२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

पाँचखाललाई लागेको दाग मेटाउने कार्य भएको छ—खरेल


१३४६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ २६, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । कृषि नगरीको रुपमा परिचित काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा उत्पादन हुने ताजा तरकारीहरू आई.पि.एम तरिकाले उत्पादन हुन सुरु भएको छ ।

    ताजा तरकारी खाएर स्वास्थ्य रहन चाहने आम उपभोक्ताहरूको सोचाई लाई मध्यनजर राख्दै बिषदी रहित ढङ्गको तरकारी उत्पादन हुन थालेको हो । पाँचखालमा आइ.पि.एम तरकारी उत्पादन हवको रुपमा विकास गर्ने उद्देश्यले विगत ६ वर्षदेखि निरन्तर रुपमा लवग्रीन नेपाल नामक संस्थाले कृषकको खेतमा मात्रै नभएर कृषि प्राविधिकको साथमा घरघरमा समेत पुगेर विषादि रहित तरकारी उत्पादन गर्ने तरिका सिकाउँदै आएको थियो ।

    ३० वर्ष देखि पाँचखाल र आसपासको क्षेत्रमा कार्य गर्दै आएको उक्त संस्थाले पछिल्लो एक दशकदेखि कृषि तथा पशुमा समेत योगदान गर्दै आएको थियो । पाँचखाल र आसपासका विभिन्न स्थानमा कृषक पाठशाला सञ्चालन साथै कृषकको खेतबारीमा सयौँ प्रदर्शनी कक्षको व्यवस्था गरी कृषकहरूले अपनाउंदै आएको खेती तरिका र आइ.पि.एम तरिकाले गर्ने खेतीमा देखिएको भिन्नताको पहिचान समेत गर्ने कार्यहरू गर्दै आएको छ ।

    कृषक तरिकाबाट गरिने खेतीमा अनावश्यक मात्रामा रासायनिक मल ‚ विषादीको प्रयोग गर्दा उत्पादनमा कमी लागतमा बढी भएको पुष्टि भएको छ । आई.पि.एम तरिकाले गरिने खेतीमा लागत खर्चमा कमी उत्पादन वृद्धि हुनाको साथै स्वच्छ विषादि रहित तरकारी उत्पादन हुने गरेको छ । जसका कारण पाँचखालका कृषकहरू आई.पि.एम तरिकाले खेती गर्दै अगाडि बढ्दै उपभोक्ताहरूलाई विषादि रहित स्वच्छ तरकारी उपभोग गराउन सकेकोमा हषिर्त छन् । लवग्रीन नेपालले सञ्चालन गरेको कृषक पाठशालाबाट हासिल गरेको ज्ञानले गर्दा हामी आत्मनिर्भर हुन पुगेको कृषकहरूको तर्क रहेको छ ।

    यसैगरी पाँचखाल वडा नं ३ मा २३ हप्ता सम्म सञ्चालन भएको जागृति आइ.पि.एम कृषक पाठशाला समापनको क्रममा पाँचखाल नगरका प्रमुख (मेयर) महेश खरेलले भन्नुभयो “ लवग्रीनले आयोजना गरेको कृषक पाठशालामा सहभागीहरूले तालिम मात्र नभई पाँचखाललाई लागेको दाग मेटाउने कार्य गर्नुभएको छ । ” एक दशक अगाडि पाँचखालमा उत्पादन भएको तरकारीमा विषादीका मात्रा बडी छ भन्ने दाग लागेको थियो । त्यो दाग वास्तवमा सत्यता नभएपनि केही नतृत्वले दुष्प्रचार गरेकै हुन् । तर आजको अवस्थामा आइपुग्दा आइ.पि.एम तरिकाले तरकारी उत्पादन हुँदा पाँचखालको तरकारी चौतफिर्रुपमा माग बढेको छ । पाँचखालमा आई.सिप.एम अभियानमा १ हजार कृषक पुगेका छन् । हामी देखा सेखी गर्न सक्षम छौं ‚ सोही आधारमा अभियानमा सहभागि कृषकको देखा सेखी गर्दा पाँचखाल आइ.पि.एम मय हुन्छ खरेलले भन्नुभयो ।

    कार्यक्रममा पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारीले भन्नुभयो “पाँचखालमा उत्पादन हुने तरकारी आई.पि.एम तरिकाबाट उत्पादन गर्नको लागि मैले र वडाको तफर्बाट सघाउन तयार छु । ” कृषिमा बेकामे खर्च गर्ने गरेका रहेछौं भन्ने कुरा राम्रोसँग बुझियो । यति राम्रो तरिका कृषक पाठशालाबाट बुझ्ने मौका पाउँदा पाँचखालमा उत्पादन हुने तरकारी स्वस्थ हुँदा स्वच्छ तरकारीले स्वास्थ्यमा फाइदा हुने छ । म केटाकेटी हुदा नै सुनेको थिए लवग्रीनले पाँचखालको लागि निकै राम्रो काम गरेको छ । आज मैले प्रत्यक्ष रुपमा हेर्दै छु कृषिको क्षेत्रमा भएको आमूल परिवर्तन । वडा अध्यक्ष अधिकारीले भन्नुभयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी अधिकृत नारायण प्रसाद ज्ञवालीले भन्नुभयो —आइ.पि.एम तरिका धेरै महत्वपूर्ण छ जुन वैद्यीक कृषिमा समेत उल्लेख भएको रहेछ । कसरी रोग किरालाई भगाउने ? कसरी हाम्रा ओरिपरि भएका औषधिका गुण भएका वनस्पति हरूलाई चिनेर सदुपयोग गर्दै बाली बिरुवालाई जोगाउने भन्ने विषय हाम्रो वेदमा समेत उल्लेख भएको पाइन्छ । कृषि कर्ममा प्रकृतिक कुराहरू निकै महत्वपूर्ण छ ‚ विगतमा अन्जानमा रासायनिक मल तथा विषादि बढी प्रयोग गर्दा खेतिपातीमा नकारात्मक असर पर्यो । माटो बिग्रियो त्यसैलाई सपार्नको लागि हामी सबै मिलेर प्रयत्न गर्नुपर्ने बताउनु भयो ।

    आईपीएम विधि विश्वमै उत्कृष्ट हो ‚ हामीले स्वहि विधिलाई अवलम्बन गरेर अगाडि बढेका छौं । यो विधिलाई छोडेमा हामीले दुख पाइन्छ । आईपीएम तरिकाबाट उत्पादन भएको तरकारी नबिक्ने कुरै हुदैन । माग अनुसार पुर्याउन गारो हुन्छ । सबै उपभोक्तालाई स्वच्छ तरकारी आवश्यक छ हामी सो उपलब्ध गराउनेछौँ । कृषकको हितको लागि पाँचखालमा शीत भण्डार आवश्यक छ ‚ जुन पुरा गर्नको लागि पाँचखाल नगरसंग सहकार्य गर्ने छौं । ज्ञवालीले भन्नुभयो ।

    कार्यक्रममा प्रतिष्ठा कृषि सहकारी संस्थाका अध्यक्ष ज्ञान बहादुर थापाले कृषक पाठशालाले गर्दा आम्दानी बढि खर्च कम गर्ने अवस्था आएको छ । थोरै लागतमा स्वच्छ तरकारी उत्पादन हुन्छ भने त्यो भन्दा सुनौलो अवस्था के नै होला र ? यस्तो राम्रो कार्यको लागि साथ सहयोग दिने लवग्रीन नेपाल पाँचखालको लागि भविष्य निर्माता नै भएको बताउनु भयो । उहाँले थप्नुभयो लवग्रीन नेपालले देखाएको बाटो अवलम्बन गर्दा कृषक धनाढ्य बन्नेमा शङ्कै रहन्न । कृषिको साथै पशुमा समेत योगदान पुर्याएका लवग्रीन नेपालसंग अनुरोध गर्दै थापाले भन्नुभयो “पाँचखालमा पशुपालन गर्नेले बिभिन्न जिल्लाहरुबाट ७ करोडको घुसा (घाँस) ल्याउँछन् सो व्यवस्था पाँचखालमै गर्ने अवस्था आएमा त्यति ठुलो रकम पाँचखाल बाट बाहिरिनबाट जोगिने थियो । सो कार्यको लागि प्रतिष्ठा कृषि सहकारी संस्था अगाडि बढेको छ ‚ पाँचखाल नगरपालिका र लवग्रीन नेपालको साथ आवश्यक भएको बताउनु भयो ।

    जागृति कृषक पाठशालाका अध्यक्ष विमला लामिछानेको सभापतिमा सम्पन्न भएको उक्त समापन कार्यक्रममा २३ हप्ते शिकाईको प्रतिवेदन ध्रुव प्रसाद न्यौपाने र गौरी डोटेलले प्रस्तुत गर्नुभएको थियो । जयराम लामिछानेबाट सञ्चालित उक्त समापन कार्यक्रममा सिकाइ कार्यमा सहभागि अम्बिका गौतम टिमले स्वागत गान प्रस्तुत गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार