२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

मंगलबार गर्नै नहुने पाँच काम


३२७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १३, मंगलबार मा प्रकाशित २ साल अघि
  • शास्त्रानुसार सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।

    मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

    कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त कोषिकाहरु मंगलसँग सम्बन्धित हुन्छन् । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ। मंगलको रातो रंग मृत्यु वा रगत सँग सम्बन्धित मानिन्छ ।

    धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् ।

    १– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

    २– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

    ३– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

    ४– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।

    ५– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार