२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

बजेट केन्द्र र प्रदेशले गुटुमुट्याउदा समस्या भएको छ —खरेल (भिडियो सहित)


२०२५५ पाठक संख्या
  • २०८० पौष २४, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । “तपाईहरु शिक्षा मन्त्रालय जानोस् ‚ मन्त्रालयको कानुनले गुठी अन्तरगत सञ्चालन भएको विद्यालयलाई स्थानीय तहबाट शिक्षक दरबन्दी दिन मिल्ने रहेछ भने २/४ वटा प्रावि दरबन्दी उपलब्ध गराउँला ।”

    उक्त भनाई पाँचखाल नगरपालिका प्रमुख ( मेयर) महेश खरेलले पाँचखाल नगरपालिका वडा नं ६ ढुन्गाना बेसीमा ३६ वर्ष अगाडि देखि गुठीको माध्यमबाट सञ्चालन हुँदै आएको नवप्रतिभा माध्यमिक विद्यालयको ३६ औं वाषिर्कोत्सव एवम् एसईई २०७९ समुह सम्मानित कार्यक्रममा बताउनु भएको हो ।

    कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख खरेलले कार्यक्रमको उद्घाटन गर्दै भन्नुभयो मलाई झुटो बोल्ने संस्कार मेरो पिता जि राजेन्द्र खरेलले सिकाउनु भएको छैन ‚ त्यसैले भुटो बोल्दिनँ । त्यसैले शिक्षा मन्त्रालयलको कानुनले मिल्छ भने दरबन्दी उपलब्ध गराउँछु तर मावि दरबन्दी सम्भव छैन प्रा.वि उपलब्ध गराउन प्रयास गर्छु ।

    नगरमा रहेको एकमात्र गुठी विद्यालयको संरक्षण गर्ने हाम्रो पनि दायित्व हो तर बजेट जति अजिङ्गरले गुटुमुटु पारे जसरी केन्द्र र प्रदेशले राखेको छ त्यसो गर्दा आवश्यक रहँदा रहँदै पनि विद्यालयको संरचनाहरू निर्माण तथा मर्ततमा भनेजति बजेट व्यवस्था गर्न नसकेपनि धेर थोर व्यवस्था गर्ने बताउनु भयो । कति उपलब्ध गराउने भन्ने विषयमा कार्यपालिकाबाट निर्णय गराउने बताउनु भयो । राज्यले प्रत्तेक विद्यार्थीलाई ८ हजार खर्च गर्छ तर बजेट परिचालनमा सबै प्रकारको विद्यालयलाई भेदभाव रहित ढंगले कार्य गर्ने हो र शिक्षामा राज्यले गर्ने लगानी स्थानीय तहमार्फत गर्ने हो भने आवश्यकताको पहिचान गरी बजेट विनियोजन गर्दा शिक्षाको गुणस्तरमा सुधार आउने ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि खरेलले थप्नुभयो “ हामी जनप्रतिनिधि हरूलाई जनताले सोचे अनुसारको काम नहोलाकी भन्ने डर छ ‚ साथै जनताको पक्षमा काम गर्न कर पनि छ ‚ हामी कामको लागि जनताको मत खाएका छौं ।” उपस्थित अभिभावक तथा एसईई २०७९ समुहका सम्मानित विद्यार्थीहरूलाई लक्षित गर्दै भन्नुभयो “हतारमा छोरीको विवाह नगर्नुहोला छोरीलाई पूर्ण रुपमा शिक्षा प्रदान गर्दै सक्षम बनाउनोस् तव विवाह गर्नुहोस् । त्यसो गर्दा विवाह पश्चात छोरीको दुःख नभई सुखै सुख मात्र हेर्न पाइने बताउनु भयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरजकुमार पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सरोज न्यौपानेले विद्यालय स्थापनाकाल देखिको साथै भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो । विद्यालय सञ्चालनको क्रममा एसएलसी तथा एसईई नतिजामा जिल्लामा उत्कृष्टता हासिल गर्दै आएको ‚ न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरेको स्थापना कालबाट हल सम्मको अवस्थामा ४ सय १५ जनालाई एसएलसि तथा एसईई उर्तिण गराउन सफल भएको । ४ जना विद्यार्थीले इन्जिनियरिङ् विषयमा दक्षता हासिल गरिसकेको १० जना निजामती सेवामा कार्यरत ‚ ४२ जनाले उच्च शिक्षा अध्ययन पुरा गर्न सफल भएको प्रिन्सिपल न्यौपानेले जानकारी गराउनुभयो ।

    वाषिर्कोत्सव कार्यक्रममा पाँचखाल नगरपालिका उपप्रमुख सुर्य माया दनुवार‚ शिक्षा शाखा प्रमुख उदय कोइराला‚ सार्वजनिक शैक्षिक गुठी विद्यालय सघ नेपालका केन्द्रीय सचिव अन्जित कुमार श्रेष्ठ‚ कोषाध्यक्ष जयराम गोर्खाली‚ प्याब्सन काभ्रेका अध्यक्ष श्यामबहादुर भुजेल‚ गुठी सञ्चालक अध्यक्ष ईश्वरी राजकुमार मैनाली‚ पूर्व प्रिन्सिपल बैकुण्ठ न्यौपाने‚ अक्षयकोष दाता एवं संस्थापक रामहरी आचार्य‚ संस्थापक प्रिन्सिपल एवं अक्षयकोष दाता उद्धव थापा‚ जोरपाटी माविका विव्यस अध्यक्ष सरोज धिताल लगायतका ब्यक्तिहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

    विद्यार्थी आयुष्मा न्यौपानेको स्वागत मन्तव्य राखी सुरु भएको उक्त कार्यक्रममा कार्यक्रममा विद्यार्थीहरूले सन्देश मूलक नाटक नृत्य तथा गीत सहित रचनात्मक कृयाकलाप प्रस्तुत गरेका थिए । एसईई २०७९ समुहका विद्यार्थीहरूलाई सम्मान सहित बिदाई गरिएको कार्यक्रममा विद्यालयमा उत्कृष्ट विद्यार्थीहरू कक्षा ६ का छात्र श्रवण राई र कक्षा ९ की छात्रा प्रतिज्ञा पौडेल ‚ अक्षयकोष दाता रामहरी आचार्य ‚ उद्धव थापा ‚ दिलिप थापा ‚ वर्ष शिक्षक तफर् शिक्षिका विमला तिमल्सिना   लाई सम्मान गरिएको थियो भने अक्षयकोष दाताको तफर्बाट एसईई उर्तिण छात्रा प्रसना गौतम र छात्र दिवस पन्तलाई सम्मान गरिएको थियो । त्यसैगरी कक्षा ४ अध्ययन गर्ने छात्रा प्रमिला दनुवार र छात्र सुगम दनुवार ‚ कक्षा ७ अध्ययन गर्ने नीरा दनुवार र अभिषेक चौलागाईँलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ६%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार