२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

पाँचखालको युवाको अकालमै गयो ज्यान, एकैठाउमा बसेर खाने ५ मध्य १ कको मृत्यु  ४ प्रहरी खोरमा


७३८४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ १३, शनिबार मा प्रकाशित ३ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ६ घर भएका २२ बषिर्य युवा सलिन दनुवारको मृत्यु भएको छ ।

    पठाऔ सेवामा काम गर्दै आएका सलिन माघे संक्रान्ति मनाउन घर आएका थिए । केहि दिन घरमा आराम गरेका उनी छालामा आएको एलर्जीको उपचारको लागि ११ गते बिहान धुलिखेल अस्पताल हिँडेका बेलुका ९ बजे सलिनको बुबालाई बनेपा स्थित शिर मेमोरियल अस्पतालमा चिन्ताजनक अवस्थामा रहेको खबर आयो । मृतकका वुवा तत्काल अस्पताल पुगे तर उनी पुग्नु अगावै चिकित्सकले मृत घोषणा गरिसकेको रहेछ ।

    इलाका प्रहरी कार्यालय बनेपाको प्रारम्भिक अनुसन्धानको क्रममा गाँजा लगायतका लागू औषध सेवनको कारण मृत्यु भएको हुन सक्ने आशंका गर्दै सूक्ष्म ढंगबाट अनुसन्धान प्रकृया अगाडि बढाएको छ । प्रहरीको अनुसन्धानको क्रममा बनेपा वडा नं ६ बुडोल स्थित शैलेश अधिकारीको घरमा मृतक दनुवार सहित ५ जनाले गाँजा लगायत लागू औषध सेवन गरेको जनाएको छ ।

    ५ जना मध्य सलिनको मृत्यु भयो ‚ अन्य ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ । जसमा साविक पाँचखाल वडा नं ३ घर भई हाल बनेपा वडा नं ६ मा रहेको घरमा बस्दै आएका ( घरवेटी ) शैलेश अधिकारी ‚ पाँचखाल नगरपालिका वडा नं ६ मावलीमा बस्दै आएका संजय तिमल्सिना ‚ बनेपा नगरपालिका वडा नं ६ बस्ने रविन्द्र सुवेदि र बनेपा वडा नं ६ बस्ने सुनिल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारवाही अगाडि बढाएको छ । बाहिरी रुपमा कुनै निलडाम तथा घाउ देखिन्न ‚ भित्री रुपमा के छ भन्ने पोस्ट मार्टमले प्रस्टिन्छ साथै सूक्ष्म ढंगले अनुसन्धान गर्छौ तव मात्रै थाहा हुन्छ मृत्युको कारण अहिलेनै यसै भन्न सकिन्न ‚ गाँजा लगायत लागू पदार्थ ओभरडोजको कारणले पनि मृत्यु हुन सक्छ इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रनाउ लालध्वज सुवेदीले बताउनु भयो ।

    प्रारम्भिक अनुसन्धान पश्चात शवलाई पोस्ट मार्टको लागि १२ गते ३ : १० बजे मा धुलिखेल अस्पताल पुर्याएको थियो । पोस्टमार्टको जिम्मेवारी पाएका चिकित्सकले १० मिनेट ढिला भएको भन्दै पोस्ट मार्टम गर्न नमानेपछि दाह संस्कारको लागि घाटमा जम्मा भएकाहरू घर फर्किएका छन् । जसको कारण पीडामा भावविह्वल भएका गाउँलेहरू थप पीडामा परेका छन् । यसै विषयमा पोस्ट मार्टमा लागि अस्पताल पुग्नुभएका पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले धुलिखेल अस्पतालले मानवीयता गुमाएको बताउनु भयो । उहाँले थप्नुभयो १० मिनेट ढिला हुँदा पोस्ट मार्टम गर्न सक्दिनँ भन्नु मानवीयता हैन । विगत बनेपा शिर मेमोरियलमा साँझ ७ बजे पनि पोस्ट मार्टम हुन्थ्यो ‚ धुलिखेलले पीडामा थप पीडा दियो ‚ जिल्ला समन्वय र जिल्ला प्रशासनमा कुरा गरेर शिर मेमोरियलमा पनि व्यवस्था नगरे जनताले दुख पाउने बताउनु भयो । मृत्यु भएको तेस्रो दिन आज ( शनिवार) पाँचखाल स्थित तामे्रश्वर घाटमा १२ बजे अन्तेष्ठि हुने पारिवारीक स्रोतले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%१%४%३८%३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार