२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

फागुन ४ बाट बनेपामा बृहत कृषि महोत्सव हुने, कृषकको क्षेत्रमा नयाँ रक्त संञ्चार गर्न खोजेका हौं—गौतम


११९६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २, बुधबार मा प्रकाशित २ महिना अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको जेठोे नगरपालिका बनेपा नगरपालिकामा आगामी फागुन ४ गते देखी ७ गतेसम्म बृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव हुने भएको छ । कृषि कर्मको लागि निकै राम्रो जिल्लाको रुपमा परिचित काभे्रमा हुने महोत्सवले कृषि कर्म गर्नेहरुका लागि टेवा मिल्नेभएको छ ।

    काभ्रेपलाञ्चोका जिल्ला समन्वय समितिको संयोजन, बनेपा नगरपालिका, कृषि ज्ञान केन्द्र एवं भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, काभ्रेपलाञ्चोकको प्राविधिक समन्वय तथा काभ्रे उद्योग वाणिज्य संघको आर्थिक व्यवस्थापनमा जिल्लास्थित सबै स्थानिय तहको प्रत्यक्ष एवं सक्रिय सहभागितामा महोत्सव सञ्चालन गरिने तयारी रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

    महोत्सवलाई उद्देश्य अनुरुप आयोजना गर्नका लागि जिल्लास्थित कृषिसँग सम्बन्धित अन्य संघ संस्थाहरु जस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, कृषि सहकारी संघ, स्थानिय उद्योग वाणिज्य संघ एंव गैह्र सरकारी संस्थाहरुसँग समेत समन्वय गरि कार्यक्रमलाई थप वृहत बनाउन पहल गरिने भएको छ । महोत्सवको महिमालाइ थप प्रभावकारी गराउन तथा दैनिक रुपमा कृषि पेशा व्यवसायमा संग्लग्न दर्शकहरुको संख्यामा उल्लेख्य सहभागिता अभिवृद्धि गर्न राष्ट्रियस्तरमा ख्यातिप्राप्त एंव अनुभवि कृषि विज्ञान तथा प्रविधि सम्वन्धि विषय विज्ञहरुसंगको अन्तरक्रियात्मक कार्यहरुको समेत आयोजना गरिने भएको छ ।

    काभ्रेपलाञ्चोक तथा आसपासको जिल्लाहरुको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको बनेपा बजार तीन दोवाटो करुणा मार्गमा लगातार चार दिन सम्म सञ्चालन हुने उक्त कृषि महोतसव प्रमुख उद्देश्य भनेको काभ्रेपलाञ्चोक जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउनाको साथै कृषकहरुलाइ हौसला प्रदान गर्नु रहेको आयोजक पक्षले जानकारी गराएको छ । महोत्सवमा कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराइने , कृषकहरुलाई आवश्यक पर्ने प्रविधि उत्पादन सामग्री औजार उपकरणहरुको प्रदर्शनी मार्फत कृषकहरु विषय विकसित नयाँ प्रविधि एवं सामग्री औजार उपकरणहरुप्रति आकर्षण बढाइ उत्पादन लागत घटाउने, कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका दर्शक÷कृषकहरुलाई समेत नयाँ तथा उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने , जिल्लामा उत्पादन हुने बाली एवं पशुपन्छीहरुको व्यावसायिक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राखी व्यावसायिक कृषकहरुलाई उत्कृष्टताको आधारमा कदर गर्दै सम्मान गर्ने रहेको छ ।

    पत्रकार सम्मेलनमा जिल्ला समन्वय प्रमुख दिपक गौतमले भन्नुभयो “बनेपाको तीन दोवाटो देखि प्राधिकरण चोक हुँदै लायकु मञ्च सम्मको स्थान छुट्टै ठाउमा पुगेको अनुभूति दिलाउने ढंगले तयारी गर्दै छौं । ” उहाँले थप्नुभयो —विद्यार्थीको नजरमा कृषि भन्ने प्रतियोगिता समेत हुने छ । यो महोत्सवलाई फरक ढंगको बनाउदै छौं । यो महोतसव काभ्रेपलाञ्चोक जिल्लाको मात्रै नभई नगरपालिका संघ , गाउंपालिका महाँसंघ र जिल्ला समन्वय समिति महाँसंघ मार्फत देशै भरिका ७५३ पालिकाहरुबाट महोत्सव भिजिट गर्दै हेर्दिनका लागि आमन्त्रण गरिरहेका छौं । त्यतिमात्रै नभएर छिमेकी राष्ट्रका एम्वेस्टरहरुलाई बोलाउदै छौं । कृषि महोत्सव गरेर के हुन्छ त भन्ने बिषयमा कौतुहलता होला तर हाम्रो काभ्रेपलाञ्चोक जिल्ला कृषिमा प्रचुर सम्भावना बोकेका जिल्लामात्रै नभएर कृषिमा सम्भावनै सम्भावना बोकेको जिल्ला हो । बनेपामा कृषि महोत्सव सञ्चालन गरेर कृषाको क्षेत्रमा नयाँ रक्त सञ्चार गर्न खोजेका हौं । गौतमले भन्नुभयो ।

    बागमती प्रदेशका जिल्लाहरुमध्ये काभ्रेपलाञ्चोक जिल्ला समग्र कृषि एवं पशुजन्य उत्पादन (खाद्यान्न, तरकारी, दुध तथा मासुजन्य) र बजारमुखी उत्पादनको दृष्टिले अग्रणी जिल्लाको रुपमा मानिन्छ । जिल्लाको प्रमुख खाद्यान्न उत्पादनमा मकै, आलु, धान तथा तरकारी र फलफूल उत्पादनमा समेत उल्लेखनिय स्थान ओगट्ने जिल्लाहरुमा पर्दछ । सुन्तला जातका फलफूल, मह, च्याउ, अलैची, कफी जस्ता नगदे बाली पनि यी जिल्लाहरुमा उत्पादन हुनेगर्दछ । त्यसैगरी पशुजन्य उत्पादनमा दुध एवं मासु जन्य उत्पादन तथा वजारीकरणमा समेत यस जिल्ला प्रदेशका अग्रणी जिल्लाको रुपमा रहेको छ । जिल्लाका यी उत्पादनले आफ्नो आवश्यकता पूरा गरेर अरबौ रुपैयाको कृषि उपजहरु जिल्ला बाहिर समेत निर्यात गरेको पाइन्छ ।

    सञ्चालित विविध कार्यक्रमहरुको माध्यमबाट कोभिड–१९ का कारण उत्पन्न भएको चुनौती र अवसरहरुलाई सामना गर्दै कृषि कार्यको व्यावसायिकरण, यान्त्रीकरण, श्रम परिचालन र आधुनिकिरणमार्फत रोजगारी सिर्जना एवं उत्पादकत्त्व अभिवृद्धि समेत हुँदै गएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा कृषकहरुले उत्पादन गरेका बाली एवं वस्तुहरु एवं उत्पादनका लागि आवश्यक सामग्री औजार, उपकरणहरु तथा विकसित प्रविधि प्रसार सम्वन्धि अन्तरक्रिया सहितको वृहत कृषि महोत्सव आयोजना गर्दा हेर्न आउने दर्शकहरुलाई पनि व्यावसायिक कृषि उत्पादनमा आकर्षित गर्न सकिन्छ ।

    वास्तविकताको आधारमा कृषकहरुद्वारा उत्पादित कृषि उपजहरु तथा आवश्यक सामग्री, औजार, उपकरणहरु प्रदर्शनमा राखेर उनीहरुबीच प्रतिस्पर्धासमेत गराई दर्शकहरुलाई नविनतम् प्रविधिको प्रसारमार्फत उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गर्नका लागि जिल्ला समन्वय समितिको संयोजनमा बनेपा नगरपालिका, जिल्लास्थित कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राविधिक संयोजन तथा सवै स्थानिय तहहरुको प्रत्यक्ष सहभागितामा वृहत काभ्रेपलाञ्चोक कृषि महोत्सव २०८० आयोजना गर्न उपयुक्त हुने हुँदा उल्लेखित सवै निकायहरुसँगको समन्वय एवं सहकार्यमा कृषि महोत्सव कार्यक्रम सञ्चालन गरिनेछ भन्ने बिषय पत्रकार सम्मेलनमा उल्लेख गरेको थियो ।

    कृषकहरुले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजहरुको महोत्सवमा सहभागि गराइ कृषकहरुलाई आवश्यक पर्ने प्रविधि उत्पादन सामग्री औजार उपकरणहरुको प्रदर्शनीमार्फत कृषकहरु विषय विकसित नयाँ प्रविधि एवं सामग्री औजार उपकरणहरुप्रति आकर्षण बढाइ उत्पादन लागत घटाउने, दर्शक÷कृषकहरुलाई प्रोत्साहित गर्न नयाँ नयाँ उन्नत प्रविधिहरु बारे जानकारी गराउनुका साथै नयाँ प्रविधि अपनाई नसकेका दर्शक÷कृषकहरुलाई समेत नयाँ तथा उन्नत प्रविधि अपनाउन प्रोत्साहित गर्ने, जिल्लामा उत्पादन हुने बाली एवं पशुपन्छीहरुको व्यावसायिक उत्पादन, प्रशोधन एवं बजारीकरणका बारेमा कृषकहरु विच जानकारी जानकारी प्रवाह गर्ने, कृषकहरुको मनोवल उच्च राख व्यावसायिक कृषकहरुलाई उत्कृष्टताको आधारमा कदर गर्दै सम्मान गर्ने उद्स्य रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार