२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

पाँचखाल वासिको जमघट खरिढुङ्गामा ‚ शेयर सदस्यको हित र सुरक्षा गर्ने हाम्रो कर्तव्य हो —श्रेष्ठ


५३०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २८, बुधबार मा प्रकाशित २ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । मुलुकमा कोभिडको महामारीले आतङ्कित हुँदै नेपाली जनताहरू पीडामा छटपटाउँदै अतालिइरहेको अवस्थामा केही सहकारीले शेयर सदस्यहरूको रकम कुम्ल्याउने कार्य गर्दा नेपाली जनताहरू थप मारमा पर्नु अस्वभाविक हैन ।

    आलुको बोरामा एउटा आलु कुहिँदा सबै आलुमा दुर्गन्ध फैलिए जस्तै सहकारीको नीति विधि र पद्धति भन्दा फरक ढंगले पारिवारिक साथै नातागोताको झुन्डले सञ्चालन गरेको सहकारीले सहकारीको क्षेत्रमा ठुलै दुर्नाम फैलायो । जसको कारण कोभिडको महामारी साथै ०७२ को भुकम्पको त्रास भन्दा कम पीडा भएन सहकारीमा आवद्ध शेयर सदस्यहरूलाई ।

    कृषि नगरीको रुपमा परिचित पाँचखाललाई रहेका सहकारीहरु मध्य पाँचखाललाई नै आधार बनाएर सञ्चालनमा आएका सहकारीहरु अव्वल रहेको प्रमाणित भएको छ । भने अन्यत्र बाट शाखा खोल्न आएका केही सहकारीले पाँचखालमा संकलित रकम कुम्ल्याएर नभागेका हैनन् । पाँचखाल क्षेत्रलाई आधार बनाएर खोलेको एक सहकारीमा समस्या आएको देखिन्छ तर स्थानीय तहले समस्या समाधानको लागि पहल गरेको छ । पछिल्लो समयमा पाँचखाल नगरपालिकाले नगरमा रहेका सहकारीहरुको अवस्थाको बारेमा अध्ययन गर्न सुरु गरेको छ भने नगरवासीले पनि राम्रा र नराम्रा सहकारीको पहिचान गरी सघाउन सुरु गरेका छन् ।

    पाँचखाललाई आधार क्षेत्र बनाएर अगाडि बढेका सहकारीहरु पूर्णरुपमा सफल सावित भएका छन् । त्यस्ता सहकारीले साधारण सभामा भएको छलफलको अलावा पिकनिक कार्यक्रमको आयोजना गरेर पनि शेयर सदस्यहरू बिच मन्थन साथै विभिन्न कार्यक्रमको आयोजना गरेर मनोरञ्जन प्रदान गर्ने कार्य समेत गरेको छ । पाँचखाललाई आधार क्षेत्र बनाएर जिल्लाभरि सेवा केन्द्र रहेको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले केही दिन अगाडि सम्पन्न गरेको छ भने स्वेच्छा सहकारी संस्थाले हिजो मंगलबार पिकनिक कार्यक्रम सकेको छ ।

    खरिढुंगा मुडेमा सम्पन्न पिकनिक कार्यक्रममा विभिन्न खाले छलफलका साथै मनोरञ्जन कार्य सम्पन्न भएको छ । सो क्रममा संस्थाका अध्यक्ष ओंकार श्रेष्ठले भन्नुभयो — हामीले स्वेच्छा सहकारी सञ्चालन गर्दै गर्दा संस्थाको विधानतःः सहकारीको नीति ‚ विधि र पद्धतिलाई अक्षरशःः पालना गर्दै अगाडि बढेका छौं । संस्थाले लगानी गर्दा अनुत्पादन क्षेत्रमा लगानी गर्दैनौ । लगानी गर्दै गर्दा अपनाउनु पर्ने सबैखाले विधि अपनाउँछौ ‚ जसले गर्दा लगानी सदुपयोग होस साथै निर्धारित समयमा कर्जा चुक्ता होस । संस्थाले विधान भन्दा बाहिर गएर कुनैपनि कार्य नगर्दा स्वेच्छा सहकारीले गरेको लगानीमा कुनै समस्या छैन ।

    पछिल्लो समयमा संस्थामा आवद्ध शेयर सदस्य संख्या १ हजार १२ जना रहेका छन् । कर्जा लगानी १६ करोड ७५ लाख , बैंक मौजात २ करोड ३९ लाख , सहकारीको छाता संगठनसँग ५ करोड कर्जा लिएका छौं । त्यसैगरी शेयर पुँजी १ करोड १२ लाख , बचन १२ करोड रहेको छ । संस्थाले संख्यात्मक भन्दापनि गुणस्तरलाई प्राथमिकता दियौं । धेरै सदस्य बनाएर सेवा दिन नसके सदस्य बनाउनुको औचित्य रहन्न । हाम्रो प्रमुख उद्देश्य भनेको जति शेयर सदस्य बनायौँ उहाँहरूलाई शेयर सदस्यहरूको हितको खातिर तत्काल सेवा दिन सकियोस् भन्ने हो । हामीले प्रदान गरेकै सेवा साथै पारदर्शीताले गर्दा हामीले शेयर सदस्यहरूको मन जित्न सफल भएका छौं जसको कारण संस्थाले फड्को मारेको हो ।

    हामीले पाँचखालमै पहिलो सुविधा अनलाइन सुविधा दिएका छौं । मध्यकालीन बचत तथा व्यवसायिहरूले फोन गरेको १० मिनेट भित्र व्यवसाय स्थलमै पुगेर सर्भिस पनि दिने गरेका छौं । विगतमा प्रत्तेक ३ /३ महीनामा शेयर सदस्यको पासबुक चेक गर्ने गरेका थियौं । शेयर सदस्यहरूको रकम सुरक्षा गर्ने हाम्रो दायित्व हो । त्यसैले पछिल्लो समय अनलाइन व्यवस्था गरेका छौं । बजार प्रतिनिधिले संकलन गरेको रकम संस्थामा जम्मा हुँदै गर्दा सदस्यलाई जानकारी मोबाइल म्यासेज हुँदै आएको छ । अव सो भन्दापनि सुरक्षित तरिका ट्याब माफर्त डिजिटल प्रविधि माफर्त रकम बुझाएको २ मिनेटमै जानकारी आउँछ । अध्यक्ष श्रेष्ठले संस्थाको लक्ष जानकारी गराउनु भयो ।

    अध्यक्ष श्रेष्ठले थप्नुभयो—हामि सवैकोे अभिभावक भनेको स्थानीय तह हो । स्थानीय तहले पाँचखाल नगरमा सम्पर्क कार्यालय खोल्न आउनु भएका सहकारीहरूलाई विशेष निगरानी राख्नुपर्छ । संस्थाले गरेको कार्यहरूलाई मसिनो ढंगबाट केलाएर जनतालाई जानकारी गराउनु नगरको दायित्व हो । नराम्रो कार्य गरेको छ समस्या ग्रस्त छ भने सो विषयमा जानकारी गराउँदा जनता समेत हुने मौका पाउँछन् । राम्रा सहकारीलाई हौसला नराम्रालाई दण्डित गर्ने कार्यमा स्थानीय तहले भूमिका निर्वाह गर्नुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार