२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सिंह दरवार गाउँगाउँमा आएको भन्नुमात्रै हो अधिकार पुरानैमा  ‚ हरित औद्योगिक ग्रामको लागि १२ करोड स्वीकृत भएको छ—खरेल ( भिडियो सहित )


१३९६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ १५, सोमबार मा प्रकाशित ३ महिना अघि
  • आई.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरका प्रमुख महेश खरेलले नगरमा रहेका ५५ वटा सामुदायिक बनका अध्यक्ष तथा पदाधिकारीले राम्रो काम गर्न नसक्ने हो भने राजिनामा दिएर बाहिरिन सुझाव दिनुभयो ।

    पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको काजीको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समुहको २२ औं साधारण सभाको उद्घाटन गर्दै आज ( सोमबार ) पाँचखाल प्रमुख खरेलले उक्त धारणा राख्नु भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि खरेलले भन्नुभयो —पाँचखाल नगरमा ५५ वटा सामुदायिक वन छन् ‚ सो बनहरुमा फलफूल तथा जडिबुटीका बिरुवाहरू वृक्षारोपन गर्ने जसबाट नगरलाई आम्दानी हुन्छ । अबको तीन वर्ष देखी पाँचखालमा रहेका सामुदायिक बनहरुबाट बाषिर्क कम्तिमा १३ करोड आम्दानी हुन्छ । सो रकमले गर्दा नगरको विकासको लागि थप टेवा मिल्छ । नगरको तफर्बाट अगाडि बढाइएको मिसनलाई साथ दिदै काम गर्न सकिँदैन भने पाँचखाल नगरको सम्पत्तिमा उपभोक्ता समितिले ओगटेर बस्न उचित रहन्न ।

    सामुदायिक वनमा राम्रो काम गर्नको लागि जति सुकै लागोस हामी दिन तयार छौं । नर्सरी बनाउनुहोस् या फलफूलका बिरुवा ‚ जडिवुटिको बिरुवा दिन पनि तयार छौं तर वनमा लगाएको बिरुवाहरू हुर्काउने जिम्मा उपभोक्ता समितिको हो । वनमा गर्ने राम्रा कामको लागि पाँचखालमा रहेका विद्यार्थीलाई पनि परिचालन गर्न सकिन्छ । विद्यार्थी शिक्षक ‚ समाजसेवी ‚ जनप्रतिनिधिहरू सबै मिलेर प्रत्तेक वडामा बाषिर्क १ करोड आम्दानी गर्ने लक्षका साथ अगाडि बढ्नुपर्ने प्रमुख अतिथि खरेलले बताउनु भयो । सामुदायिक वनबाट राम्रो आम्दानी गर्न सक्दा विकास निर्माणको लागि मेयर ‚ वडा अध्यक्षकोमा धाउनै पर्दैन ।

    सिंह दरवार गाउँगाउँमा आएको भन्नुमात्रै छ अधिकार जति उही पुरानै सिंहदरवारमै छ । देशका अरु महिला औद्योगिक ग्रामरका लागि ४ करोड बजेट हुँदै गर्दा पाँचखालको हरित महिला औद्योगिक ग्रामको लागि १२ करोडको कार्यविधि स्वीकृत भएको छ । जुन बजेटको लागि अर्थमन्त्रालय हुँदै विहीवार बस्ने क्याबिनेट बाट निर्णय गराउनको लागि फाइल बोकेर हिँड्दै छु । खरेलले थप्नुभयो ।

    काजीको तथा धैरेनी सामुदायिक वनका अध्यक्ष दल बहादुर श्रेष्ठको सभा ध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष राम शरण दुलाल ‚ डिभिजन वन कार्यालय पाँचखालका प्रमुख हरि चन्द्र तिमल्सिना  ‚     वन उपभोक्ता महासंघ प्रदेश सदस्य राजेन्द्र सापकोटा ‚ सञ्चार कर्मी ईश्वरी राजकुमार मैनाली ‚ काजीको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समुहका पूर्व अध्यक्ष शिवहरी पराजुली ‚ सल्लाहकार रण बहादुर बोहरा ‚ सल्लाहकार एवं नेपाल रेडक्रस सोसाइटी पाँचखाल उपशाखाका सचिव झम्क प्रसाद गौतम ‚ नव प्रतिभा मा.विका प्रिन्सिपल सरोज न्यौपाने लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    भोजराज पन्त द्वारा सञ्चालित उक्त कार्यक्रममा काजीको तथा धैरेनी सामुदायिक वन उपभोक्ता समुहका सदस्य बद्री भुषण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव गीता तिवारीले प्रगति विवरण एवं भावी योजना प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सचिव सोनाम छिरिङ्ग लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार