२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

महिलाहरूको खुट्टामा बन्चरो हान्ने काम महिला उद्यमी महासंघ अध्यक्षले गर्दै —महेश 


९३८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ९, सोमबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको कृषिको क्षेत्रमा अब्बल स्थानीय तहको रुपमा परिचित पाँचखाल नगरमा एक पछि अर्को गर्दै दीर्घकालिक ढङ्गको विकास निर्माण कार्य अगाडि बढ्दै छ । जुन मध्य एक हो पाँचखाल नगरपालिका वडा नं ७ मा निर्माणको चरणमा रहेको महिला हरित औद्योगिक पार्क  ।

    पाँचखाल र आसपासका क्षेत्रको उद्यमी महिलाहरूलाई समेट्दै दीर्घकालिक ढङ्गको विकास निर्माण कार्यको लागि तयारी भएको अवस्थामा महिला उद्यमीहरूको छाता संगठन महिला उद्यमी महासंघ अध्यक्षको भूमिकाले आम महिला उद्यमीहरूका लागि घातक सिद्ध भएको छ ।

    महिला उद्यमीहरूको हितको लागि निर्माणको चरणमा रहेको हरित महिला औद्योगिक पार्कले पाँचखाल नगरको सुनौलो भविष्यको लागि मार्ग निर्देशकको साथै महिलाहरूलाई आत्मनिर्भर बनाउन टेवा मिल्ने छ । जुन कार्यले पाँचखालका महिलाको लागि मात्रै नभई आधा आकास र आधा धर्ती ओगट्ने सम्पूर्ण महिलाहरूका लागि कोशेढुङ्गा सावित हुने छ । पाँचखाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित गराउने विषयमा ठुलो टेवा मिल्ने छ ।

    पाँचखाल साथै सम्पूर्ण उद्यमी महिलाहरूको हितको खातिर जुन कार्य गरियो त्यस्ता सकारात्मक कार्यलाई साथ दिनु साथै दीर्घकालिक ढङ्गको राष्ट्रिय हितको लागि हुने जुन कार्यको लागि तगारो बन्दै अवरोध खडा गर्न जमर्को गर्ने पक्षको विरुद्धमा उत्रनु नागरिकको कर्तव्य हो । राम्रा कामको लागि सबै पक्षको साथ सहयोग अपरिहार्य छ र रहन्छ पनि तर व्यक्तिगत स्वार्थको लागि सामाजिक हित विपरित अनर्गल प्रचारबाजी गर्दै अगाडि बढ्छ भने सो कार्य समाजको लागि पाच्य हुदैन ।

    पाँचखालमा निर्माणको चरणमा रहेको हरित महिला पार्क मंसिर २७ गते प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गर्नुभएको थियो । अर्थमन्त्री प्रकाश शरण महत समेतको विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भएको सो कार्य पाँचखालको लागि लागि मात्रै नभई आम उद्यमी महिलाहरूका लागि समेत गौरवको विषय सावित भएको थियो । यति धेरै महत्व रहेको परियोजना निर्माणको सुरुवातीमै उम्रँदै गरेको मुनालाई ( व्यक्तिगत स्वार्थको विषयलाई लिएर ) निमठ्न खोज्नु पाच्य नहुने पाँचखाल बासिको तर्क छ ।

    यसै विषयलाई लिएर पाँचखाल नगर प्रमुख महेश खरेलले प्रेस विज्ञप्ति जारी गर्दै उल्लेख गर्नुभएको छ — डिपिआर अनुसार पहिलो चरणमा २३ करोडको कार्य गर्ने भन्ने छ । सो कार्य स्वीकृतिको लागि उद्योग मन्त्रालय र अर्थमन्त्रालयमा प्रकृया अगाडि बढेको छ । अर्थमन्त्रालयबाट बजेटको सुनिश्चितता गरेपछि मात्रै डिपिआर अनुसार इ टेण्डर हुन्छ । तर प्रोजेक्टको विषयमा केही थाहा नभई टेन्डर परिसकेको आफ्नैलाई टेन्डर दिइसकेको भन्ने झुटा प्रचार बाजीले महिला उद्यमीहरूलाई पछाडि धकेल्न खोज्नु हो । मिडियाको दुरुपयोग गरेर पाँचखाल नगरपालिका तथा समग्र महिलाहरूको विकासलाई नकारात्मक प्रभाव पार्ने ढङ्गको प्रयास नगर्नु होला । उल्लेख छ ।

    पाँचखाल र आसपासका महिलाहरूलाई उद्यम क्षेत्रमा स्थापित गराउनका लागि पाँचखाल नगर प्रमुख खरेलको पहलमा २०७८ मा हरित महिला ग्रामको अवधारण ल्याइएको थियो । ‘महिलालाई नयाँ सीप‚ औँद्योगिक पार्कलाई इको (पर्यावरणीय) पर्यटन‚ उत्पादन क्षेत्र र सूचना तथा प्रविधिमा विभाजन गरेर तीन भागमा व्यवस्थित गराउँदै लाने तयारी भएको छ । स्थानीय कच्चा पदार्थ र कृषिमा आधारित ५० वटा साना उद्योग स्थापना ‚ २५ स्टार्ट र २५ वटा अन्य उद्योग रहने तयारीका साथमा पार्कसम्म पुग्ने बाटो कालोपत्रे हुनुका साथै अन्य आवश्यक पूर्वाधार पनि निर्माण भइरहेको छ ।

    पार्कका लागि पाँचखाल नगरपालिकासँग एक सय रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिइएको छ । यसअघि पाँचखाल नगरपालिकाको सहयर्कामा पार्कको गुरुयोजना‚ विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनको काम भएको छ । पार्क निर्माण पूरा हुन ७२ करोड खर्च अनुमान गरिएको छ । पार्कभित्र सेवा केन्द्र‚ प्रशिक्षण केन्द्र‚ गोदाम‚ कोल्ड स्टोरेज‚ मार्केटिङ प्लेटफर्म‚ कृषि उत्पादनको प्याकेजिङ‚ प्रशोधन‚ सुकाउने र ग्रेडिङसँग सम्बन्धित मेसिनरी व्यवस्था गरिनुका साथै उत्पादित सामग्रीको बजारीकरणलाई अन्तर्राष्ट्रियकरण गरिने तयारीका साथ अगाडि बढेको छ ।

    यस्तो छ प्रमुख खरेलबाट जारी विज्ञप्ति

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार