२०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024

काभ्रेपलाञ्चोकमा मिठाई पसलहरूमा अनुगमन ‚ सतर्क रहनोस क्यान्सर हुन सक्छ —चापागाई


१९३१९ पाठक संख्या
  • २०८१ बैशाख २५, मंगलबार मा प्रकाशित १ हफ्ता अघि
  • काभ्रेपलाञ्चोक । मातातिर्थ औँसीको अवसरमा आमाको मुख हेर्नको लागि मिठाईको धेरै प्रयोग हुन्छ । मिठाई बडी बिक्ने समयमा मिठाई पसलेहरूले मिठाई बनाउँदा अपनाउनु पर्ने तरिकाहरू नअपनाउँदा उपभोक्ताहरूको स्वास्थ्यमा समस्या आउन सक्छ । उपभोक्ताहरूको स्वास्थ्यमा समस्या आउन नदिनको लागि मिठाई पसलहरूको अनुगमन गरिएको छ ।

    आज (मंगलबार) काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारीक केन्द्र बनेपाको मिठाई पसलहरू अनुगमनको लागि जिल्ला प्रशासन कार्यालय काभ्रे बाट नकुल गिरी ‚ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाईँ ‚ घरेलु तथा साना उद्योग कार्यालय काभ्रे धुलिखेल वाट मदनकुमार बजगाईँ र पुण्यवती श्रेष्ठ ‚ प्रहरी ‚ सञ्चारकर्मी समेतको टोलीले मिठाई पसल अनुगमन गरेको थियो ।

    मिठाईमा प्रयोग हुने रङ्ग ‚ तेल ‚ पिठो ‚ सुरक्षित भण्डारण ‚ प्याकिङ गर्ने सामाग्री ‚ निर्माण मिति ‚ सरसफाइ लगायतको विषयमा अनुगमन टोलीले सुझाव दिएको थियो । मिठाई पसल अनुगमन गर्दै गर्दा उपभोक्ताहरूले खुसी व्यक्त गर्दै समयमा भएको सुझावले हामी सतर्क भयौँ । हामीले आफ्नो बुडी आमालाई खुवाउन किनेको मिठाई गुणस्तर नहुँदा रोगको शिकार हुन सक्ने रहेछ हामी सचेत भयौ ।

    अनुगमन टोलीले मिठाईको सही ढंगबाट उपभोग नभएमा स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । तर खाने बित्तिकै असर नगर्न सक्छ सुस्त ढंगले असर गर्दै शरीरमा क्यान्सर समेत हुन सक्छ त्यसैले सचेत हुन जरुरी रहन्छ । मिठाईहरु पोको पार्दा पत्रिका वा अन्य कुनैपनि लेखिएको कागज प्रयोग भएमा सो कागजमा भएको मसी मिठाईले स्वस्छ जुन मिठाई खाँदा क्यान्सर हुन सक्छ त्यसैले सचेत हुनु पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाँईले सुझाव दिनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार