२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

प्राविधिक शिक्षा दिएर रोजगारी बढाउन सके मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ —राष्ट्रपति


५१७५ पाठक संख्या
  • २०८० फागुन २७, आईतबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले मण्डनदेउपुर नगरपालिकाको सातौ स्थापना दिवसका अवसरमा संघीय राजधानी काठमाण्डौबाट नजिकैको पर्यटकीय क्षेत्र नगरकोटदेखि पवित्र ईन्द्रावती नदीसम्म फैलिएको सुन्दर नगरी मण्डनदेउपुर नगरपालिका आइपुग्दा मलाई हर्षानुभूति भएको छ बताउनु भयो ।
    आज (आईतवार) काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा नव–निर्मित प्रशासकीय भवन समुद्घाटन समारोहको अवसरमा राष्ट्रपति पौडेलले उक्त धारणा राख्नुभएको हो ।

    राष्ट्रपति पौडेलले थप्नुभयो —हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीजरल्याण्डको जस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेका हौं । आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढि निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु ।

    राज्यको पुर्नसंरचनाको क्रममा स्थानीय तहको गठन भई संघीयता कार्यान्वयन भएको योे अवधिसम्म पनि देशका कतिपय स्थानीय तहमा भौतिक पूर्वाधार तयार हुन नसकेकाबेला यस नगरपालिकाले आवश्यक जग्गाको व्यवस्थापन गरी जनतालाई दिने सेवासुविधालाई सहज एवम् प्रभावकारी बनाउन आवश्यक सुविधा सम्पन्न प्रशासकीय भवन बनाएकोमा म नगरप्रमुखसहितका जनप्रतिनिधि र नगरवासीलाई बधाई दिन चाहन्छु ।

    उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो नगरपालिकाले कृषि र पर्यटन क्षेत्रबाट मनग्य लाभ लिन सक्ने संभावना छ । यस नगरपालिका “देउपुर र मण्डन, कृषि र पर्यटन” को अवधारणा लिएर दीर्घकालीन लक्ष्यसहित अघि बढेकोमा मलाई खुशी लागेको छ । यसैबाट नगर र नगरवासीको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु ।

    कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो । त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकास आवश्यक छ । स्थानीयस्तरमा गुणस्तरीय, प्रविधिमा आधारित प्रतिस्पर्धी र प्राविधिक शिक्षा दिएर उत्पादन र रोजगारी बढाउने काम गर्न सकिएमात्र राजनीतिक परिवर्तनपछि मुलुकले अपेक्षा गरेको आर्थिक क्रान्तिको सपना साकार हुन्छ । हाम्रो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपेक्षा गरेको गरीव, सीमान्तकृत, पिछडिएको वर्गको आर्थिक उन्नतिको अवसरको ढोका खुल्दछ । त्यसतर्फ तीनै तहको सरकारको समन्वयकारी भूमिका अपेक्षित भएपनि स्थानीय सरकारको विशेष भूमिका र जिम्मेवारी हुनेछ भन्ने मैले ठानेको छु ।

    विकास, पूर्वाधार, कृषि, शिक्षा, सडक, खानेपानी, बिजुलीसहित जनताका आधारभूत आवश्यकता पुरा गर्ने तथा जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी तवरले दिन सकिएमा मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पुरा हुन्छ ।

    मुलुक संघीयतामा रुपान्तरण भएपछि केन्द्रमा रहेका राजनीतिक, आर्थिक तथा न्यायिक अधिकारहरू जनताको घरदैलोनजिक स्थानीय तहसम्म पु¥याईएको सन्दर्भमा बृहत्तर सेवा प्रवाह गर्न भौतिक पूर्वाधारको विकास अपरिहार्य हुन्छ । यस नगरपालिकाले शैक्षिक गुणस्तर सुधार कार्यक्रम, स्मार्ट कक्षा सञ्चालन, सबै विद्यालयमा आफ्नै इन्टरनेट सेवा पु¥याई शिक्षा क्षेत्रमा गरेको प्रगति प्रशंसनीय छ ।

    मिलेको भूगोल, लेकवेसीसम्मको हावापानी, राजधानीबाट नजिक, छिमेकी देश चीनसँगको तातोपानी नाकाबाट नजिकको दुरीमा रहेकोले औद्योगिक उत्पादन, कृषि र पर्यटन प्रवद्र्धनमार्फत आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने प्रचुर अवसरलाई यसले उपायोग गर्नेनै छ । संविधानको भावना तथा संघीयताको मर्म अनुरुप हुनेगरी राज्यवाट प्रवाह हुने सेवा तथा विकास निर्माणसम्बन्धी कामलाई नतिजामुखी र नागरिकले अनुभूत गर्न सक्नेगरी सम्पादन गर्न र सुशासन प्रत्याभूत गर्न नगरपालिका सफल रहोस् । राष्ट्रपति पौडेलले बताउनु भयो ।

    कार्यक्रमका सभापति मण्डनदेउपुर नगरपालिकाका प्रमुख (मेयर) टोक वहादुर वाईवाले नगरवासिहरुको सेवा प्रवाहको लागि नव निर्मित भवनबाट सहज हुने बताउनु भयो । शिक्षामा सुधार साथै निःशुल्क स्वास्थ्य , शिक्षामा लाई जोड दिनु नगरको पहिलो प्राथमिकता रहेको बताउनु भयो । ऐन कानुन र नियमावलिको परिधिमा रहेर नगरवासिको सेवामा पारदर्शीता बनाएर अगि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुचना प्रबिधिको उच्चतम प्रयोग गरी अगाडि बढ्ने छौं । नगरवासिहरुको आधारभुत आवश्यकतालाई परिपुर्त गर्नु नै भिष्म प्रतिज्ञा रहेको बताउनु भयो ।

    नगरपालिका स्थापना भएयता ३६ किलोमिट सडक कालोपत्रे गर्न सफल भएका छौं भने ५ हजार ७ सय ७१ मिटर पक्कि नाली निर्माण सम्पन्न भएको छ । सिंचाईलाई सहजताको लागि १० हजार मिटर पाईप वितरण भएको छ । नगरमा एक घर एक धारा अन्तरगत ७ हजार ९ सय २४ घरधुरी मध्य ७ हजार ३ सय २० धुरीमा स्वच्छ पिउने पानीको व्यवस्था लगाएतको बिकास निर्माणको वारेमा नगरप्रमुख वाईवाले बताउनु भयो ।

    नगर उपप्रमुख विष्णुमणी नेपालले स्वागत मन्तव्य व्यक्त गरी सुरुभएको उक्त कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशी , पुर्व सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा, संघिय सांसद मिना तमाङ , बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल , बागमती प्रदेश उर्जा तथा सिँचाई निवर्तमान मन्त्री उवं प्रदेश सांसद तिर्थ वहादुर लामा , बागमती प्रदेश सांसद कञ्चन चन्द्र वादे , बागमती प्रदेश सांसद ज्ञान वहादुर तमाङ , काभ्रेपलाञ्चोक जिल्ला समन्वय प्रमुख दिपक कुमार गौतम , उपप्रमुख रिम वहादुर तामङ , प्रबक्ता अप्सरा सिपखान , बागमती प्रदेश पुर्व कृषि मन्त्री बसुन्धरा हुमागाई , नमोबुद्ध नगरपालिका प्रमुख कुन्छाङ लामा , बनेपा नगर प्रमुख शान्ति रत्न शाक्य , प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा , काभ्रेपलाञ्चोक जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का , पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्री प्रसाद तिमल्सिना लगायता बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    सुबिधा सम्पन्न एवं अपाङ्ग मैत्री ढंगबाट निर्माण भएकोे उक्त भवनमा ६२ कोठा रहेको छ । आपतकालीन अवस्थामा तत्काल सेवा दिन सहज रहोस् भन्दै नगरपालिका हातामा हेलीप्याड अवतरण गर्ने उठाउको पनि व्यवस्था गरिएको छ । जुन भवनबाट आगामीदिनमा नापी , मालपोतको कार्य गर्न समेत सहज हुने भएको छ ।

    वडा नम्बर ७ मा रहेको मनमती डाँडामा २९ रोपनी क्षेत्रफल मा नव निर्मित नगरपालिका भवनवाट नगरमा रहेको १२ वडा मध्य ११ वडाका भूभागहरू देखिनाको साथै आसपासको क्षेत्रको दृष्यावलोकनको लागि समेत समेत निकै उचित मानिन्छ । आफ्नै भवनबाट सेवा प्रवाह सुरुभएपछि मासिक रुपमा ९० हजार बचत हुने भएको छ । विगतमा भाडाको घरबाट सेवा प्रदान गर्दा मासिक ९० हजार भाडा तिर्नु पर्दथ्यो ।

    २०७५ साल पुस २७ गतेको नगर कार्यपालिकाको बैठकले मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा रहेको मनमती डाँडामा नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माण गर्ने निर्णय गरेसंगै भवन बनाउने प्रकृया अगाडि बढेको थियो । रमणिय एवं भौगोलिक रुपमा उत्कृष्ठ स्थानको छनोट गर्न सफल रहेको छ । २ करोड, २८ लाख ४२ हजार ८ सय रुपैंयामा खरिद गरी मनमती डाँडामा नगरकार्यपालिकाको प्रशासनिक भवन निर्माण गर्ने निर्णय गरेको थियो । पहिलो चरणमा प्रति आना ५० हजारको दरले १८ रोपनी, ७ आना, ३ पैसा, ३ दाम क्षेत्रफल, दोस्रो चरणमा प्रति आना ७० हजारको दरले ७ रोपनी, २ आना, ३. पैसा, ३ दाम क्षेत्रफल जग्गा थप खरिद गरेको थियो ।

    नगर कार्यपात्रिकाको प्रशासनिक भवन निर्माणका लागि तयार गरिएको योजना तथा डिजाइन बसोजिमको कूल लागत रकम ४३ करोड, ६१ लाख, ५२ हजार, ७०८.०४ रुपैयाँ मध्ये प्रथम चरणमा मुख्य प्रशासनिक भवन र नगर सभा हल गरी दुई मुख्य संरचना निर्माण गर्न २४ करोड, ८० लाख, ५२ हजार ४५९ रुपैयाँको लागत अनुमान बमोजिम बजेट सुनिश्चितता गरी राष्ट्रिय प्रतिस्पर्धाको आधारमा १४ करोड, २२ लाख, ९४ हजार ९४२ रुपैयाँमा ठेक्का कबोल गरेको बिकोई जयमाता जेभी निर्माण व्यवसायीसँग पछिल्लो समयमा भएको केही भेरिएसन अनुसार १ करोड, ९६ लाख, ८४ हजार ०६६.८५ रुपैयाँ सहित कुल लागत १६ करोड, १९ लाख, ७९ हजार, ००८.८९ कायम भएको थियो । हाल सम्म १४ करोड १४ लाख ४५ हजार ६३३ भुक्तानी भइसकेको छ । पछि बपरिका संरचना सहाल भवनको खर्च रु २ करोड ५ लाख ३३ हजार ३७५ भुक्तानी बाकी रहेको छ ।

    उक्त लागत अनुमान बमोजिम संघीय समपुरकबाट १ करोड, ८० लाख रुपैयाँ, जिल्ला समन्वय समिति काभ्रेपाञ्चोकबाट २ करोड रुपैयाँ, संघीय अनुदान (डोलिडार) बाट २ करोड, ४० लाख रुपैयाँ तथा बाँकी रकम नगरपालिबाट स्रोत साझेदारी गरी बजेट व्यवस्थापन गरिएको छ । नगरपालिकाको प्रशासनिक भवनको पूर्वाधार निर्माण कार्य सकिएको छ । वैकल्पिक विद्युत व्यवस्थापन लगायतका केही कार्य बाँकि रहेको अवस्थामा भवन निर्माणको हालसम्मको भौतिक प्रगती ९९ प्रतिशत र वित्तीय प्रगती ९९ प्रतिशत रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार