२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

शिक्षक तथा कर्मचारीले राजनीति गर्ने हो भने पदबाट राजिनामा दिनुपर्छ —खरेल, लवग्रीन नेपालबाट ९ लाख अर्थिक सहयोग


८१३९ पाठक संख्या
  • २०८० फागुन २९, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका प्रमुख (मेयर ) महेश खरेलले शिक्षक तथा कर्मचारी भएर राजनीति गर्न नपाइने बताउनु भयो ।

    प्रमुख खरेलले थप्नुभयो —एउटा हातमा चक र डस्टर बोकेर अर्को हातले पार्टीको झण्डा बोक्न पाइदैन । दुईटा हातमा दुई थरि बोक्दा विद्यार्थीहरूको भविष्य अन्धकार हुन्छ । विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने भनी शिक्षा पेसामा लामबद्ध शिक्षकहरूले उद्देश्य अनुसारको काम गर्नुपर्छ । राजनीतिमा आउन मन छ भने आउनोस् स्वागत छ तर पदबाट राजिनामा दिनुपर्छ ।

    आज (मंगलवार) भक्रमदेवी माध्यमिक विद्यालयको ४४ औं वाषिर्कोत्सव ‚ अभिभावक दिवस तथा इतिहास शिरोमणि बाबुराम आचार्यको ११६ औं जन्मजयन्ती समारोहको उद्घाटन गर्दै प्रमुख अतिथि मेयर खरेलले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रममा मेयर खरेलले भन्नुभयो “विद्यालयहरूले दीर्घकालिक आम्दानीको स्रोत बनाउनु पर्छ ‚ सो कार्यको लागि योजना बनाउनु होस जुन योजनाको लागि नगरको तफर्बाट सघाउन तयार छ । जग्गा भएका विद्यालयहरूले बाँझो नराख्नोस फलफूल तथा जडिबुटीको खेती गर्नोस् जग्गा नहुने विद्यालयहरूलाई जग्गा उपलब्ध गराउनेछौँ जुन जग्गामा विद्यालयको दीर्घकालिक ढङ्गको आम्दानीको लागि योजना बनाउनु होस ।” सधै परनिर्भर हैन आत्मनिर्भर बन्दै जानुपर्छ जुन कार्यको लागि नगरले हातेमालो गर्न तयार छ ।

    कार्यक्रममा मेयर खरेलले केही विद्यालयमा भएको विकृतिलाई औंल्याउँदै भन्नु भयो— होसियार ब्वाँसाहरू ‚ खबरदार प्रहरी बौलाएर हतकडी लगाउनु नपरोस् । शिक्षकको रुपमा रहेर जसले तालिकाहरूमाथि घृणित कार्यहरू गर्छन त्यस्तालाई छाडिन्न । बदमासी गर्ने प्रधानाध्यापक र शिक्षकलाई जसरी हतकडी लगाइयो भोलिका दिनहरूमा त्यस्तो कार्य दोहोर्याउनु नपरोस् । शिक्षकहरूले पढाउने क्रममा बालिकाहरूलाई छुन जरुरी छैन । आफ्नो बालबालिका नियमित रुपमा विद्यालय आए नआएको वा कुन अवस्थामा रहेको अभिभावकले बुझ्न जरुरी रहेको मेयर खरेलले बताउनु भयो । अभिभावकले बालबालिकालाई सयम नदिनु र मोबाइलको दुरुपयोगले वाल आत्महत्या बढेको बताउनु भयो ।

    कार्यक्रममा लवग्रीन नेपालका कार्यकारी निर्देशक नारायण प्रसाद ज्ञवालीले भक्रमदेवि माध्यमिक विद्यालयको लागि भवनको अभाव हुँदा लवग्रीन नेपालको पहलमा ऐतिहासिक नमुना ढङ्गको भवन बनाएको बताउनु भयो । उहाँले थप्नुभयो भवनको छानामा केही समस्या आएको छ जुन मर्मत सम्भार लागि ९ लाख उपलब्ध गराउने बताउनु भयो । नेपाल सरकारकै नमुना भवन हो । मजबुत डंगले निर्माण गरिएको थियो जसको कारण ०७२ मा त्यति ठुलो भुकम्प आउँदा पनि क्षति भएन । गुणस्तरीय ज्ञान र सीपमा आधारित शिक्षाको विकास गर्न नसकेसम्म शिक्षा क्षेत्रले फड्को मार्न नसक्ने बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश सदस्य ज्ञानेन्द्र सुवेदी ‚ पाँचखाल नगरका उपप्रमुख सुर्य माया दनुवार ‚ लक्ष्मी प्रतिष्ठान अध्यक्ष विष्णु गौतम ‚ सर्वमङ्गला माध्यमिक विद्यालयका प्रधानाध्यापक जयराम अधिकारी ‚ बुडा निलकंठ आश्रम स्कुलका गुञ्जन स्वामी ‚ लगायतका वक्ताहरूले आ—आफ्नो धारणा राख्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक शशि बिक्रम केसीले विद्यालयले गरेको उपलब्धि साथै भावी योजनाको बारेमा जानकारी गराउनु भएको थियो ।

    विद्यालयका पूर्व प्रधानाध्यापक राम प्रसाद पौडेलले स्वागत मन्तव्य राखि सुरुभएको उक्त कार्यक्रममा पाँचखाल उद्योग वाणिज्य संघका अध्यक्ष राजन कार्की र वरिष्ठ उपाध्यक्ष नवीन प्रकाश निरौलाले स्टेसनरी सामाग्री सहितको ५० थान व्याग ( स्कुले झोला ) वितरण गरेको थियो । विद्यालयलाई योगदान पुर्याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान ‚ विद्यालयका पूर्व शिक्षक ‚ पूर्व विद्यार्थी ‚ जग्गा दाता ‚ उत्कृष्ट विद्यार्थीहरू लगायतलाई सम्मान गरिएको थियो । सामुदायिक विद्यालयमा भएको विद्यालयको ४४ औं वाषिर्कोत्सव एवं अभिभावक दिवसलाई मध्यनजर गर्दै उपस्थित अभिभावकहरूले भन्नुभयो “अब निजी भन्दा कम छैन सामुदायिक विद्यालय । ” नीजिले गर्ने गरेको भन्दा उत्कृष्ट ढङ्गको कार्यक्रम अनि गुणस्तरीय शिक्षा प्रदानमा अग्रसर भएको भक्रमदेविमा नपडाए अव कहाँ पडाउनु ? उपस्थित अभिभावक बिचमा खासखुस खासखुस सुन्न पाइन्थ्यो । विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीहरूले प्रदर्शन गरेको विभिन्न कलाले राष्ट्रिय स्तरको कलाकारलाई बिर्साएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार