२०८१ बैशाख ११, मंगलबार | Tue, 23, Apr, 2024

आज बैशाख १६ शनिवार को राशिफल


८८६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख १६, शनिबार मा प्रकाशित १२ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    आज मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । चोटपटकको भय छ, सचेत रहनुहोला । साँझमा भने नयाँ कार्यको योजना बन्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    साझेदारी, वैदेशिक कार्य र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह पनि मिल्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले पनि तीव्रता लिनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार