा बिरामी पठाउनको लागि निकै सहज भएको थियो । जुन समयमा सो शाखाहरूबाट धुलिखेल अस्पताल पुगेका बिरामीहरूलाई मुस्कान सहितको सेवा साथै सहुलियत । जसले गर्दा शाखाहरुमा सेवा लिनेको निकै राम्रो उपस्थिति रहेको थियो ।

    १८ स्थानमा रहेको धुलिखेल अस्पतालको शाखाहरुमा चिकित्सक तथा कर्मचारीहरू गरेर दुई सय जना कार्यरत जनशक्ति रहेका छन् । तर उक्त शाखाहरुमा मुस्किलले महिनामा २५० जनाले सेवा लिन्छन् । बालुवा शाखामा ५ जना जनशक्ति रहेको छ र सो शाखामा दिनमा बल्ल तल्ल १० जनाले सेवा लिएका छन् । अस्पतालको शाखाहरुमा पछिल्लो समयमा बिरामीको चाप घट्दा कर्मचारीको सेवा सुविधा दिन समेत समस्या हुदै आएको छ । यसरी बिरामीको चाप घट्नुमा शाखाहरुमा प्रदान गरिदै आएको सेवामा विश्वसनियता नहुनु साथै मुस्कान सहितको सेवा प्रदान गर्न नसक्नु हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार