२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पाँचखाल नगरको चौधौं नगरसभा सम्पन्न‚ ६ किलोमिटर सुरुङमार्ग निर्माणको लागि पहल गछौं—खरेल


८५८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष २७, शुक्रबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका प्रमुख ( मेयर) महेश खरेलले पाँचखालको दीर्घकालिक विकासको लागि पाँचखालको अनैकोटबाट भक्तपुरको कमलविनायक सम्म टनेल ( सुरुङ मार्ग ) निर्माण गर्ने बताउनु भयो ।

    पाँचखाल नगरको चौधौं नगरसभाको समापन गर्दै मेयर खरेलले उक्त धारणा राख्नुभएको हो । उहाँले थप्नुभयो नगरमा विकास निर्माण कार्य गर्दा दीर्घकालिन ढङ्गको कार्यलाई प्राथमिकतामा राखि नगरको टिम अगाडि बढेको बताउनु भयो । सोहि अनुसार सुरुङ मार्गको योजनालाई अगाडि बढाएको बताउनु भयो ।

    नगरसभाका अध्यक्ष मेयर खरेलले भन्नुभयो पाँचखालको विकास निर्माण कार्यमा आवश्यकताको पहिचान गरेर बजेट निर्धारण गर्ने गरेका छौं । विकास निर्माणमा कुनै दलको चाहना अनुसार नभई पाँचखाल दलको रुपमा अगाडि बढेको ठोकुवा गर्नुभयो । नगरमा रहेको आर्थिक अवस्थालाई आधार मानेर विकास निर्माण गर्नुे हो तर हामी त्यतिमा मात्रै सीमित छैनौ संघ र प्रदेशसँग समन्वय गरेर विकास निर्माणका दीर्घकालिन ढङ्गको कार्य गर्दैछौं र गर्ने छौं ।

    नगरको प्रयासमा सदन शहरी विकास कार्यक्रमको योजना माफर्त काभ्रे जिल्लामै सबैभन्दा बढी बजेट ५० करोड पाँचखालमा ल्याउन सफल भएको मेयर खरेलको तर्क थियो । जुन बजेटबाट नगरका विभिन्न वडाहरूमा रहेका ११ वटा सडकमा कालोपत्रे र ढलानको काम हुदैछ । वडा नं ४ मा ६ करोड लागतमा नगरको पहिलो कभर्ड हल निर्माण हुदैछ । नगरको मात्रै बजेटबाट यति विकास निर्माणको कार्य गर्न झण्डै ५ वर्ष जाग्नेथियो तर शहरी विकास मार्फतको बजेटले गर्दा एकै वर्षमा धेरै विकास निर्माण गर्न सफल रहेको मेयर खरेलले बताउनु भयो ।

    तामाघाट बेहोरे दोभान सडक निर्माणको लागि प्रदेशबाट १४ करोड बजेट विनियोजन भएको छ । त्यति रकमले अपुग हुने देखिएकोले बजेट थप्नको लागि हामिले प्रयास गरेका छौं । पाँचखालको ठुलो विकास निर्माणको कार्य मध्य एक हरित महिला ग्राम हो । सो केही समय अगाडि प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा कार्यलाई अगाडि बढाइएको छ तर केही विकासका विकास विरोधी तत्त्वहरू सल्बलाएको छ । पाँचखाल लाई पछाडि धकेलिन खोज्ने तत्वहरुसंग सावधान अपनाउन जरुरी रहेको मेयर खरेलले वताउनु भयो । सडक निर्माणको क्रममा पोल सार्ने ‚ रुखलाई हटाउने कार्य गर्न अन्यत्र भए ६ महिना लाग्ने कार्य हामिले एकै दिनमा सकेका छौं । निर्वाचित जनप्रतिनिधिको बिचमा भएको एकताले गर्दा पाँचखालमा विकास निर्माण कार्यले फड्को मारेको मेयर खरेलले बताउनु भयो ।

    नगरका उपमेयर सुर्य मायाँ दनुवारले चालु आ.व २०८० पौस सम्मको समग्र प्रगति तथा न्यायिक समितिको प्रगति प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा वडा नं १ का वडा अध्यक्ष जय बहादुर लामा ‚ वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल ‚ वडा नं ७ का वडा अध्यक्ष राम शरण दंगाल ‚ वडा नं १० का वडा अध्यक्ष नारायण सापकोटाले नगरको विकास निर्माणको बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।  पाँचखालको १४ औं नगरसभाबाट बन विधेयक र नगर प्रहरी विधेयक पारित भएको छ भने आर्थिक ऐन र विनियोजन ऐन संसोधन सौहार्द ढंगबाट पारित भएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार