२०८१ फागुन ३, शनिबार | Sat, 15, Feb, 2025

माओवादी पधाधिकारी बैठक स्थगित गरी सुकुटेमा पुगे प्रचण्ड


३४५९ पाठक संख्या
  • २०८१ पौष २९, सोमबार मा प्रकाशित १ महिना अघि
  • २९ पुस, काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्ड सोमबार दिउँसो सुकुटे पुगेका हुन् ।

    बुधबार देखि सुरु हुने आठौं पुरुष र सातौं महिला राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उद्घाटनका लागि प्रचण्ड मंगलबार नै सुकुटे पुगेका हुन् ।

    उनको साथमा पूर्वसभामुख एवं माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा सांसद माधव सापकोटा, बागमती प्रदेशसभा सदस्य युवराज दुलाल, केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा लगायत छन् ।

    प्रचण्ड यसअघि पनि बेला बेलामा सुकुटे पुग्ने गरेका थिए । सोमबार दिउँसो बस्नेगरी माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको थियो । उक्त बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु