२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

पाँचखालमा उज्यालोको चकचकी‚ स्थानीय दंदास 


१०३४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १७, बिहिबार मा प्रकाशित १ महिना अघि
  • आइ.आर.के.मैनाली

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल लगायत बिभिन्न स्थानीय तहहरूमा विकास निर्माणको लागि योगदान गर्दै आएको उज्यालो नेपालले पाँचखालको शिक्षामा आमूल परिवर्तनको लागि एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ ।

    पाँचखालमा विगत लामो समयदेखि विभिन्न विकास निर्माण कार्यमा निकै चकचकी गर्दै स्थानीयलाई दंग पार्न सफल संस्थाले बुधवार पाँचखाल नगरपालिका हलमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि उज्यालो नेपालको आयोजना तथा पाँचखाल नगरको सहकार्यमा  एक दिवसीय कार्यशाला गोष्‍ठी सम्पन्न भएको हो । गोष्‍ठीमा पाँचखालमा रहेका सामुदायिक विद्यालयहरूका प्रधानाध्यापक ‚ विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु ‚ नगरपालिका प्रमुख महेश खरेल‚ उपप्रमुख सूर्य माया दनुवार ‚ शिक्षा शाखा प्रमुख उदय कोइराला ‚ वडा अध्यक्षहरु समेतको सहभागितामा गोष्‍ठी सम्पन्न भएको थियो ।

    उज्यालो नेपालका अध्यक्ष संजय तामाङको सभापतित्व तथा पाँचखाल नगर प्रमुख महेश खरेलको प्रमुख आतिथ्यमामा सम्पन्न उक्त कार्यक्रममा सहभागि शिक्षकहरूको तफर्वाट अजात माविका प्रधानाध्यापक प्रल्हाद प्रसाद तिमल्सिना ‚ सर्वमङ्गला माविका प्रधानाध्यापक जयराम अधिकारी ‚ जोरपाटी माविका विव्यस अध्यक्ष सरोज धिताल ‚ सर्वमङ्गला मावि विव्यस अध्यक्ष दामोदर अधिकारी ‚ गणेश मावि विव्यस अध्यक्ष राजकुमार सापकोटा ‚ भगवती मावि विव्यस अध्यक्ष राम तमाङ ‚ पाँचखाल वडा नं १० का वडा अध्यक्ष नारायण प्रसाद सापकोटा ‚ वडा नं ७ का वडा अध्यक्ष राम सरण दंगाल लगायतका वक्ताहरूले पाँचखालको शिक्षामा सुधार ल्याउनु पर्ने विषयमा आ—आफ्नो धारणा राख्नुभएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख महेश खरेलले विद्यालय व्यवस्थापन समितिमा रहेर राजनीति गर्ने हो भने तुरुन्तै सो पदबाट हट्न निर्देशन दिनुभयो । उहाँले थप्नुभयो शिक्षण संस्थामा रहनेले राजनीतिक आस्थाका आधारमा व्यवहार गर्न नहुने बताउनु भएको थियो । केही विद्यालयका व्यवस्थापन समितिमा यस्तो पनि देखिएको छ जो रात दिन नभनी मेहनतका साथमा काम गरिरहनु भएको छ ‚ उहाँहरु मेरो मनमा बस्नुभएको छ । त्यसैगरी प्रधानाध्यापकहरूले विद्यालयमा राम्रो काम गर्न सक्दैनन् भने ठाउँ खाली गर्नुपर्छ ओगटेर बस्न मिल्दैन । विद्यार्थीहरूलाई अबको समयमा घोकन्ते विद्याले हुदैन अव कमाउ र पडको नीति लिएर अगाडि बढेका छौं ।

    कार्यक्रमका विशेष अतिथि पूर्व गृह सचिव जनार्दन नेपालले भन्नुभयो —पाँचखालको शिक्षामा सुधार ल्याउनु छ । जसको लागि उज्यालो नेपालका अध्यक्ष एवं पाँचखाल नगरपालिकाका प्रवक्ता संजय तमाङ लागि रहनु भएको छ उहाँलाई हामी सबैले साथ दिनु छ । सहभागि शिक्षक तथा विव्यस अध्यक्षहरूलाई संकेत गर्दै भन्नुभयो शिक्षाको सुधारको लागि सुझाव दिनुहोस् सोही आधारमा अगाडि बढ्छौ ।

    कार्यक्रमका विशेष अतिथि शिक्षा विद् प्रा.डा. विद्यानाथ कोइरालाले समय सान्दर्भिक ढङ्गको शिक्षा प्रदान गर्नुपर्ने विषयमा जोड दिनुभयो । उहाँले थप्नुभयो पालिका तथा सरकारले तालिम दिएन भनेर चिच्याउनु भन्दा प्रविधि मैत्री ढंगबाट शिक्षण विधिलाई अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो । शिक्षकले दिने गृहकार्य निकै बेठिक छ ‚ किनकि गृह कार्यले बुद्धि नवडेको धेरै अनुसन्धानले जनाएको छ । कोइरालाले थप्नुभयो ।

    सहभागि शिक्षकहरूले शिक्षकहरूलाई बिगार्ने काम राज्य हाँक्नेहरुले गरेको हो । शिक्षकहरूलाई निष्पक्ष ढंगबाट अध्यापन गराउने वातावरण बन्दैन जवरजस्त राजनीतिमा लगाइन्छ । शिक्षा क्षेत्रलाई हेर्ने आँखा गैर राजनीति हुनुपर्छ जस्ता सुझावहरू प्रस्तुत गरिएको थियो । त्यसैगरी विव्यस अध्यक्षहरूले सामुदायिक विद्यालय बिगार्ने काम राजनीति र शिक्षक संगठन हो । विद्यालय सुधार्न अनुशासन चाहिन्छ शिक्षकमा अनुशासन लगाउन खोजे शिक्षक सङ्गठनले तगारो लगाउँछ भन्ने धारणा राख्नुभएको थियो ।

    सहभागि वडा अध्यक्षहरूले पाँचखालको शिक्षा सुधारको लागि नगर शिक्षा शाखालाई पूर्ण अधिकार दिएको । सो शाखाले गरेको कार्यमा कुनैपनि राजनीतिक हस्तक्षेप भएको छैन । शिक्षकहरूले अध्यापन गराउँदा विद्यार्थीले नपढे के हुन्छ तलब आई हाल्छ भन्ने मान्यता राख्नुभएन । आधुनिक गुणस्तरीय शिक्षा कसरी प्रदान गर्ने विषयमा ध्यान दिनुपर्ने । सरकारी विद्यालयमा अध्यापन गराउने शिक्षकहरूले आफ्नो छोरा छोरीलाई निजीमा पठाउने कार्यले गर्दा अभिभावकहरूको मन जित्न नसकेकोले आगामी दिनमा फरक ढंगबाट फरक शैलीले अध्यापन गराउनु पर्ने सुझाव प्रस्तुत गर्नुभएको थियो ।

    पाँचखाल नगरपालिका अधिकृत सन्तोष पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमका सभापति संजय तमाङले कार्यक्रमको समापन गर्दै भन्नुभयो—पाँचखालमा शिक्षाको क्षेत्रमा मैले विगतदेखि जे जति सहयोग गरे सो भन्दा थप व्यवस्थित गर्न आज अन्तरक्रियाको आयोजना गरेको हो । सुझाव निकै राम्रो आएको छ ‚ त्यसैलाई मनन गर्दै भावी दिनमा अगाडि बढ्ने छौं । विगत लामो समयदेखि उज्यालो नेपालले पाँचखालमा खानेपानी ‚ स्वास्थ्य ‚ शिक्षा लगायत विभिन्न विकास निर्माण कार्यमा सघाउँदै आएको छ र सो कार्यलाई निरन्तरता दिलै जाने बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार