२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

आज आइतबार, यस्तो मन्त्र जप्नुहोस्-फलदायी हुने छ


४२१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ पौष १८, आईतबार मा प्रकाशित २ साल अघि
  • हप्ताको पहिलो दिन आइतबार भगवान सूर्य देवताको दिन हो । ज्योतिष शास्त्रमा हरेक दिन कुनै न कुनै ग्रहसँग जोडिएको हुन्छ । तै पनि आइतबार सूर्य देवताको मन्त्र जप तथा पूजाको विशेष महत्व रहेको हुन्छ ।

    ज्योतिष विज्ञानका अनुसार हरेक ग्रहको मनपर्ने र नपर्ने कुरालाई ध्यानमा राखेर काम गर्न जरुरी हुन्छ । यसो गर्दा धेरै कुरामा फाइदा हुने धर्मशास्त्रमा उल्लखे गरिएको छ ।

    आइतवारका दिन भगवान सूर्य तथा भैरव नाथको पूजाको विशेष दिन हो । त्यसैले ब्रह्म मुहूर्तमा नुहाएर सूर्योदयको समयमा भगवान सूर्यलाई जलले मन्त्रसहित अर्घ दिन जरुरी छ ।

    सूर्य अर्घ्य मन्त्र–
    ॐ ऐही सूर्यदेव सहस्त्रांशो तेजो राशि जगत्पते।
    अनुकम्पय मां भक्त्या गृहणार्ध्य दिवाकरस्।।

    ॐ सूर्याय नम: , ॐ आदित्याय नम:, ॐ नमो भास्कराय नम:।
    अर्घ्य समर्पयामि।।

    सूर्य ध्यान मन्त्र–

    ध्येय सदा सविष्तृ मंडल मध्यवर्ती।
    नारायणस् सर सिंजासन सन्निस् विष्ठस्।।
    केयूरवान्मकर कुण्डलवान किरीटी।
    हारी हिरण्यमय वपुधृत शंख चक्र।।
    जपाकुसुम संकाशं काश्यपेयं महाधुतिम।
    तमोहरि सर्वपापध्‍नं प्रणतोऽस्मि दिवाकरम।।
    सूर्यस्य पश्य श्रेमाणं योन तन्द्रयते।

    यस दिन सूर्य मन्त्रको जपले विशेष फाइदा पुग्छ ।

    आइतबार तामा, सखर, रातो चन्दन, सूर्य महिमाको पुस्तक दान गर्न आवश्यक छ । यी कामबाट यश प्राप्त हुनका साथै सबै समस्या समाधान हुन्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार