२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

काभ्रेपलाञ्चोकको कान्छो नगरपालिकाको उत्कृष्ट व्यवस्थापन‚ राष्ट्रपति द्वारा ६२ कोठे भवनको उद्घाटन हुने


९३३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन २१, सोमबार मा प्रकाशित १ महिना अघि
  • आइ.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको सबै भन्दा कान्छो नगरपालिकाको रुपमा परिचित मण्डनदेउपुर नगरपालिकाको व्यवस्थापनको लागि निर्माण भएको प्रशासनिक भवन जिल्लाकै उत्कृष्ट ढंगबाट निर्माण भएको छ ।
    जिल्लामा रहेको स्थानीय तहको प्रशासनिक भवनको अनुपातमा उत्कृष्ट ढंगबाट निर्माण भएको उक्त भवनमा ६२ कोठा रहेको छ । आपतकालीन अवस्थामा तत्काल सेवा दिन सहज रहोस् भन्दै नगरपालिका हातामा हेलीप्याड अवतरण गर्ने उठाउको पनि व्यवस्था गरिएको छ ।

    वडा नम्बर ७ मा रहेको मनमती डाँडामा २९ रोपनी क्षेत्रफल मा नव निर्मित नगरपालिका भवनवाट नगरमा रहेको १२ वडा मध्य ११ वडाका भूभागहरू देखिनाको साथै आसपासको क्षेत्रको दृष्यावलोकनको लागि समेत समेत निकै उचित मानिन्छ । नगरबाट प्रदान गर्ने सबैखाले सेवाको लागि प्रशासनिक भवनबाट सहज एवं सुविधा सम्पन्न तरिकाले सेवा प्रदान साथै सवारी पार्किङको लागि समेत उचित व्यवस्था रहेको छ ।

    जिल्लाको कान्छो नगरपालिका घोषण हुँदै गर्दा कुनै पूर्वाधार थिएन । वडा नं ७ को वडा कार्यालयबाट नगरले सेवाग्राहीहरूका लागि सेवा प्रदान गर्न सुरुगरेको थियो । सागुरो ठाउँबाट सेवा दिन निकै समस्या भएकोले भाडाको घरबाट सेवा प्रदान गर्दै आएको थियो । भाडाको घरबाट सेवा प्रदान गर्दै गर्दा मासिक ९० हजारको आर्थिक व्ययभार व्यहोरा परेको थियो । आधिकारिक रुपमा कार्यालयको उद्घाटन नभएपनि आर्थिक व्यवहारलाई कम गर्ने उद्देश्यले संविधान दिवसको अवसरमा २०८० असोज ३ गते बाट नवनिर्मित भवनबाट सेवा प्रदान गर्दै आएको छ ।

    २०७५ साल पुस २७ गतेको नगर कार्यपालिकाको बैठकले मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा रहेको मनमती डाँडामा नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माण गर्ने निर्णय गरेको थियो । रमणिय एवं भौगोलिक रुपमा उत्कृष्ठ स्थानको छनोट गर्दै गर्दा जग्गा प्राप्तिको लागि निकै कसरथ गर्नु परेको थियो । २ करोड, २८ लाख ४२ हजार ८ सय रुपैंयामा खरिद भएपछि पनि भवन निर्माणको क्रममा निकै विवादको सामाना गर्नु परेको थियो । नगरपालिका प्रमुख टोक वहादुर वाईवाको पहिलो कार्यकालमा नगरवासिहरुलाई सेवा प्रदान गर्दा सानो ठाउमा खुम्चनु परेको अवस्थालाई मध्य नजर राख्दै पहिलो प्राथमिकता उचित स्थानमा सुबिधा सम्पन्न भवन निर्माण गर्ने रह्यो । ठुलै समस्याहरुको सामना गर्दै निर्माण भएको उक्त भवन वाईवाको दोस्रो कार्यकालमा विधिवत ढंगबाट उद्घाटन हुने कार्यले मण्डनदेउपुर नगरवासिहरु हर्षित रहेका छन् ।

    संविधान दिवसको अवसरमा सेवा प्रदान गर्दै आएकोमा नगरपालिकाको स्थापना दिवसको अवसरमा २०८० साल फागुन २७ गते आईतबारका दिन राष्ट्रपति रामचन्द्र पौडेल बाट नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन गर्ने कार्यले नगरवासि थप हौसिएका छन् । नगरपालिकाको तर्फबाट प्रत्तेक नगरवासिलाई उपस्थितिको लागि पत्र पठाउने साथै विद्यार्थीहरुका लागि यातायातको व्यवस्था समेत गर्ने नगरपालिकाले आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख टोक वहादुर वाईवाले बताउनु भयो । उहाँले थप्नुभयो जनताको छोरा राष्ट्रप्रमुख भएको र नगरवासिलाई परिचिति गराउने उद्देस्यका साथ अगाडि बढेका छौं । वागमति प्रदेसका मुख्य मन्त्रि , हाम्रो यहि क्षेत्रवाट निर्वाचित हुनुभएका प्रदेस मन्त्रि लगाएतका विशिष्ट व्यक्तिहरुको समेत उपस्थित रहने छ । नगर प्रमुख वाईवाले भन्नुभयो ।

    मण्डनदेउपुर नगरपालिका, नगर कार्यपालिकाको बैठकले मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा रहेको मनमती डाँडामा नगरकार्यपालिकाको प्रशासनिक भवन निर्माण गर्ने निर्णय गरेको थियो । सोहि अनुसार २०७७ साल जेठ २६ गतेको निर्णय बमोजिम पहिलो चरणमा प्रति आना ५० हजारको दरले १८ रोपनी, ७ आना, ३ पैसा, ३ दाम क्षेत्रफल, जग्गा प्राप्त गरेकोमा उक्त क्षेत्रफलको जग्गा अपुग भएकाले नगर कार्यपालिकाको मिति २०७७ साल, जेठ २६ गतेकै निर्णय बमोजिम दोस्रो चरणमा प्रति आना ७० हजारको दरले ७ रोपनी, २ आना, ३. पैसा, ३ दाम क्षेत्रफल जग्गा थप खरिद गरेको थियो ।

    नगर कार्यपात्रिकाको प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको योजना तथा डिजाइन बसोजिमको कूल लागत रकम ४३ करोड, ६१ लाख, ५२ हजार, ७०८.०४ रुपैयाँ मध्ये प्रथम चरणमा मुख्य प्रशासनिक भवन र नगर सभा हल गरी दुई मुख्य संरचना निर्माण गर्न २४ करोड, ८० लाख, ५२ हजार ४५९ रुपैयाँको लागत अनुमान बमोजिम बजेट सुनिश्चितता गरी ठेक्का व्यवस्थापन परिएको थियो ।

    राष्ट्रिय प्रतिस्पर्धाको आधारमा १४ करोड, २२ लाख, ९४ हजार ९४२ रुपैयाँमा ठेक्का कबोल गरेको बिकोई जयमाता जेभी निर्माण व्यवसायीसँग २०७७ साल पुस १० गते ठेक्का सम्झौता भई मिति २०७९ साल पुस १७ गते कार्यसम्पन्न गर्ने लक्ष्य भएकोमा कोरोना, आर्थिक मन्दि लगायतका कारणले तोकिएको समयमा काम सम्पन्न हुन नसेकेको हुदाँ अन्तिम पटक मिति २०५० पुस मसान्त सम्ममा कार्य सम्पन्न गर्ने तथा निर्माण सरचनामा भएको केही भेरिएसन अनुसार १ करोड, ९६ लाख, ८४ हजार ०६६.८५ रुपैयाँ सहित कुल लागत १६ करोड, १९ लाख, ७९ हजार, ००८.८९ कायम भएको थियो । हाल सम्म १४ करोड १४ लाख ४५ हजार ६३३ भुक्तानी भइसकेको छ । पछि बपरिका संरचना सहाल भवनको खर्च रु २ करोड ५ लाख ३३ हजार ३७५ भुक्तानी बाकी रहेको छ ।

    उक्त लागत अनुमान बमोजिम संघीय समपुरकबाट १ करोड, ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान (डोलिडार) बाट २ करोड, ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट व्यवस्थापन गरिएको छ । नगरपालिकाको प्रशासनिक भवनको पूर्वाधार निर्माण कार्य सकिएको छ । वैकल्पिक विद्युत व्यवस्थापन लगायतका केही कार्य बाँकि रहेको अवस्थामा भवन निर्माणको हालसम्मको भौतिक प्रगती ९९ प्रतिशत र वित्तीय प्रगती ९९ प्रतिशत रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

    प्रशासनिक भवन निर्माण कार्यमा भवनको मुख्य संरचना निर्माण पूर्णरुपमा सम्पन्न भएको छ । तर नयाँ प्रशासनिक भवनभित्र फर्निचर तथा फर्निसिङ लगायतका इन्टेरियर डिजाइन÷व्यवस्थापनको कार्य बाँकी रहेकोले नगर प्रशासनिक भवनबाट सुव्यवस्थित र सहज तरिकाले पुर्ण क्षमतामा सेवा प्रवाहको व्यवस्थापन गर्नका लागि आगामी दिनहरुमा संघीय सरकार र बागमती प्रदेश सरकार तथा मातहतका निकायसमक्ष आवश्यक बजेट व्यवस्थापनको अपेक्षा गरिएको बताईएको छ ।

    नवनिर्मित प्रशासनिक भवनमा ६२ वटा साना ठूला कोठा छन् । दुई वटा हल, प्रत्येक फ्लोरमा अपाङ्गता मैत्री शौचालय, महिला र पुरुषका लागि छुट्टै शौचलय निर्माण गरिएको छ । लिफ्ट जडान गरिएको छ । जसले गर्दा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई सम्बन्धित शाखामै पुगेर सेवा लिन सहज भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार