२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

पाँचखालको तरकारी ग्राण्डी भिल्लामा लुटालुट 


३०९६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ २२, सोमबार मा प्रकाशित २ महिना अघि
  • आई.आर.के.मैनाली 
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका प्रमुख महेश (मेयर) खरेलले कृषि नगरीको रुपमा अगाडि बढेको पाँचखाल नगरका कृषकहरूको हितको खातिर लवग्रीन नेपालसंग सहकार्य गरी अगाडि बढेको बताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ५ जोगी थुम्कामा २०८० भदौ ११ गते देखि माघ १३ गते सम्म सञ्चालित जोगी थुम्का आइ.पि.एम कृषक पाठशालाको समापन कार्यक्रममा पाँचखाल नगरपालिका मेयर महेश खरेलले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि मेयर खरेलले कृषि कर्मको लागि पहिलो माटोलाई गुणस्तर बनाउनु पर्ने हुन्छ सोही अनुसार परिक्षण गर्ने कार्य भएको छ । कृषकले उत्पादन गरेको गुणस्तरीय तरकारीको लागि बजार व्यवस्थापन गर्ने विषयमा नगरपालिका अगाडि बढेको बताउनु भयो । आई.पि.एम तरिकाबाट उत्पादन भएको तरकारी पाँचखाल नगरको अगुवाइमा सञ्चालन भएको बजारमा बिक्री गर्दा काठमाडौंको भन्दा बढि मूल्य पाउने बताउनु भयो । कृषकलाई कृषिमा आकर्षण गराउनको लागि नगरको तफर्बाट के कस्तो नीति बनाउन पर्छ नगरपालिका तयार छ । मेयर खरेलले बताउनु भयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी अधिकृत नारायण प्रसाद ज्ञवालीले भन्नुभयो “ आई.पि.एम तरिकाबाट पाँचखालमा उत्पादन भएको ताजा तरकारी काठमाडौँको बजारमा लानोस् खोसाखोस भएर बिक्री हुन्छ ।” काठमाडौँमा हामीले राखेको तरकारी बिक्री केन्द्र ग्राण्डी भिल्लामा माग अनुसारको तरकारी पुर्याउनै सकिएको छैन , त्यहाँ पुग्ने वित्तिकै लुटालुट हुन्छ । पाँचखालमा उत्पादन भएको तरकारीमा विषादि नहुँदा छवि निकै राम्रो भएको छ त्यसकारण तरकारी लुटालुट भएको हो । हामी कृषि अन्तरगत तरकारी खेतीमा मात्रै हैन पशु व्यवसायको लागि समेत सघाएका छौं थप सघाउने छौं । पैसा कमाउनको लागि पाँचखालका कृषक अव विदेश पलाएन हुनु पर्दैन ‚ कृषिको माध्यमबाट यही राम्रो मौका आएको छ । हामी तरकारी बजारको व्यवस्था सासै तरकारी टोरेजको लागि कोल्ड स्टोरको समेत व्यवस्था गर्ने योजना रहेको कार्यकारी अधिकृत ज्ञवालीले भन्नुभयो ।

    जोगि थुम्का आइ.पि.एम कृषक पाठशाला समुहका अध्यक्ष राम लाल श्रेष्ठको सभापतित्व एवं कृषक समुहका सदस्य जयराम बानियाँले सञ्चालन गर्नुभएको समापन कार्यक्रममा‚ कृषक पाठशाला उपाध्यक्ष अनिता गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष सिताराम ढुंगाना ‚ सञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली ‚ कृषक कृष्ण बहादुर अधिकारी लगायतका वक्ताहरूले आ—आफ्नो धारणा राख्नुभएको थियो । सहभागीहरू मध्यबाट श्री तामाङ ‚ सन्तोष पौडेल ‚ सरिता तामाङले २३ हप्ता सम्म सिकेको कुराहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

    पाँचखाल र आसपासको क्षेत्रलाई प्राथमिकतामा राख्दै ३० वर्ष अगाडिबाट सञ्चालनमा आएको लव ग्रीन नेपाल नामक संस्थाले एक पछि अर्को गरी स्थानियको हितको खातिर उपलब्धीहरूको चाङ लगाउने कार्यमा सफल भएको छ । लव ग्रीन नेपाल नामक संस्थाले पाँचखाल र आसपासको क्षेत्रको मुहार फेर्ने जुन उद्देश्य थियो सोको सुरुवात हरियाली विस्तारलाई प्राथमिकतामा राखेर अगाडि बढ्यो । जुन समयमा पाँचखाल र आसपासका स्थानहरूमा रहेका सामुदायिक वन तथा निजी जमिन फुङ्ङ उडेको सुख्खा साथै हरियाली विहीन थियो । कृषकहरूले घाँस दाउराको अभावमा निकै पिरोलिएका थिए । काँडा कुडि बटुलेर खाना बनाउने तथा घरपालुवा चौपायालाई कुडो पकाउने गर्दैथिए । दाउराको अभावमा मकैको ढोड समेत खाना बनाउने काममा प्रयोगमा ल्याउन वाद्य थिए ।

    जव लव ग्रीने सुरुको समयमा हरियाली विस्तारमा अग्रसरता देखायो जसलाई निरन्तरता दिदै जाँदा केही वर्षमै हरियालीले ढकमक्कै जमिन साथै डाले घाँस र दाउराको लागि सहज हुँदै गयो । वृक्षारोपण निरन्तरता दिदै जाँदा हालको अवस्थामा घाँस र दाउराको समस्या छैन पाँचखालमा । विगतमा दाउरा नपाएर निकै छटपटाएका कृषकहरूले कहिल्यै बिर्सन सक्दैनन् लव ग्रीनलाई । समयको माग सँगै जेहनदार विद्यार्थीहरूलाई छात्रा वृत्ति , जीर्ण विद्यालयहरू पुन निर्माण , पानीको व्यवस्था , महिलासँग सम्बन्धित सहकारी भवनहरू निर्माण , सार्वजनिक स्थानहरूमा फूलबारी निर्माण , पशु , कृषि र कृषकको हितको खातिर निरन्तरता साथै वातावरण संरक्षणको लागि पाँचखाल र आसपासको क्षेत्रको बरदान सावित भएको छ लव ग्रीन ।

    पछिल्लो समयमा आएर संस्थाले पाँचखालको वातावरणको संरक्षण तथा माटो सुधारमा भूमिका निर्वाह गरिरहेको छ । कृषकहरूका लागि भकारो सुधार , पशुहरूका उपचारमा सघाउँदै मासु र दूधमा आत्म निर्भर बनाउने कार्य गर्दै गर्दा माटो सुधार तथा जैविक खेतीको लागि अग्रसर रहँदा कृषकहरू दङ्गदास रहेका छन् । लव ग्रीन नेपालले कृषिको क्षेत्रमा अग्रसरता देखाउँदा माटोमा सुधार , उत्पादन वृद्धि , लागत खर्चमा कमी भएको छ । जैविक तरिकाबाट पाँचखालमा उत्पादन हुने ताजा तरकारीहरूमा विषादीको मात्रा नहुनेले गर्दा पाँचखालको तरकारीको माग बढेको छ । जुन उपभोक्ताले आफ्नो स्वास्थ्यको बारेमा चासो राख्छन् उनीहरूले विषादीको अवशेष नभएको तरकारी भान्सामा लानु स्वभाविक हो ।

    संस्थाले कृषकहरूलाई आईपीएम तरिकाले तरकारी खेती गर्न सिकाए पछि कृषकहरूले सोही मार्ग पहिल्याएका छन् । तर सो तरिकाबाट उत्पादन गरेको तरकारीका पहिचान कायम गर्नाको साथै बजार व्यवस्थापनको लागि संस्थाले पहल गरेको छ । जस जसअनुसार उपत्यकाको बिभिन्न स्थानहरूमा बिक्री केन्द्रको व्यवस्था गरिएको छ । जस मध्य ग्राण्डी भिल्ला काठमाडौं आईपीएम तरकारी पाउने स्थानको रुपमा चर्चा हुन थालेको छ ।

    पाँचखालमा ताजा तरकारी मात्रै नभएर व्यवसायिक रूपमा लव ग्रीनको प्राविधिक सहयोगमा अहिले कृषकहरूले आईपीएम तरिका अपनाएर गाजर खेती विगत २÷३ वर्ष देखि गर्न थालेका छन । जसबाट कृषकहरूले राम्रो आय आर्जन गर्न सफल भएका छन् । पाँचखालमा उत्पादित आई.पि.एम. तरकारीको बजारीकरणका लागि हालको लागि १४ जना नमूना अगुवा कृषकको व्यवस्था गरिएको छ । जसबाट काठमाडौं स्थित पशुपति तरकारी बजार , नयाँ बानेश्वर , अर्गानिक भेन्चर , टोखा , रैथाने कृषि प्रोडक्ट लगायतका स्थानहरूमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
    त्यसैगरी कृषकहरूलाई व्यवसायिक रुपमा कफी खेती गराउने तरखरमा रहेको छ लव ग्रीन । लव ग्रीनले पाँचखाल नगरपालिका सँग सहकार्य गरी कफी खेतीका लागि आवश्यक तालिम , प्राविधिक सेवा उपलब्ध गराउने र बिरुवामा ५० प्रतिशत अनुदान दिने तयारी गरेको छ । संस्थाले बाली उपचार शिविर सञ्चालन गरी रोगकीरा लागेका बालीहरूको नमुना जाँच गर्ने कार्य समेत गरेको छ । शिविरमा आलु , काउली , बन्दा , प्याज , लसुन , गोलभेडा , रायसँग र कागतीमा देखिएका रोग तथा कीराहरूको पहिचान गरी उपचार विधि सिकाइएको थियो ।

    एक पछि अर्को सफल गर्दै आएका लव गीनले देखाएको मार्ग पहिल्याउँदै जाँदा पाँचखालका कृषकहरू आत्मनिर्भर हुन सकेका छन् । जसको कारण अन्यत्रको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या न्यून रहेको छ । बजारको केही समस्या भोग्दै आएका कृषकहरू अबको दिनमा बजारको पनि व्यवस्था लव ग्रीनले मिलाइदिने संकेत देखापरेपछि थप हौसला मिलेको छ । यसै विषयमा अगुवा कृषकहरूको भनाई रहेको छ “ कृषकको लागि भावी बनेर आएको छ लव ग्रीन , उहाँहरूले सिकाएको तरिकाले खेती गर्दा लागत कम आम्दानी बढी छ ।” उत्पादन त भयो हामीले उत्पादन गरेको ताजा तरकारी आईपीएम तरिकाको हो भन्ने पहिचान पाएको थिएन । अबको दिनमा समस्या नहोला किनकि लव ग्रीन नेपाल आफै कृषकको समस्याको विषयमा अग्रसरता छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार