२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

सोमबारे ब्रतबाट धन आर्जन हुने


१३४१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र २०, सोमबार मा प्रकाशित १२ महिना अघि
  • सोमबार शिवको व्रत बस्ने चलनको पछाडि धेरै पौराणिक तथा धार्मिक कथाहरु छन्। यी कथाहरुमध्ये तीन कथाहरु बढी चर्चित छन्। पहिलो कथा– एक गरिब ब्राह्मणको बारेमा छ जसले शिवको व्रत पश्चात धन प्राप्त गरेको कथा छ।

    दोस्रो– एक धनी व्यापारीको छ। जसको छोरा थिएनन्। लामो प्रतिक्षा पछि छोरा जन्मिए तर छोटो समयमै मृत्यु हुन पुग्यो। कथा अनुसार शिव र पार्वतीको कृपाले छोराको पुर्नजन्म भएको थियो।

    तेस्रो– शिव र पार्वतीले खेलेको कौडा खेलको कथा छ। कुनै पनि खालको व्रत वा उपवासले शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। समय समयमा व्रत बस्नाले शरीरलाई फाइदा पुर्‍याउँछ। व्रतको धारणा परापूर्वकालका ब्राह्मणहरुले ‘ब्राह्मण धर्म’ प्रति मानिसलाई आकर्षित गर्न प्रयोग गर्दथे।

    यसले शारीरिक स्वास्थ्यलाई फाइदा गर्ने हुँदा व्रत गर्ने स्वयं व्यक्तिले नै अनुभव गर्नसक्ने भएकाले हजारौँ वर्षदेखि यो चलन चलिआएको मानिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार